
सुबिन बिश्वकर्मा/ बैशाख ७
सुनसरी – नेपाल एक कृषिप्रधान देश हो। यहाँको आधा भन्दा बढी जनसंख्या कृषि एवम पसुपन्छी पालन ब्यवसाय बाट जिविका चलाउदछन। तर पछील्लो समय युवापिढी बिदेशीने क्रम अत्याधीक रहदा यो क्षेत्रमा लाग्ने युवाको सङ्ख्या निकै कम छ। जब परदेशमा अहोरात्र खटनु पर्छ स्वत: देसप्रेमी युवाको मन आफ्नै देसप्रती फर्केर आउदछ। त्यसपछि आफ्नै गाउँठाउमा परीवारका साथमा बसेर केही गर्दछु भन्ने सोचका साथ अधिकांश युवाहरू नेपाल फर्कने गर्दछ्न।
यस्तै एक उदाहरण हुन- नरबहादुर कटवाल। मोरङ बेलबारी ८, डागीहाट निवासी कटवाल बिगत ५ महीना देखि सुनसरी बराहक्षेत्र ५ मा कृषिफर्म सन्चालन गरेर बसीरहेका छ्न। लामो समय परदेशमा पसिना बगाएर अब आफ्नै देशमा केही गर्छु भन्ने सोचका साथ ४ जना साथीहरु पदम कार्की,निरज कार्की, केसब भट्टराई ,योगेन्द्र भट्टराई सङ्ग मिलेर उनले फर्म सन्चालन गरेका हुन। सुरुवाती ५० लाख लगानिमा सन्चालन भएको फर्म ३ बिगाहा क्षेत्रफलमा अवस्थीत छ। उक्त फर्ममा हाल १२०० लोकल कुखुरा मात्र छन। यद्यपि अबको केही महीना पछी बाख्रा, बाङ्गुर, गाई पालन, कालीज, हास, बट्टाई ,टर्की ,माछा समेत पालन गरीने कटवाल बताउछ्न।
उनका अनुसार यहि भबिष्य उजागर गर्ने खाल्को नाफामुलक पशुपालन गरेर स्वदेशमै जीवन बिताउने उनको सपना रहेको छ। निकट भबिष्यमा लाइफ रीसोट बनाउने अबियानमा रहेका उनका समूहको यो अभियान बराहक्षेत्र कै लागि खुसि र गौरबको कुरा भएको स्थानीय बुद्धिजीवीहरु बताउछन। लोकल कुखुरा बाट उत्पादीत अन्डा बाट फम मै ह्याचरी गरेर चल्ला समेत बेच्ने उनका अर्का सहयात्री पदम कार्की बताउँछन। तर उत्पादित कुखुरा, अन्डाहरु लगाएत बेच्ने नजिक ठूलो बजार नहुदा धरान इटहरी धाउनु पर्ने बाद्य्यता भने उनिहरुमा रहेको छ। स्थानिय सरकारबाट अहिले खासै ठुलो सहयोग नपाए पनी आगामी दिनमा पाउने आशाबादी रहेको नरबहादुरको भनाइ छ।
बिश्वब्यापी फैलिएको कोरोना भाइरसले निम्त्याएको लक डाउनको समस्या बाट भने यो समूह पनि अछुतो रहन सकेको छैन। चल्ला, दाना औसधि नपाइने, पाइहाले पनि महङ्गो हुदा भने समस्या हुदा लकडाउनको बेलामा उनीहरु चीन्तित छन् । यधपी यो विषम परीस्थीती पछी सबै कुरा सहज रहेनेमा उनिहरु बिश्वस्त रहेका छन् ।
