चीनलाई प्रति–चूनौति दिनका लागि हो मालाबार संयुक्त युद्धाभ्यास साँच्चै ?

0
Quantam abroad studies

—लोकनारायण सुबेदी

अमेरिका, जापान, अष्ट्रलिया र भारत चार देशका नौसेनाले संयुक्त रुपमा बिमान बाहक युद्धपोत र बिध्वंशक पोतहरु, पनडुब्बीहरु, सामुद्रिक लडाकु बिमान र हेलिकोप्टरहरु, फ्रिगेट र समुद्रको निगरानी गर्ने गुप्तचर बिमानहरु, प्रक्षेपास्त्रहरु अनि हजारौं नौसैनिक लिएर हिन्द महासागरमा परस्पर युद्ध–खेल (युद्धाभ्यास) खेल्दछन् भने यसको के सन्देश हुन सक्तछ ? प्रष्ट छ, यो उनीहरुको साझा बिश्व प्रतिद्वन्द्वी चीनलाई चूनौति दिनकै निम्ति हो । यो मालाबार युद्धाभ्यास १३ बर्षपछि यसै नोभेम्बर महिनामा आयोजना गरिएको हो । यो ठूलो युद्धाभ्यासले समुद्र मा त युद्ध कोलाहल पैदा गरेकै छ । तर त्यसबाट प्रत्युत्पन्न चीनको प्रतिकृया के कस्तो हुने हो त्यो आगामी दिनमा देखिदै जाने छ ।

यस भन्दा अघि २००७ मा बंगालको खाडीमा जतिबेला अहिले सहभागी भएका बिश्वका चार देशका अतिरिक्त सिंगापुरका नौसैनिकलाई पनि साथमा लिएर पाँच देशले साझा मालाबार युद्धाभ्यास गर्ने शुर कसेका थिए त्यतिबेला अष्ट्रेलिया भने त्यो युद्धाभ्यास मा सहभागिताबाट बाहिरिएको थियो । त्यसलाई चीनको दबाब परेको भनेर सहभागी देशहरुले औंल्याएका थिए ।

यस पटक भने भारतको नौसेनाको आथित्यमा बिश्वका चार शक्तिशाली देशहरु नयाँ साझा अन्तर्राष्ट्रिय संकल्प का साथ यो युद्धाभ्यासमा उत्रेको एकथरी बिश्लेषकहरु औंल्याउदै छन् । यसलाई  समुद्रमा  चीनको  बढ्दो बर्चश्वलाई  सीमित  गर्ने परि घटना भनिदैछ र यसले चीनको सामरिकबृत्त परिबृत्तमा चिन्ता पैदा गरिदिएको पनि बिबेचना गरिदैछ । तिनीहरुका  अनुसार चीनको बढ्दो  सामुद्रिक  बर्चश्व र बिस्तारका बिरुद्ध चूनौति दिनकै  लागि यो संयुक्त मालाबार युद्धाभ्यास गरिएको हो ।  यसलाई  चीनले  शुरुदेखि  नै ‘मिनी नाटो’ को अभ्यास भनेर संज्ञा दिदै आएको पनि छ । यस संयुक्त  अभ्यासमाथि बिश्वका बिभिन्न सामरिक बृत्तको चासो  र  चिन्ता  हुने नै भयो । ती सबैले यसलाई नियालेर हेर्ने नै भए । किन पनि भने बिश्व महामारी कोभिड–१९ पछिको स्थितिमा यसलाई बिश्व समीकरण को एउटा नयाँ र ठोस सामरिक अभ्यासको आरम्भको रुपमा पनि हेरिन थालेको छ ।

सभागी देशहरुले यो संयुक्त नौसैनिक अभ्यास कुनै देखावटी शक्ति प्रदर्शन मात्रै होइन, यो त चीनको बढ्दो सामुद्रिक शक्ति बिस्तार तथा भारत–चीन बीच लद्दाख सैन्य तनाबको परिप्रेक्ष मा यो साझा मालाबार युद्धाभ्यास बिश्वमा एउटा नयाँ सामरिक समीकरण र सैन्य गठबन्धनकै बिजारोपण हो पनि भनिरहेका छन्। यद्यपि यस बारेमा अनेक अनुमान लगाउन पनि सकिन्छ। तर जे भए पनि चीनका बढ्दो सैन्य शक्तिलाई केन्द्र बिन्दूमा राखेरै यो अभ्यास गरिएको कुरामा सहभागी देशहरुका बीच शायदै दुइ मत होला । यो अभ्यास पछि स्थिति के हुन्छ भन्ने कुरा मूलतः अमेरिकाका नयाँ राष्ट्रपति निर्बाचित जो बाइडेनको सामरिक दृष्टिमा भर पर्ने देखिन्छ । यी देशहरु चीनको बढ्दो आर्थिक शक्तिको बलमा उनीहरुको यो सामरिक साझेदारीलाई कतै छिन्न भिन्न पार्ने सक्ने त होइन भन्ने कुराप्रति पनि सचेत देखिन्छन् । सहभागी देशहरुकै ब्यापारिक–औद्योगिक लेनदेन को कारोबार चीनसँग किनै ठूलो छ । त्यसमा पनि जापान र अष्ट्रलियाको अर्थब्यबस्थाका पेचकिलाहरु धेरैजसो यतिबेला चीनकै हातमा रहेको अर्थबिज्ञहरु औंल्याउँद छन् । त्यसैले उनीहरु ले आफुलाई अप्ठ्यारो पर्ला भनेर पनि सोच्नुपर्ने स्थिति छ ।

sahani furniture udyog


यद्यपि चीनले यो युद्धाभ्यासप्रति पहिला २००७ मा बंगालको खाडीमा गरिएको यस्तै संयुक्त युद्धाभ्यास मा जस्तो कडा प्रतिकृया जनाएको देखिएन । त्यति बेला को युद्धाभ्यास मा सिंगापुर समेत संलग्न थियो र पाँच देशलाई लिएर बहुपक्षीय मालाबार युद्धाभ्यास भएको थियो । त्यतिबेला चीनको कडा राजनीतिक प्रतिकृयाले गर्दा अष्ट्रलिया बाहिरिएको पनि थियो । तर यस पटक भने ठाडो कडा बिरोध गर्नुका साटो चीनले कूटनीतिक तरीका अपनाएको देखिन्छ । त्यसले गर्दा युद्धाभ्यासमा सहभागी देशहरु चीनको प्रभाव जापानमाथि पर्न थालेको र जापान नरम देखिदै गएको सन्देह पनि गर्न थालेका छन् । स्मरण रहोस् हाले सम्पन्न आर्सेप जस्तो बिश्वको एउटा ठूलो क्षेत्रीय सम्झौतामा जापान र अष्ट्रलिया सम्मिलत छन् भने भारत बाहिरिएको छ ।

अनि भारत लगायत देशहरु अमेरिकाको राष्ट्रपतीय चुनाबप्रचार को क्रममा नब निर्बाचित राष्ट्रपति जो बाईडेनल चीनलाई ‘ठग’ को संज्ञा दिएको कुरालाई समातेर अब उनी त्यसैको आधारमा अमेरिका कुन हदसम्म चीनको बिरोधमा अग्रसर हुन्छ भन्ने कुरा को प्रतिक्षा गर्दैछन् । अब अमेरिकाले आफ्नो हित मा मात्रै अग्रसरता लिने हो कि भारत, अष्ट्रेलिया र जापानको पनि सुरक्षा र आर्थिक चिन्ता लाई पनि समेट्ने हो र मालाबारमा आफ्नो साझेदारी र हिस्सेदारीलाई अझ सबल तुल्याउन पहल गर्ने हो प्रतिक्षारत देखिन्छन् ।

यो मालाबार नौसैनिक युद्धाभ्यास को पहिलो चरण ३ – ६ नोभम्बरसम बंगालको खाडीमा र दोश्रो चरण यही २०२० को १७-१८ नोभेम्बरमा अरब सागरमा सम्पन्न भए पछि यो क्षेत्रीय स्तरको शान्ति अनुकूल हुने चीनले लिएको बिश्वासका बिपरीत गएमा चीनको चिन्ता अझ बढ्ने छ । चार देश चीनका बिरुद्ध सैनिक रुपमा खडा भएर सामुद्रिक शान्ति खल्बल्याउन हुँदैन भन्ने कुरामा चीन शान्तिपूर्ण किसिमले यसरी सजग रहेको छ ।

चौगुटमा संलग्न नौसैनिक युद्धाभ्यासी देशहरु दक्षिण चीन सागरमा चीनले आफ्नो समर नीतिलाई निकै धारदार बनाएको ‘न्यारेटिभ’ अघि सार्दै एउटा खतरा पैदा गरेर त्यसका बिरुद्ध चार देश साझा सामरिक अभ्यासमा लाग्नु परेको अर्थ दिन खोजि रहेका छन् । उनीहरुले दक्षिण र दक्षिण पूर्ब एशियामा चीनको बढ्दो प्रभावलाई सीमति गर्न चार बाहेक अरु यस क्षेत्रका साना देशहरु पनि आफनो अघोषित सैन्य गठबन्धनमा संलग्न हुन् भन्ने चाहन्छन् र त्यसको निमित्त दबाब दिदै र पहल पनि लिदै आएको देखिदैछ । त्यो सम्भावना रहेको पनि उनीहरु धारणा ब्यक्त गर्दैछन् ।

यता चीनले पनि अघोषित यो एशियाली नाटो को बारे मा निरन्तर लेखा जोखा गर्दै आएको र गरिरहेको छ । अनि यसमा आम्बद्ध देशहरुले पनि यो गठबन्धनको मूख्यालय अण लिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.