आजको नेपाली समाजको मूल अन्तरबिरोध के हो भन्ने प्रश्न अत्यन्तै महत्वपूर्ण प्रश्न हो । यसको प्रष्ट पहिचान र त्यसको निराकरण गर्ने सही नीति बिना नेपाली क्रान्तिको बर्तमान बस्तुगत चरणको निधारण गर्न पनि सकिदैन । अनि त्यो चरण पार गर्ने सही बाटो नपक्रिकन नेपाली समाजको आमूल अग्रगामी रुपान्तरण को आन्दोलन सही दिशामा अघि बढ्न सक्तैन । त्यसैले नेपाली समाजको बर्तमान चरणमा उत्पादनका साधन, उत्पादन सम्वन्ध र उत्पादन पद्धति के कस्तो रहेको छ त्यसलाई केलाउनु पर्ने हुन्छ ।a
यस सन्दर्भमा नेपाली समाजलाई सर्सरी हेर्दा नेपाली समाज पनि क्रमिक बिकास कै अनिवार्य क्रम बाट गुज्रिदै आएको पाइन्छ । बितेको झण्डै २००० बर्षदे खियता हाम्रो देश सामन्तबादी समाजमा बिकसित हुन थालेको र सामन्ती उत्पादन पद्धतिको आरम्भ र त्यो बिस्तार हुदै गएको देखिन्छ । पछिल्लो केन्द्रिकृत एकात्मक सामन्ती शासन ब्यवस्थाको शुरुवात पछि यो पद्धति अझ सबल बन्दै गयो । त्यसै क्रममा नेपाल एकतन्त्री राणाशासन कालखण्डमा आइपुग्दा त्यो मध्ययुगीन सामन्ती ब्यबस्थामा सामन्ती उत्पादन पद्धति उत्कर्षतिर पुगेको र प्रभूत्वशाली बनेको देखिन्छ । यसरी एउटा लामो सामन्ती उत्पादन पद्धको काल बाट नेपाली समाज बिस्तारै अर्ध सामन्ती अबस्थाको बाटोतिर लागेको पाइन्छ । खाशगरी पछिल्लो केन्द्रिकृत सामन्ती शासन सत्ता स्थापाना भए पछि देशमा बिभिन्न उद्यम ब्यवसायहरुको आरम्भ हुन थालेको थियो । त्यसले गर्दा ब्यापारिक बिनिमय पनि क्रमशः बढ्दै गएको थियो । तर त्यस बेलको अन्तर्राष्ट्रिय परिस्थिति खाशगरी बृटिश साम्राज्यवादीहरुको आक्रमण र हस्तक्षेपकारी गतिबिधिले गर्दा पूजीवादी उत्पादनका ती उद्यम ब्यवसायहरु फैलिन र फस्टाउन पाएनन् । तर दोश्रो बिश्व युद्धको सेरोफेरोमा हाम्रो देश आइपुग्दा बृटिश साम्राज्यवाद बिश्वका बिभिन्न भाग मा युद्धमा अल्झिएको र उसले नेपालमा निर्यात गर्ने बस्तुहरु निर्यात गर्न नसक्ने स्थितिमा पुग्नाले गर्दा यस्तो बिशिष्ठ परिस्थितिमा १९३५÷१९३६ तिर आधुनिक उद्योगधन्धा खोल्ने कम्पनी कानुन बनेको देखिन्छ । यस प्रकार आधुनिक उद्योग धन्धाको आरम्भ सामन्तबाद भित्रै शुरु भएको र नेपाल अर्ध सामन्ती उत्पादन पद्धतितर्पm उन्मुख भएको हो । यसरी दुइ प्रकारका उत्पादन पद्धति संगसगै चल्ने स्थिति सिर्जना भए पछि नेपाली समाज सामन्ती तथा अर्ध सामन्ती चरणतर्फ उन्मुख भएको हो ।
यस्तो दुइ वा दुइभन्दा बढी उत्पादन पद्धति सँगसँगै चल्ने बिशिष्ठ स्थितिका बारेमा सर्बहारा बर्गका गुरु, बैज्ञानिक समाजवादका प्रतिपादक तथा ब्याख्याता कार्ल माक्र्सले भन्नु भएको छ – ‘उत्पादनका बिभिन्न रुपहरुमध्ये एउटा बिशिष्ठ हुन्छ, र त्यसले नै उत्पादनका अन्य रुपहरुलाई अधिनस्थ गर्दछ । त्यसका सम्वन्धहरुले उत्पादनका अरु स्तर र प्रभावलाई निर्धारित गर्दछन्’ । यस कथनले स्पष्ट पार्दछ कि खाश समाज बिकासको कुनै खाश चरणमा बिकास प्रकृयामा एकभन्दा बढी उत्पादन पद्धतिहरु उत्पन्न र बिकसित हुन सक्तछन् । त्यसमा पनि असमान किसिमले बिकास गरिरहेका ठूला देशहरुमा त एकैसाथ दुइभन्दा बढी उत्पादन पद्धतिहरु पनि देखा पर्न सक्तछन् । यस सन्दर्भमा महान अक्टोबर समाजवादी क्रान्ति पूर्वको रुसको बिश्लेषण गर्नुहुदै बिश्वमा माक्र्सवादका पहिलो सफल र सच्चा प्रयोक्ता तथा बैज्ञानिक समाजवादी क्रान्तिका प्रणेता लेनिनले रुसमा अघि बढेका र पछि परेका समेत गरी पाँच प्रकारका उत्पादन पद्धतिहरु रहेको उल्लेख गर्नु भएको छ । तर उहाँले पनि समाजको चरित्र निर्माण गर्ने मूख्य सवालमा जुन उत्पादन पद्धति प्रभूत्वशाली छ त्यसैले खाश समाज बिशेषको चरित्र निर्धारण गर्दछ भन्नु भएको छ । यी नै कुरालाई आधार मानेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने क्रममा नेपाली समाजको चरित्र चित्रण गर्दै पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले यो देश सामन्ती, अर्ध सामन्ती अबस्थामा रहेको औंल्याउनु भयो । त्यो बिश्लेषण आज पनि उत्तिकै सान्दर्भिक र सही छ । किनभने त्यस बेला देखि अहिलेसम्म पनि नेपालमा सामन्ती उत्पादन पद्धति नै प्रभुत्वशाली अबस्थामा रहेको छ र पूँजीवादी उत्पादन पद्धति यो सामन्ती उत्पादन पद्धति र साम्राज्यवादी शोषणले गर्दा कुण्ठित हुन गई देशमा राष्ट्रिय पूँजीको नर्मिाण र राष्ट्रिय औद्योगीकरण हुन सकिरहेको छैन । स्वाधीन राष्ट्रिय अर्थतन्त्र को निर्माण हुन सकिरहेको छैन । यसको सोझो अर्थ हो – देशमा सामन्ती दलाल नोकराशी पूँजीवाद हावी हुदै गएको छ । जसको फलस्वरुप नेपालमा राणा शासनको अन्त्य, पंञ्चायती शासनको अन्त्य र राजतन्त्रको अन्त्य भइसक्दा पनि हाम्रो देश कृषि प्रधान, पछौटे, गरीबी र बेरोजगारीले आक्रान्त अबस्थाबाट गुज्रिरहेको छ । यस स्थितिमा नेपाल संयुक्त, राष्ट्र संघको सदस्य, बिश्व ब्यापार संगठनको सदस्य बनेको र बिभिन्न अन्तर्राष्ट्रिय कानुनमा आबद्ध भएकै कारणले मात्र यो पूँजीवादमा गइसक्यो भन्ने बिश्लेषण गलत हुन्छ । यो अहिले पनि अर्ध सामन्ती, अर्ध उपनिवेशिक र नब औपनिवेशिक अबस्थाबाटै गुज्रिरहेको छ र यस स्थितिको अन्त्य नगरी नेपाली समाजले अग्रगामी फड्को मार्न र बिकसित हुन सक्तैन । अनि यो अबस्था पार नगरी बैज्ञानिक समाजवादको पृष्ठभूमि पनि तयार हुन सक्तैन । यद्यपि यो राणा शासनको अन्त्यदेखि यताको ६५ बर्षमा नेपाल जहाँको त्यही रहेको छ भन्ने कुरा बिल्ुकलै होइन । नेपाली समाज मात्रात्मक परिबर्तका महत्वपूर्ण चरण उपचरणबाट गुज्रिदै अहिलेको अबस्थमासम्म आइपुगेको हो ।
अहिले पनि हाम्रो राष्ट्रको श्रमभारको ठूलो हिस्सा करीब ६६ प्रतिशत कृषिमै लागेको छ । यद्यपि हिजोको सामन्त बर्ग वा जमिनदार बर्गको स्थिति र भूमिकामा निक्कै ठूलो परिवर्तन आएको छ । वास्तवमा हामीले दोश्रो बिश्व युद्धको सेरोफेरो अर्थात सन् १९३५ देखि अहिले २०१५ सम्मको कालखण्डलाई हे¥यौ र केलायौ भने निक्कै ठूल्ठूला मात्रात्मक परिवर्तनहरु भएको देख्दछौं । तर पनि नेपाली समाज अर्ध सामन्ती अबस्थाबाट पार हुन सकिरहेको छैन । यस सन्दर्भमा