महान क्रान्तिकारी दार्शनिक तथा मुक्तिका मार्गदर्शक मार्क्स

0
Quantam abroad studies

लोकनारायण सुबेदी
‘सामाजिक क्रान्तिहरु इतिहासका इञ्जिन हुन्’ । यो उक्ति बिश्व इतिहासलाई बदल्ने र सही बाटो हिडाउन अथक प्रयत्न गर्ने ती महान ब्यक्तित्वका हुन् जसले मानिसका युगौं पुराना दुःखकष्टबाट उनीहरुलाई मुक्त गर्न बर्ग बिभाजित समाजमा बर्ग संघर्षको अपरिहार्यतालाई औंल्याए । ती महान दार्शनिक तथा सामाजिक क्रान्तिका द्रष्टा हुन् कार्ल मार्क्स । जसको जन्म जयन्ति हरेक बर्ष मई ५ दिन बिश्वभरी मनाउने गरिन्छ ।

sahani furniture udyog

द्वन्दात्मक तथा ऐतिहासिक भौतिकबाद का प्रणेता कार्ल मार्क्सले जुन योगदान मानब जातिका निमित्त दिएका छन् त्यस कोटीको योगदान मानब सभ्यताको इतिहासमा आज सम्म अरु कसैले दिन सकेको छैन । तर यति कारणले मात्र उनी महान बनेका होइनन् । उनले मानब सभ्यताको बिकास लाई निरन्तर परिवर्तनशीलता र गतिशीलतामा हेर्ने, ब्याख्या गर्ने र तदनुरुप चल्ने जुन अखण्डनीय बैज्ञानिक बाटो देखाए का छन् त्यो आजपनि उत्तिकै सान्दर्भिक छ।यो कुरा इतिहास को अन्त्य भयो, सिद्धान्तको अन्त्य भयो भन्दै पूँजीवादी शोषण र शासनलाई नित्य र शाश्वत मान्नेहरुले पनि अस्वीकार गर्न सकेका छैनन् र कदापि सक्ने पनि छैनन् ।

मार्क्सवाद कुनै शून्यबाट जन्मेको कुरा होइन।यो त बिश्वको बस्तुगत स्थितिको सबै भन्दा सुन्दर, सबैभन्दा बिश्वासिलो, सबै भन्दा भरपर्दो र सबैभन्दा सही बाटो देखाउने उत्कृष्ट सामाजिक बिज्ञान हो।यसले बिश्व जुन प्रकृति र मानब समाज को योगले बनेको छ, लाई सही किसिमले ब्याख्या,बिश्लेषण गर्दछ अनि प्रकृति र समाजका अधिशासित नियमहरुले नै प्रकृति र मानब समाजलाई सञ्चालन गर्दछ भन्ने मान्यता स्थापित गर्दछ । मार्क्सवादको सार बस्तु नै के हो भने शोषण मा आधारित मानब समाजलाई बदल्न सकिन्छ र बदल्नु पर्दछ र यसलाई राजनीतिक , आर्थिक , समाजिक तथा साँस्कृतिक सबै किसिम का शोषण बाट मुक्त गरेर मानब समाज लाई एउटा सुसभ्य , सुसँस्कत, मानबीय र उच्च गरीमायुक्त समाज बनाउन सकिन्छ।यसका निमित्त समाज का अधिशासित नियमहरु लाई बुझेर तदनुरुप चल्नु सक्नु र चल्न सिक्नु पर्दछ ।

मानब समाजका बिकृति र बिसंगतिहरुबाट यसलाई मुक्त गरेर अर्थात् सबै किसिमका भेदभाव, बिषमता, असमनाता र अमानबीयतालाई सदाका निमित्त अन्त्य गरेर समानता, न्याय, समृद्धि र उच्च मानबीयताको मूलबाटो देखाउने ती महान क्रान्तिकारी दार्शनिक तथा बिश्व समाज परिवर्तनका अप्रतिम पथ प्रदर्शक कार्ल मार्क्सप्रति शतत शतत नमन !

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.