—लोकनारायण सुबेदी, २०, मंसिर ।
यस बर्ष २०२० को नोभेम्बर २८ महान दार्शनिक दार्शनिक कार्ल मार्क्सका सहयोद्धा एंगेल्सको २००औं जन्म जयन्तिको बर्ष हो । बिश्वलाई एउटा सुन्दर र सुनिश्चित भबिष्यको मार्ग दर्शन गर्ने ती महान बिश्व ब्यक्तित्वको जन्म जयन्ति बिश्वमा ब्यापक रुपमा मनाइने थियो । तर कोरोना महामारी ब्याधीका कारण त्यसरी ब्यापक रुपमा स्मरण नगरिए पनि उनलाई बिश्वभरी नै सम्झना गरिदैछ । बातावरण समान्य भएको भए एंगेल्स को पनि कार्ल मार्क्स को दुइ बर्ष अघि २०१८ मा मनाइएको जन्म द्वि–शतबार्षिकी जस्तै किसिमले खुलारुपमा मनाइने कुरा निर्बिबाद छ ।
हुन पनि माक्र्सबादी बिश्व दृष्टिकोणको बिकास र बिस्तार गर्न मा एंगेल्सको सैद्धान्तिक योगदानको अत्यन्तै ठूलो । महत्व रहेको छ । उनले प्रष्ट बताएका छन् कि ब्रह्माण्ड तथा मानब समाजलाई निर्धारित हरेक नियममा द्वन्द्वात्मक अन्वेषण र द्वन्दात्मक तरीका स्वतन्त्र हुने एउटा समृद्ध श्रोत हो । यी सबै उनका योगदानहरु र कामका बारेमा खुल्लारुपमा यतिबेला सार्बजनिक गर्न नसकिए पनि उनका समग्र काम, मानबीय चिन्तन र तथा उनको बिशिष्ट बौद्धिकता तथा सभ्यता को बिकास मा त्यस को प्रभाव को पुनराबलोक संक्षेप मा गर्न सकिन्छ । बास्तबमा एंगेल्सको कामको यो यति ब्यापक फलक (क्यानभास) छ कि यस लाई एउटा सानो लेखमा समेट्न सकिदैन । तथापि मार्क्सबाद को बिकासमा मार्क्सले जत्तिकै योगदान गर्ने एंगेल्सलाई संक्षेपमै भए पनि यतिबेला ससम्मान स्मरण गर्नु सर्बथा उचित हुन्छ ।
मार्क्सबादी सिद्धान्त तथा ब्यबहारलाई द्वन्द्वात्मकरुपमा जोड्ने चिन्तनको एउटा स्कूलकोरुपमा काल मार्क्सको नाममा नै बिश्व मा प्रचलित छ । तर एंगेल्सको योगदान पनि मार्क्सकै जत्तिको छ । उनले आफ्ना रचनाहरुमा भौतिक तथा समाजिक जीवन का सम्पूर्ण पक्षमा द्वन्द्वात्मकतालाई प्रयुक्त गरेबाट यो साबित हुन्छ । मानब सभ्यताको बिकास र बैज्ञानिक आबिष्कारहरुको क्षेत्रमा नयाँ धरातल तोड्ने आजको बिद्यमान सन्दर्भमध्यमा हरेक लाई एक एक गरेर पुनः अध्ययन गर्नु पर्ने ज्वलन्त आवश्यकता छ। यथार्थतः मार्क्स र एंगेल्सले मिलेर माक्र्सबाद बिकसित गरेका थिए । फेडरिक एंगेल्सको उल्लेख प्रायः बिश्व का पहिला मार्क्सबादीका रुपमा गर्ने गरिन्छ । आत्म प्रचारबाट टाढा रहने आफ्नो बिशेषता का कारणले एंगेल्सले सगर्ब त्यो हैसियतलाई स्वीकार पनि गरेका थिए। एक पटक उनले भनेका थिए: ‘जुन काम मार्क्सले गरे त्यो मैले गर्न सक्ने थिइन । मार्क्स उच्चाईमा खडा थिए र अगाडि हेर्न सक्थे र हामी सबैको तुलना मा धेरै ब्यापक तथा तीक्ष्ण दृष्टि राख्दथे । मार्क्स जिनियस थिए, हामीहरुमध्येमा सर्बाधिक प्रतिभाशाली थिए । उनी बिना यो सिद्धान्त आज जहाँ छ त्यहाँ हुने थिएन । त्यसैले उचित नै हो यो उनको नममा रहेको छ’। यति हुँदाहुदै पनि एंगेल्सका बारेमा मार्क्सको आकलनको र मार्क्सबादी बिश्वदृष्टि लाई सैद्धान्तिक आधार प्रदान गर्नमा उनले जुन योगदा दिएका छन् त्यसका लागि मार्क्सले एंगेल्सलाई जुन बिशेष स्थान दिए, त्यसलाई राम्ररी बुझ्नु पर्दछ ।
कार्ल मार्क्स ‘राइनिशे त्सेइटुङ्ग’ नामको परित्रका सम्पादित गर्ने गर्दथे त्यति बेला, जुन पत्रिकालाई प्रशियाली प्रतिकृयाबादी राज्यले प्रतिबन्ध लगाएको थियो र १८४४ को आरम्भमा नै मार्क्सले पेरिस पुग्नु परेको थियो । त्यहाँ पनि उनले ‘डाइशे–फ्रांजित्से जहाबुखर’ नमको पत्रिका सम्पादन गर्न शुरु गरेका थिए । एंगेल्न त्यस पत्रिकाको सबै भन्दा यूवा लेखक थिए र पछिबाट त्यस पत्रिकाको निकटतम सहयोगी पनि बनेका थिए। एंगेल्सले १८४४ मा ‘आउटलाइन अफ पोलिटिकल इकोनोमी’ (राजनीतिक अर्थशास्त्रको रुपरेखा) शीर्षकमा एउटा लेख लेखे का थिए । त्यसमा एंगेल्सले पूँजीवादी राजनीति अर्थशास्त्रको बिवेचनाको आधरभूत सिद्धान्त स्थापित गरे ।
त्यसमा एंगेल्सले देखाएका थिए कि पूँजीवादी आर्थिक प्रणाली मा सबैजसो महत्वपूर्ण प्रबित्तिहरु आवश्यकरुपमा उत्पादनका साधनहरु को निजी स्वामित्वका नियमहरु बाट नै पैदा हुने गर्दछन्, र एक गरीबीमुक्त समाज यस्तो निजी स्वामित्व मुक्त समाज नै मात्र हुन सक्तछ । एंगल्सको यस निष्कर्शबाट मार्क्स अत्यन्तै प्रभावित भए । उनी के निष्कर्शमा पुगे भने पूँजीवादी राजनीतिक अर्थशास्त्रको समीक्षाको माध्यमबाट एउटा अर्का चिन्तक स्वतन्त्र किसिमले त्यसै निष्र्कशमा पुगेको छ जुन निष्कर्शमा उनी हेगेलबादी दर्शनको आफ्नो बिबेचन मार्फत पुगेका थिए । त्यसले उनको जीवनभरी को सहयोग, मित्रता तथा साथलाई अझ सबल बनायो र मार्क्सबादी बिश्वदृष्टिकोण लाई बिकसित गर्नमा संयुक्तरुपले ठूलो योगदान दियो ।
एंगेल्सको पथ–प्रदर्शनकारी रचना ‘दि कण्डिशन अफ द वर्किङ्ग क्लास इन इंगल्याण्ड’ – (इंगल्याण्डमा मजदुर बर्गको अबस्था) ले इंगल्याण्ड मा भइरहेको औद्योगिक क्रान्ति को आरम्भमा मार्क्स को सोच्ने तरीकालाई अत्यन्तै प्रभावित तुल्यायो । अगष्ट १८४४ मा दश दिनसम्म चलेको बिचार आदान – प्रदान को क्रमाम मार्क्सको मनमा एंगेल्सका लागि सम्मान अत्यन्तै बढ्यो । उनले एंगेल्सको साहस, समर्पण एकाग्रचित्त भएर काम गर्ने बानीको प्रसंशा गरे र के नोट गरे भने त्यस बेला सम्पूर्ण सैद्धान्तिक प्रश्नहरुमा उनीहरु दुबै एक मत थिए ।
दर्शन तथा राजनीतिक अर्थशास्त्रमा आदर्शबादको प्रभाव सँग लड्रदै उनीहरु ले १९४४ मा आफ्नो संयुक्त रचना ‘द होली फेमेली आर क्रिटिक अफ क्रिटिकल क्रिटिसिज्म’ का लागि सहयोग गरे । यसमा मार्क्स र एंगेल्सले मिलेर एकदमै प्रष्ट के साबित गरेका थिए भने न त दैबी शक्तिहरु न त मानब चेतना मात्रले र न कुनै नायकले नै इतिहास बनाउँदछन् । केवल मजदुर बर्ग नै हो, जसले आफ्नो श्रम र आफ्नो राजनीतिक संघर्ष द्वारा समाजलाई अगाडि बढाउँदछ । यसबाट थाहा हुन्छ कि सर्बहारा स्वयं ले आफ्नो जीवन स्थितिहरु। अर्थात् समकालीन समाज- पूँजीवादलाई समाप्त नगरिकन स्वयं आफु लाई मुक्त गर्न सक्तैन । एक बर्ग का रुपमा सर्बहारा बर्गको ऐतिहासिक मुक्तिकामी मिशन का बारेमा यस भन्दा बिस्तृत रुपमा बताइएको थियो । तर त्यस समयमा दार्शनिक स्तरमा हाबी भएको आदर्शबादको सामना गर्नु परेको थियो र त्यसको ठाउँमा भौतिक बाद लाई स्थापना गर्नु थियो । त्यसका लागि मार्क्स र एंगेल्सले मिलेर १८४५–४६मा ‘जर्मन आइडियोलोजी’ मा काम गरे । पहिलो पटक एउटा सर्बसमावेशी तथा ब्यबस्थित किसिलमे उनीहरुले ‘द्वन्द्वात्मक ताथ ऐतिहासिक भौतिकबाद को आधार – मजदुर बर्गको बिश्व दृष्टिकोण तयार पारे ।
यथार्थतः १८४३ देखि १८४५ को कार्यकालले मार्क्सबादी बिश्व दृष्टिकोणको बिकासमा एउटा अपूर्ब मोडलाई — क्रान्तिकारी जनतन्त्रबाट सर्बहारा बर्गको क्रान्तिमा, हेगेलबादी प्रभावबाट ऐतिहासिक भौतिकबादमा र दर्शनबाट राजनीतिक अर्थशास्त्र मा प्रष्ट संक्रमणलाई देखाउँदछ । त्यसमा मार्क्स र एंगेल्स दुबैले मिलेर प्रमुख र अत्यन्तै महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए ।
कानुनको हेगेलबादी दर्शन बिषयमा मार्क्सको आलोचनात्मक खोजले उन लाई यस निष्कर्श सम्म लग्यो कि न त कानुन सम्वन्ध अनि न राजनीतिकरुपलाई नै स्वय आफै बुझ्न सकिन्छ न तिनलाई मानब मस्तिष्कको चेतनाको बिकासका आधारमा नै बुझ्न सकिन्छ । तिनलाई केवल जीवन कोे भौतिक स्थिति बाट मात्रै बुझ्न सकिन्छ। हेगेलले आदर्श समाजिक ब्यबस्थाको प्रतिबिम्बनका रुपमा ‘सिभिल सोसाइटी’शब्द गढेका थिए । यो ‘परम सत्ता स्वतन्त्र हुने’ दैबी प्रभाव अन्तरगत बिकसित हुनेछ भनिन्थ्यो । तर माक्र्स त्यतिबेलमा के निष्कर्शमा पुगे भने ‘यस सिभिल सोसाइटी को संरचनालाई राजनीतिक अर्थशास्त्रमा खोज्नु पर्दछ । यही बाट उनीहरु ‘द्वन्द्वात्मक भौतिक बाद को प्रारम्भिक स्थापना सम्म पुगे, ‘यो मानिसको चेतना होइन, जस ले उसको अस्तित्वा्लाई निर्धारण गर्दछ, त्यसको बिपरीत मानिस को समाजिक अस्तित्व नै हो जसले उनीहरुको चेतना लाई निर्धारण गर्दछ’ । दर्शन र राजनीतिक अर्थशास्त्र को समीक्षाहरु लाई जोड्दै मार्क्स र एंगेल्स ले यो क्रान्तिकारी सिद्धान्त बिकसित गरे जसमा १८४८ मा ‘कम्युनिष्ट घोष्णापत्र’ को संयुक्त लेखनमा र पहिलो इण्टरनेशनलको गठनमा बाणी मिल्यो ।
जहाँ मार्क्स पूँजीवादी ब्यबस्थाको गतिको बिबेचना गर्न पहिला देखि नै लागेका थिए, जुन ‘दास क्यापिटल’ मा गएर आफ्नो उत्कर्ष मा पुग्यो र त्यस ले दर्शाउन लागे को थियो कि स्वयं पूँजीवादको उत्पादन प्रकृयामा मानबको शोषण हुन्छ र यस कारण यसलाई उखेलेर फाल्नु केवल एउटा नैतिक प्रश्न मात्रै होइन, यो त मानब मुक्तिकै लागि एउटा बैज्ञानिक आवश्यकता पनि हो, त्यसका साथै एंगेल्सले निम्न लिखित अन्य क्षेत्रहरुमा पनि द्वन्द्वबादको स्वतन्त्रता लाई बिस्तार गर्नमा आफ्नो ध्यान केन्द्रित गरेको प्रष्ट देख्न सकिन्छ ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकबाद, मानब र प्रकृतिको एउटा शतत द्वन्द्व हो, अर्थात् अझ राम्रो मानबीय जीवन तथा जीवन–स्थितिका लागि प्रकृतिको दोहन गर्ने प्रयास हो । यस द्वन्द्वात्मक प्रकृयामा जहाँ मानिसले प्रकृतिको उपयोग गर्दछ र रुपान्तरण गर्दछ त्यहीं प्रकृतिले पनि मानिसलाई रुपान्तरित गर्दछ र मानब बिकासमा आफ्नो प्रभाव पार्दछ । एंगेल्सले आफ्नो महत्वपूर्ण निबन्ध ‘बाँदर बाट मानिस बन्नमा श्रमको भूमिका’ मा यो कुरा दर्शाएका छन् कि मानब र प्रकृतिको द्वन्द्व कसरी बिकास भयो । उनले प्रष्ट देखाए कि कसरी मानिसका हातहरु, उसका सम्बेदनहरु, बोलचाली आदिको बिकासमा, श्रमले भूमिका खेलेको छ । यो कुनै दाबी रचनाले पैदा गरेको होइन, तिनको मूल जीबनको भौतिक आधारमा निहीत रहेको छ । एंगेल्सले प्रकृति र बैज्ञानिक बिकासको शिलशिलामा – द्वन्द्वात्मक भौतिकबादलाई अझ अगाडि अन्बेषण अनुशिलन गरे । उनी यसमा के मूर्त निष्कर्शमा पुगे भने द्वन्द्वात्मकता ‘प्रकृति, मानब समाज तथा बिचारको गति तथा बिकासका सामान्य नियमहरु बिज्ञानभन्दा बढी केही पनि होइनन्’ ।
बस्तवमा त्यति बेला एंगेल्स ले ऐतिहासिक भौतिकबाद का निमयमरु लाई आरम्भिक मानब समाज का त्यस समय मा उपलब्ध मानब बिज्ञानका प्रमाणरु माथि लागु गरे । ‘पबिार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ नाम को कृति मा उनले आधुनिक बर्गीय समाजका वरिपरी बनेका मिथकहरुलाई पर्गेले र तोडिदिए अनि देखाए कि कसरी सम्पत्ति मा आधारित सम्वन्धरुपले परिबार को उत्पत्ति लाई रुपाकार दियो र ‘स्त्री लिंग’को ऐतिहासिक पराजयको बारेमा बताउदै एकनिष्ठ बिबाह प्रथा तथा पितृसत्ता को बिकास भयो र तिनको आधार मा महिलाहरु माथिका दमनहरुका बारेमा उनले खुलासा गरे ।
हुन पनि एंगेल्सको रचना ‘जर्मनीमा किसान यद्ध (१८४९-५०)’ मा बास्तबामा इतिहासको बिबेचमा पहिलो पटक द्वन्द्वात्मक भौतिकबाद प्रत्यक्षरुपमा लागु गरियो ।
अनि एंगेल्सले मार्क्सबादको निषेधका रुपमा एकजना प्रसिद्ध दार्शनिक यूगेन ड्यूहरिंग द्वारा प्रस्तुत गरिएको ‘ग्राण्ड थ्योरी (महासिद्धान्त)को खण्डन गर्ने गम्भीर कार्य आफ्नो हातमा लिए । ‘एण्टी–ड्यूहरिंग’ नामको एंगेल्सको त्यस रचनाले मार्क्सबाद, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकबादलाई सही किसिलमे ब्यक्त गर्नमा जोडदार र गहनतम प्रभाव रहयो । यस कारण के कुरा एकदमै स्पष्ट छ भने मानब ब्यबहार तथा गतिबिधिका हरेक क्षेत्रमा एंगेल्सले आधारभूत योगदान दिए – स्वतन्त्ररुपमा पनि र मार्क्स सँग मिलेर संयुक्तरुपमा पनि ।
प्रकृति बिज्ञानहरु, मानब बिज्ञान, इतिहास, राजनीतिक, अर्थशास्त्र तथा दर्शनका सन्दर्भ मा मानब तथा प्रकृति को द्वन्द्वात्मकता लाई सबिस्तार र सार्थकरुपमा प्रस्तुत गरेर एंगेल्स ले क्रान्तिकारी आन्दोलनको बिकासमा र त्यसका सैद्धान्तिक स्थापानाहरु मा अद्भूत योगदान गरेको प्रष्टै देखिन्छ । के रेखाङ्कित गर्नै पर्दछ भने एंगेल्सका हरेक काम चाहे ती कुनै उनले स्वतन्त्ररुपमा गरेका हुन् या संयुक्तरुपमा ती सबै आपसी बिचार बिमर्शद्वारा नै समृद्ध भएका हुन् ।
यस प्रकार नयाँ धरातल खडा गर्ने सैद्धान्तिक प्रस्थापनाहरु लाई बिकिसत गर्ने अन्तर्राष्ट्रिय मजदूर बर्गको आन्दोलनमा यी बिश्वका यी दुबै दिग्गज हस्तीहरु केवल सिद्धान्तकार मात्रै थिएनन् उनीहरु आफ्नो समयका मजदूर आन्दोलनका सक्रिय सहभागी नेतृत्वकर्ता र दिशा निर्देशनदाता पनि थिए। मर्क्सबाद लाई स्थापना गर्ने यी बिश्वका दुई आमूल परिबर्तन कारी क्रान्तिकारीहरु ले जीवनभर त्यस्ता क्रान्तिकारी संगठन को निर्मााण का लागि आफुलाई समर्पित गरे जुन मजदूर बर्गको बिजयतर्फ लैजान सक्षम थियो ।
उनीहरु ले दुबै ले १८६४ मा ‘इण्टरनेशनल वर्किंग म्यान्स एशोसिएशन’ को स्थापना गर्न पनि महत्वपूर्ण भूमिका खेले । जसलाई ‘फस्र् इण्टरनेशलन’ पनि भन्ने गरिन्छ । बिभिन्न बाम पन्थी समूहहरुलाई एउटा साझा संगठनमा एकसाथ ल्याउने त्यो पहिलो ऐतिहासिक प्रयास पनि थियो अनि अन्तर्राराष्ट्रिय मजदुर बर्गको आन्दोनललाई सही दिशा दिने महत्वपूर्ण कदम पनि ।
मार्क्सको निधन (१८८३) पछि मूख्यतः अन्तर्राष्ट्रिय मजदुर बर्ग तथा बिश्व एंगेल्सको माध्यमबाट नै मार्क्सबादी दृष्टिका समृद्ध रचनाहरु तथा सैद्धान्तिक स्थापनाहरु बाट दिग्दर्शित भए । मार्क्ले आफ्ना बिभिन्न नोट्सहरु को बिराट खजाना छोडेर गएका थिए ती सबैलाई एंगेल्सले नै ब्यबस्थित तथा सम्पादित गरेका थिए । उनले नै ती नोट्सहरुलाई सम्पादन गरेर उनले पूँजी (दास क्यापिटल) को खण्ड २ र ३ तयार गरेका हुन् । एंगेल्सले, ‘कम्युनिष्ट घोषणापत्र’ र उनका रचनाहरुका अन्य नयाँ संस्करणहरुको, समकालीन घटना बिकासको आधारमा प्रस्ताबनाहरु लेख्दै रहे र अन्तर्राष्ट्रिय मजदुर बर्गको संघर्षलाई समृद्ध तुल्याउदै र आन्दोलन आगाडि बढाउदै रहे । जस्तो कि लेनिन ले भनेका छन् – ‘मजदुर बर्गले आफ्नै बारेमा जान्न, आफ्नै बारेमा सचेत हुन सिकाए र ती सपनाहरु का लागि बैज्ञानिक बिकल्प बने…।’ समग्रमा एंगेल्सका योगदानहरु बिश्व कम्युनिष्ट आन्दोलनमा अमर छन् ।