एक लाख जति सहयोग बापत प्राप्त किट खोइ सरकार..? तिवारी

0
Quantam abroad studies

काठमाडौं – नेपाल विश्व हिन्दु महासंघका राष्ट्रिय सचिव अभिषेक तिवारीको भनाइ अनुसार अहिले नेपालको विभिन्न ठाउँमा स्वाब संकलन र परिक्षण केन्द्रहरु भएता पनि कीट अभावका कारण स्वाब परिक्षणका लागी सिङ्गो मुलुक नै काठमाण्डौ स्थित रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निर्भर भइरहेको अवस्था छ।

स्वाब संकलन र परिक्षण केन्द्रहरु हाम्रो देशका विभिन्न प्रदेश मा भएपनि स्वाब परिक्षण गर्ने कीट को अभावमा , अहिले हाम्रो देश गुज्रिरहेको छ । यस्ता प्रतिकुल परिस्थिति सिर्जना हुनु भनेको सरकारको लागि आफैमा अत्यन्तै लज्जास्पद कुरा हो। यस बिषयमा सरकार गम्भीर भइ वर्तमान समस्या को निराकरण का लागि ठोस कार्ययोजना ल्याउनुपार्ने तिवारीले बताए।

सरकारको इच्छाशक्ति भए स्वाब परिक्षण किट को अभाव समाधान गर्न सकिन्छ । एउटा स्वाब परिक्षण किटको खरिद मुल्य रु. १००० जति रहेको छ।अहिले नेपालमा तिन तहको सरकार छ । यी तिनै तहका सरकारसंग प्रचुर मात्रामा बजेट बिनियोजित रहेको अवस्था छ। यदि यी तिनै तहका सरकारले प्राप्त बिनियोजित बजेट बाट स्वाब परिक्षण कीट खरिद गर्न बजेट रकमान्त र गरे कीट को अभाव समाधान गर्न सकिन्छ। प्रत्येक पालिकाले कीट खरिद बापत बजेट रकमान्तर गरे आर्थिक भार पनि कम हुने र समस्या पनि सहजै समाधान हुने तिवारीले बताए।

sahani furniture udyog

यस्तै महामारीको समयमा सरकारको नयाँ ब्यापार आफ्नै जनताले कोरोना चेकजाँचका लागि PCR गर्दा रु. पन्द्र हजार तिर्नुपर्ने भनि तिवारीले दुख पोखेका छन् । हाल विभिन्न देश बाट सहयोग प्राप्त किटको विवरणको बरेमा बताउदै तिवारी ले नेपाल लाई विभिन्न मुलुकहरूले किट् सहयोग गरेता पनि जनता भने चेकजाँचको र उपचारको अभावमा मर्न थालेका छन् । नेता र कर्मचारीको भनेको बेला निशुल्क चेकजाँच हुन्छ तर जनताको भर छैन, न चेकजाँच छ न सेवा सुबिधा छ , यदि छ त मात्र लकडाउन । तर स्मरण रहोस सरकार सबै जनता कर्मचारी होइनन कि उनीहरुले तलब प्राप्त गर्छन, न त पुजीपति नै हुन सबै , न जमिनदार हुन सबै , अखिर लकडाउन मात्र कहिले सम्म गर्ने हो सरकारले ? लगायतका कुरा राखदै तिवारी आक्रोश पोखेका थिए। बहिर बाट आइ क्वारेन्टाइनमा रहेका नागरिकको कोरोना संक्रमणको चेक जाँच र उपचारको ब्यवस्था यथाशीघ्र मिलाइ लकडाउनको बिक्लप खोज्न तिवारीले सरकारलाई अनुरोध गरेका छन् ।

सहयोगमा प्राप्त कीटको विवरण यश प्रकार रहेको छ ।

सिङापुर – दस हजार किट
स्विजरलेन्ड- तीस हाजार किट
चीन – चालिस हजार किट
भारत – तीस हजार किट
चौधरी ग्रुप – एक हजार किट
जर्मनी – तीन हजार किट
जम्मा- एक लाख चौध हजार किट

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.