पश्चिम नवलपरासीमा दुई लाख ७१ हजार मुल्य बराबरको अवैध कपडा बरामद

0
Quantam abroad studies

उर्मिला यादव , नवलपरासी , मंसिर २४

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी ले दुई लाख ७१ हजार २ सय मुल्य बराबरको अवैध कपडा बरामद गरेको छ । बुधबार भारत बाट भन्सार छली अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको ३३ रोलमा ६ सय ७८ मिटर लेडिज सुरुवालको थान कपडा सिमा प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउंपालिका वडा नं.१ झरहीखोला बाट बरामद गरेको जनाएको छ ।

sahani furniture udyog

उक्त कपडा मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोली लाई देखि कपडा फाली मोटरसाईकल सहित मानिस भागेका थिए।बरामद भएका कपडा आवश्यक कारवाहीको लागि आजै महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.