लोकनारायाण
मंसिर १३,
सुबेदी आज कुपोषण एउटा गम्भीरता अन्तर्राष्ट्रिय समस्या र ठूलो चिन्ताको बिषय बनेको छ । बिश्व बैंकले त यसको तुलना ‘ब्ल्याक डेथ’ नाम को महामारी सँग गरिसकेको छ । त्यो महामारीले १८औं शताब्दीमा यूरोको जनसंख्याको एउटा ठूलो हिस्सालाई अकालमै निलेको थियो । कुपोषणलाई पनि यस्तै किसिमको त्रासद मानिएको छ ।
बिश्व बैंक जस्तो संस्था किन यो समस्या प्रति यत्तिको बढी चिन्तित छ ? सामान्य रुपमा त कुपोषणलाई चिकित्सा सँग सम्बन्धित बिषय मानिन्छ र धेरै जसोले यो नै सही हो भन्ने सोच्दछन् पनि । हुन पनि जब भोक र गरीबी राजनीतिक एजेण्डा को प्राथमिकता मा पर्दैन त्यस स्थितिमा ठूलो संख्यमा कुपोषण सतहमा देखा पर्दछ । यो एउटा यस्तो चक्र हो जसको चंगुलमा बच्चाहरु आफ्नी आमाको गर्भमा रँहदा देखि नै पर्ने गर्दछन् । तिनको जीवनको नियति दुनियामा जन्म लिनुभन्दा पहिला नै तय हुने गर्दछ । के नियति लेखिन्छ भने गरीबी र भोकमरी कै मसी हो । यसको रंग मसिको जस्तै उदास हुन्छ । अनि स्थिति गम्भीर हुन जाँदा जीवनमा आशाको किरण पनि हुर्किन पाउँदैन । कुपोषणको अर्थ हुन्छ कि आयु र शरीरको अनुरुप पर्याप्त शारिरीक बिकास नहुनु, जुन एक स्तर पछि गएर यसले मानसिक बिकासको प्रकृयालाई पनि अबरुद्ध पार्न लाग्दछ । धेरै स–साना बाल बालिकाहरु खाशगरी जन्म देखि लिएर ६ बर्षसम्म का बाल बालिका भोजनको माध्यमबाट पर्याप्त पोषण आहार प्राप्त नहुने कारणले तिनहरुमा कुपोषण को समस्या पैदा हुनाजन्छ । यसको परिणामस्वरुप बाल बच्चा को रोग प्रतिरोधक क्षमता घट्न थाल्दछ । हाम्रो देशमा यो समस्या कत्तिको फैलिएको छ त्यसको बारेमा गम्भीर अध्ययन भएको प्रतीत हुदैन। सामान्यतः बाल तथा मातृ मृत्यु दर घटेको मा नै सन्तुष्टी जाहेर गर्ने गरेको यत्रतत्र सुनिदै आएको छ ।
बिभिन्न देशहरुमा गरिएका अध्ययनहरुले के देखाएका छन् भने कुपोषण वास्तवमा घरेलु खाद्य असुरक्षाको प्रत्यक्ष परिणाम हो । सामान्य रुपमा खाद्य सुरक्षाको अर्थ हो – सबैमा खाद्यको पहुँचको स्थिति, हरेक समयमा खाद्यको पहुँच र सक्रिय स्वस्थ जीवनका लागि पर्याप्त खाद्य उपलब्धताको अबस्था । जब यो स्थितिमा एक वा एकभन्दा बढी कुरामा कमी आउँदछ भने त्यो परिवार खाद्य असुरक्षामा पर्दछ । खाद्य सुरक्षा सरकारको नीति र प्राथमिकताहरुमाथि निर्भर गर्दछ । कुपोषणले बच्चाहरु लाई सबै भन्दा बढी प्रभावित तुल्याउँदछ । यो जन्म या त्यो भन्दा पहिला देखि नै शुरु हुन्छ ६ महिना देखि ३ बर्ष को अबधिमा तीब्रता पूर्वक बढ्न सक्छ । सबै भन्दा भयंकर परिणाम यसबाट हुने आर्थिक नोक्सानी हुन्छ ।
कुपोषण का कारण मानब उत्पादकता पनि १० देखि १५ प्रतिशत सम्म कम हुन पुग्दछ जसले घरेलु उत्पादलाई ५ देखि १० प्रतिशत सम्म कम गर्न सक्छ भन्ने अनेक अनुसन्धानका निष्कर्शहरु छन् । कुपोषणका कारणले नै ठूलो संख्या मा बाल बालिका ले बिद्यालय छोड्ने (ड्रप आउट) गर्दछन् । ठूला भए पछि तिनहरु अकुशल मजदुरहरुको लामो पंक्तिमा खडा हुन पुग्दछन् । जुन राष्ट्रिय अर्थतन्त्र मा ठूलो बोझ बन्न सक्छ । हाम्रो देशमा पनि लाखौ यस्ता परिवारका मानिसहरु छन् जो अति गरीबीको श्रेणिमा आउँदछन् भन्ने तथ्यहरुले देखाउँदछन्। यथार्थ के हो भने त्यस्ता परिवारका सदस्यहरुलाई दुइ छाक टार्ने र पेट भर्ने कुरा पनि भाग्यमा हुदैन । के सिद्ध भइसकेको छ भने पर्याप्त खाना प्राप्त नहुँदा शरीरको रोगसँग लड्न सक्ने क्षमता कम हुन जान्छ र तिनीहरु चाडै नै बिमारीको चपेटामा पर्न सक्छन् । जन्मको समयमा अढाई किलोभन्दा कम तौल हुँदा बच्चाहरु धेरै सानो उमेर मै कालकलबित सम्भावना धेरै गुणा बढी हुन्छ भन्ने पनि अनुसन्धानले देखाएको छ ।
वास्तवमा कुपोषण एउटा धेरै जटीले समस्या बनेर खडा भएको छ । यसको निदान र उपचारका लागि घरेलु खाद्य सुरक्षा सुनिश्चित गरिनु अत्यावश्यक छ । यस सम्वन्धमा ब्राजिलबाट पनि सिक्न सकिने ज्ञाताहरु बताउँद छन् । त्यो देशमा भोक र कुपोषण लाई राष्ट्रिय लज्जाबोधको बिषय मानिने गर्दछ । आजभोली किसान समुदाय लाई खाद्यान बाट हटाएर नगदे बाली तर्फ लगाउन जोड दिने गरिएकोले गर्दा पनि खाद्य संकट अझ गहिरिदै गएको हो । त्यसैमा कृषिमा खाशगरी अन्न उत्पादनमा पनि बाह्य निर्भरताले गर्दा समेत कुपोषण बढ्ने गरेको यथार्थ छ । त्यसैले कुपोषण सम्वन्धी यो समस्या केही औपचारिक कार्यक्रम अर्थात् गोष्ठी, छलफल,अन्तरक्रिया आदि गरेर मात्र समाधान हुने छैन । एउट साच्चै नै ठोस, जन समर्पित पहलको आवश्यकता छ जसले गर्दा जनताले भोकै बस्नुपर्ने स्थिति कम्तिमा अन्त्य गरोस् । यसका निमित्त सम बितरणको समतामुखी समाज निर्माण अत्यावश्यक छ ।
हुन पनि कुपोषण को मामिलमा भारत ब्राजिल भन्दा ४७ प्रतिशत चीन भन्दा २६ प्रतिशत तथा दक्षिण अफ्रिकाभन्दा २१ प्रतिशत पछाडि छ भने नेपालको पनि यो भन्दा भिन्न स्थिति बन्न नसको पछिल्लो कृषि गणनाले दर्शाएको छ । कुपोषणले शहरी क्षेत्रका तुलनामा ग्रामीण क्षेत्रहरुमा बढी मात्रामा बाल बालिकाहरु कम आक्रान्त देखिएको छन् । ‘र्यापिड सर्बे अफ इण्डिया’ को २०१३ अर्थात् आजभन्दा ७ बर्ष अघिको तथ्यांक अनुसार भारत मा मात्रै १९.५ प्रतिशत यस्ता खालका बाल बालिकाहरु रहेका छन् जसको उमेर ५ बर्षभन्दा कम छ र तौल पनि तिनको सामान्य भन्दा कम रहेको छ । अहिले दक्षिण एशियामा नेपाल नै कुपोषणको कमी ल्याउनमा प्रथम स्थानमा रहेको छ भने भारत दोश्रो स्थानमा छ। ब्रिक्स देशहरु (ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिका) को तुलना गर्ने हो भने भारतको कुपोषित बाल बच्चाहरुको प्रतिशत सबभन्दा बढी छ । भारत नेपालभन्दा पनि पछि परेको छ जहा यति बेला पाँच बर्षभन्दा कम उमेरका कुपोषित बच्चाहरुको २९.१ प्रतिशत रहेको छ । संयुक्त राष्ट्रका अनुसार भारतमा हरेक बर्ष कुपोषणका कारण मृत्यु हने पाँच बर्षभन्दा कम उमेरका बालबच्चहरुको सख्या १० लाख भन्दा बढी छ । दक्षिण एशियामा भारत कुपोषणको कुरामा सबैभन्दा खराब अबस्थामा रहेको छ ।
आज कोभिड –१९ को बिश्वब्यापी महामारी चलिरहेको बेला त्यसले शारिरीक मानसिक रुपमा कमजोर त पारेकै छ, त्यस अतिरिक्त धेरै रोजगार गुमाएका मानिसहरु को परिबार र तिन का बालबालिका लाई चाहिने पोषणको अभाव हुनगइरहेको छ र यसको गम्भीर परिणाम आगामी दिनमा देखिदै जाने प्रष्ट छ । अतः यो पहिले देखि रहिरहेको र कोभिड–१९ का कारण अझ बढ्न गएको संग्रहीत कुपोषणले पार्ने दुष्प्रभाव र थपिने बोझ को निराकरण का लागि सम्वद्ध सबै अहिल्यै र आजै देखि अग्रसर हुनु नितान्त आबश्यक छ । अन्यथा कोभिड–१९ काल ले निम्त्याएको थप समस्याको मारमा यो कुपोषण पनि एउटा ठूलो भार बनेर उपस्ति हुने कुरा निश्चत छ ।