विकृत परम्परा गाउँपालिकाले छाउगोठ भत्काएपछि छाउ भएका महिला ओडारमा !दुईथरी समुदाय, एउटाले छाउप्रथा मान्छ, अर्कोले मान्दैन

0
Quantam abroad studies

दोरेन्द्र खड्का, मंसिर २६, बझाङ ।

गाउँपालिकाले छाउगोठ भत्काए पछि महिलाहरुलाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिकाले पटक–पटक बनाएका छाउगोठहरु भत्काए पछि महिलाहरु छाउ भएका बेला ओडार र खुला चौरमा बस्दै आएका छन् । घरपरिवारले छाउ भएका बेला घरमा बस्न नदिएपछि महिलाहरु खुला तथा ओडारमा पाल हालेर बस्ने गरेका छन् ।

धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा छाउ भएका बेला परिवारले घर भित्र बस्न नदिने, दहि, दुध खान नदिने भएपछि महिलाहरु नजिकैका ओडार र चौरमा बस्न बाध्य भएका छन् । स्थानीय उजली बोहोराले भनिन्, ‘छाउगोठमा बसे गाउँपालिका ले भत्काउँछ, घरपरिवारले देवता रिसाउछन् भनेर घरभित्र बस्न दिदैनन्, म छाउ भएको बेला कहिले ओडार त कहिलै खाली आकासमा रात बिताउने गर्छु ।’

यो साइपाल गाउँपालिका को मात्रै पीडा हैन बझाङ्ग का अधिकांश ग्रामीण भेगमा महिलाहरु ले यस्तो समस्या भोग्दै आएका छन् । गाउँपालिका मा छाउपडी प्रथा उन्मुलन गर्न गाउँपालिका ले विभिन्न खाले जनचेतनामुलक कार्यक्रम तथा छाउगोठ भत्काउने अभियान सुरु गरे पनि महिलाहरु लाई झनै समस्या थापिदै गएको स्थानीय महिलाहरु बताउँछन् । समृद्ध गाउँपालिका बनाउन छाउगोठ भत्काएरमात्रै समस्या समाधान नहुने स्थानीय महिलाहरु बताउँछन् ।

‘जबसम्म स्थानीय नागरिकहरु मा चेतना आउँदैन, तबसम्म ग्रामीण क्षेत्रमा विकास तथा छाउपडी प्रथा उन्मुलन हुँदैन,’ साइपाल गाउँपालिकाका स्थानीय तिलक विकले भने, ‘छाउ -गोठ भत्काउनु मात्रै समस्याको समाधान होइन, सरकारले छाउपडीका बारेमा स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रमहरु ल्याउन पनि जरुरी छ ।’ उनले स्थानीय तहहरु छाउगोठ मात्रै भत्काएर छाउपडी प्रथा अन्त्य गरेको दावी गरिरहे पनि अवस्था जस्ताको तस्तै रहेको बताए ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले छाउपडी प्रथा मा केही सुधार ल्याउन छाउगोठ भत्काएको बताए । उनले भने, ‘छाउगोठ भत्काउँदा समेत छाउ भएका महिलाहरु बाहिर बस्न छोड्दैनन् । हामीले घरभित्र बस्छन् भनेर छाउगोठ भत्काएका हौं, छाउगोठ भत्काए पछि कुनै कुनै ठाउँमा सुधार भए पनि धेरै ठाउँमा चुनौति देखिएको छ । छाउगोठ भत्काउँदा पनि अवस्था जस्ताको तस्तै छ, हामी अब पुनःयोजना बनाएर अघि बढ्छौं।’

दुईथरी समुदाय, एउटाले छाउ प्रथा मान्छ, अर्कोले मान्दैन साइपाल गाउँपालिकाका मा बसोवास गर्ने दुईथरी समुदाय छ । एउटा समुदायले छाउप्रथा मान्छ भने अर्को समुदायले मान्दैन । साइपाल गाउँपालिका को धुली मा रहेका लामा, तामाङ्ग समुदायहरु छाउ भएको बेला घरभित्र बस्ने र अन्य जातीहरु छाउ भएको बेला छाउगोठ, ओडार, खुला आकासमुनी बस्ने गर्छन् । छाउ नबार्दा एउटा समुदायमा देवता रिसाउँछन् भन्ने अन्धविश्वास छ भने अर्को समुदायमा छाउ बार्ने चलन नै छैन ।

साइपाल गाउँपालिका धुलिकी पुजा तामाङले भनिन्, ‘अन्य समुदायमा छाउपडी प्रथा मान्ने देवता रिसाउने भनेर भन्छन् । देवताको बाटो छाउछुत गर्नु हुन्न भन्छन् । हामी पनि साइपालमै बस्छौं, छाउ भएको बेला घरभित्रै बस्छौं, दहि, दुध, महि, घिउ खान्छौ त्यस्तो केही हुँदैन । यो पुरानो परम्परालाई मानेर छोडे पछि केही नराम्रो हुन्छ कि भन्ने डरले छोड्न नसक्या प्रथा हो । देवताले विभेद गर्छ होला र ? हामी पनी साइपालमै बस्छौ । अहिलेसम्म केहि भएको छैन ।’

अर्की स्थानीय डोल्मा तामाङले देवताले छाउ भएका बेला घर भित्र बस्न नदिने भन्ने भ्रममात्रै हो । ‘छाउ भएका बेला घरभित्र बस्नु हुँदैन भन्ने भ्रम हो, हामीलाई देवताले केही गर्दैनन् त?,’ डोल्मा ले भनिन्, ‘हामी छाउ भएको बेला खाना आफै पकाउछौं, सँगै बस्छौ, सँगै खान्छौ, पुजा मात्रै गर्दैनौ । त्यो समयमा हामीलाई केहि हुँदैन ।’ साइपालको लाफडीमा तामाङ्ग समुदायका ३५ घर छन् । ती पनि घरका महिलाले छाउप्रथा मान्दैनन् ।

खुला आकासमा बस्दा डरलाफडी मै बस्ने किडि रोकायाले भनिन्, ‘पहिलेदेखि चलिआएको रिती भयो । भित्त बस्या देवता रिसाउदा भनी बस्दाइन । पहिला छाउगोठ बस्दाछ्याऔ गाउँपालिका ले पुलिसले याका पढ्या लेख्याकाले छाउगोठ ओधार्यो न घरभित्र बस्न दिदाछन् । नत छाउगोठ, खलामी पाल हाली बस्दाछौ। कोहिकोहि ओडार पन बस्नी छन्। म यहि पाल मुनी बस्छु। छोराछोरी सँगै हुँदा चिसो लाग्न्या डर हुँदोछ । पानी आयापछि रातभरी नसुति त्यसै बस्दाछौं । चिसाको दिन आयो अब त झन चिसोको डरै, रेडियोमी दिनका दिन नराम्रा घटना सुन्निदा छन् । तिनको पन डरै लाग्दोछ । चार÷पाँच दिनसम्म त डरैडरले बस्नुपर्छ ।’

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.