कोभिड – १९ का कारण मुलुक बन्दबंदीको अवस्थामा रहीरहँदाका दिनहरूमा उत्पादन घट्ने कुरा स्पस्ट देखिन्छ । यातायात तथा अन्य सवारी साधनमा लगाइएको रोकका कारण उत्पादन भएका कृषिजन्य बस्तुहरु बजारमा सहजै उपलब्ध हुन सकेका छैनन् जस्को कारण बजारमा माग बढ्दै गर्दा दैनिक उपभोग्य बस्तु हरुको मूल्य बढ्न गई गरिबीको रेखामुनि रहेको जनसंख्या गम्भीर रुपमा प्रभावित हुने प्रबल सम्भावना देखिएको छ । मल, बिउ, दानापदार्थ र बिषादीको सहज आपूर्ति हुन नसकेकाले कारण किसान मर्कामा परेका छन् । अर्कोतिर सहरी क्षेत्रमा रहेका केहि गाई तथा कुखुरा फार्महरु घाँस तथा दानापदार्थको अभाबमा बन्द भैसकेका तितो यथार्थ हामी बीच छ । बजारमा बिभिन्न फलफुल तथा तरकारीको अभाबको समस्या बढ्दै गएको परिपेक्षमा न्युन आर्थिक स्तर भएका मानिसहरु भोकको चरम पिडा सामना गर्नु पर्ने अवस्था सिर्जना हुन सक्ने देखिन्छ ।
समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य बोकेर कृषि क्षेत्रको आधुनिकरण र ब्यबसायीकरण सँगै आयात प्रतिस्थापन , निर्यात प्रबर्दन र कृषि क्षेत्रमा रोजगारीका अवसरहरु सिर्जना गर्ने योजना बोकेर सरकार अगाडी बढिरहेको समयमा अकस्मात् संसार भरि फैलिएको महामारी कोभिड-१९ का कारण सम्पूर्ण देश झन्डै दुई महिना देखि बन्दाबंदीको अवस्थामा छ।बिश्व बैंकबाट सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ब्यापक रुपमा गिरावट हुने प्रक्षेपण गरिएको छ । संसार भर १३ करोड मानिस खाधान्न अभाबमा धकेलिन सक्ने संयुक्त राष्ट्र संघिय खाद्य कार्यक्रम अन्तर्गत विश्वखाद्य कार्यक्रमको अनुमान सार्बजनिक भएको परिपेक्षमा बन्दबंदी को यस अबधि बीच करिब ६ हजार मेट्रिकटन फलफुल तथा तरकारीको नेपालमा आयात भएको छ। नेेपालको कुल ग्राहस्थ उत्पादनको झन्डै २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्र धरासाही हुने सहजै अनुमान गर्न सकिन्छ । नेपाल जस्तो बिकासन्मुख देशमा भोकमरी, आर्थिक संकट र अन्य विभिन्न समस्या बाट गरिबीको रेखामुनी रहेका सिमान्तकृत वर्ग र दैनिक मजदुरी गरि जीविकापार्जन गर्ने वर्ग यस प्राकृतिक विपत्तिका कारण गम्भिर समस्यामा पर्ने सक्ने देखिएको छ । बन्दबंदीको उपाय मार्फत मुलुकले यस प्राकृतिक शत्रुको विरुद्ध विजय हासिल गरेता पनि यस कार्य बाट किसानहरु मारमा पर्ने र देश खाध संकट तर्फ धकेलिने निश्चित छ ।
कोरोना भाइरसले निम्त्याएको यस विषम परिस्थितिमा राज्य ले थलिएको अर्थतन्त्र उकास्न कृषि क्षेत्रलाई मेरुदण्डको रुपमा लिई अवसरको रुपमा बदल्ने सामर्थ्य राख्नु पर्छ । सरकारले निकट भविष्यमा पर्न सक्ने प्रभाबहरु लाई गम्भीर रुपमा लिई तुरुन्तै केहि तत्कालिन उपायहरु अपनाउन जरुरि देखिन्छ। बिश्वमा माहामारी , प्राकृतिक प्रकोप बिपत्ति आदि जस्ता समस्या र प्रकोप माथि विजय प्राप्त गर्ने सहकारी क्षेत्रको उल्लेखनीय भूमिका रहेको छ । नेपालमा करिब ३४ हजार समुदाय बाट संचालित सहकारी संस्थाहरु रहेका छन् जसमध्य १४ हजार बिषयगत सहकारी रहेका छन्।यस विषम परिस्थितिमा सहकारी संस्थाहरुलाई परिचालन गर्न यथोचित कदम चाल्नु पर्ने देखिन्छ । कृषि सेवा अन्तर्गतका सरकारी कर्मचारी कार्यालयमा उपस्थित हुन नसकेको स्थिति मा सूचना र प्रविधिको प्रयोग बाट कार्यालय संचालन कार्य अगाडी बढाउन सकिन्छ । कृषि तथा पशुपंछी बिकाश मन्त्रालय मार्फत कृषक समूह, महिला समूह, सहकारी संस्था, निजामती कर्मचारी बीचको समन्वय गरी कृषकको खेत बारीमा खेर गहिरहेका बस्तुहरु जस्तैः दुध, अन्डा, कुखुरा, माछा, मासु, चिया आदिको निश्चित समय र स्थान निर्धारण गरि उक्त बस्तुहरुको बिक्रि वितरण गर्न ठोस कदम चाल्नु पर्ने आवश्यकता छ।दक्ष जनशक्तिको तथा प्रबिधिको सहयोग मार्फत बाली संरक्षणका गतिबिधिहरु ध्यानमा राख्दै नया बिकसीत कृषि प्रविधिहरु जस्तै ; Hydroponics, Aeroponics प्रविधि मार्फत उत्पादनमा कार्यलाई अगाडी बढाउन जोडदिनु पर्दछ । स्थनीय निकाय, जनप्रतिनिधि र किसानहरु बीच समन्वय गरी स्थानीय रुपमा किसानले उत्पादन गरेका कुखुरा,अन्नबाली, घीउ,अन्डा स्थानिय रुपमै राहतको रुपमा वितरण गर्न सके किसानको उत्पादन को सदुपयोग हुन्छ । विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा रहेका जे.टि/जे.टि.ए सम्बन्धित बिश्वबिध्यालय बाट स्नातक एबम स्नाकोत्तर तह अध्ययन सकिसकेका बिधार्थी र अन्य अगुवा कृषकलाई कृषि स्वयंसेवकको रुपमा परिचालन गर्न सकेमा कृषि क्षेत्रमा देखिएका समस्याहरु निराकरण गर्न सहज हुनेछ । बिदेशमा रहेका लाखौ युवाहरुले रोजगारी गुमाउने र अन्तत:स्वदेश फर्कने निश्चित देखिएकाले बैंक तथा वित्तीय क्षेत्र बाट कृषि ब्यबसाय तर्फ आकर्षित गर्न सर्बसुलब कर्जा उपलब्ध गर्ने प्राबधान मिलाउनु पर्ने जरुरी देखिन्छ ।
रबिन्द्र खनाल कृषि इन्टन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
परियोजना कार्यान्वयन इकाई, तरकारी जोन अर्घाखाँची