नाग पञ्चमी का दिन तराईमा गुड्ड‌िन (गुडिया ) पीट्ने परम्परालाई कायम राख्दै

0
Quantam abroad studies

धनीराम काेरी , साउन १० , कपिलवस्तु
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरकाे मूलढोकामा नाग काे चित्र टाँसेर मनाइँदै छ ।

हिन्हु धार्मलम्वीहरुकाे पर्व नाग पञ्चमीका दिन तराई मधेसमा बिहान बिहान अाफ्नाे घरलाई गाई काे गाेबर बाट गाेड्ने , झुला झुल्ने र गुड्डिन पीट्ने परम्परा पहिले देखि चालिएको छ । अहिलेकाे समयमा केही मात्रमा कम भएको छ ।

नाग पञ्चमीमा गुड्डिन (गुडिया) पीट्ने तराई मधेसमा अहिले काे समयमा कतै- कतै मात्र हेर्न पाईन्छ । कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका भित्र अाैरहवा , चाेहट्टी , चाेहट्टा , महाराजगन्ज , बलरमवापुर , पिपरी , पचेहरी , बरगदी , बागहिया लगायत कपिलवस्तु काे अारु ठाउँमा अहिले पनि गुडिया पीट्ने परम्परालाई जाेगएर राखेकाे पाईन्छ ।

बेलुकाकाे समयमा गाउका सबै केटाहरु ले ५ पटक गाउँ लाई परिक्रमा गरेर खेल मैदानमा गएर महिला हरुले गुडिया लाई फाल्ने र केटाहरुले पीट्ने काम गर्छन । पीटे पछि गीत गाउने परम्परा अहिले पनि रहेको पाईन्छ ।

बेलुकाकाे समयमा गुड्डिन ( गुडिया ) पीट्ने कार्य गरिन्छ । केटीहरुले कपडाकाे टुक्रा , पलाष्टिक , धागाे बाट गुडिया बनाएर , चामल , दाल , चना लिएर अाउछिन र केटाहरुले कासकाे काइन , फुल काे हागा , काटा विरुवा हरु बाट गुड्डिन पीट्ने कार्य गर्छन ।

sahani furniture udyog

अाजका दिन कसैले बिहान कसैले साझा मिठाे मिठाे प्रकार काे खाना पकाएर खाने परम्परा हरेकाे छ ।

प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ ।

मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।

नाग पूजाको प्रचलन वैदिककाल देखि नै शुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराहपुराण मा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.