सुशासन र समानताको मेसिन कम्युनिस्ट हो, के हामी कम्युनिस्ट हौ ?

0
Quantam abroad studies

सबभन्दा पहिला बुझ्नुपर्ने कुरा के छ भने कम्युनिस्ट कसलाई भन्ने ? के हाम्रो देशमा कम्युनिस्ट सदस्य सबै कम्युनिस्ट नै हुन ?

कम्युनिस्ट एक सङ्घर्षको नाम हो। जसले एउटा अवस्थाको सृजना गर्छ। साम्यवाद, कम्युनिज्मलाई लागू गराउने मानिसहरू र पार्टीहरू कम्युनिस्ट नै हुन। जहाँ सकारात्मक परिवर्तनका लागि ठोस योजना र कार्यान्वयनका लागि असल नेतृत्व गर्ने गर्छन् । देशमा रहेका वा भएका शासनको अन्त्य गरी समाजलाई पूर्णतया विभेदरहित रूपमा समान र समृद्ध बनाउछ।

असल कम्युनिस्ट क्रान्तिकारीले नेतृत्व गरेपछि देश दिगो परिवर्तनमा आउने छन। देशलाई बदल्न का लागि सबैभन्दा पहिला त देशका स-सानो अंग समाजलाई बदल्नु पर्दछ । देश परिवर्तन हुन पहिला समाज परिवर्तन हुनुपर्छ । अनि मात्र नेपाल सकारात्मक र दिगो रूपमा रूपान्तरण हुनेछ ।
यससम्बन्धी सरकारले दिगो परिवर्तनका लागि मार्क्सवादी योजना, उदेश्य र कार्यक्रम ल्याउनुपर्ने हुन्छ । यदि बदल्न र गर्न चाहनुहुन्छ भने तपार्इंले पहिला यसलाई बुझनुपर्नै हुन्छ।

सर्वप्रथम त हामीले कम्युनिस्ट कसलाई भन्ने बारेमा बुझ्न र जान्न जरुरी हुन्छ । माक्र्सवादीहरु भित्र कम्युनिष्टहरु पर्दछन् । जसलाई सर्वहारावर्गका, श्रमजीवीवर्गका अगुवा भन्ने बुझिन्छ । माक्र्सवाद–लेनिनवाद र माओवाद मा आज विश्वसर्वहारावर्गको, कम्युनिष्टहरुको सिद्धान्त माक्र्सवाद – लेनिनवाद – माओवाद बन्न पुगेको छ। कम्युनिष्टहरुको नेतृत्वदायी संगठन कम्युनिष्ट पार्टी हो । देश, जनता, क्रान्ति बाहेक कम्युनिष्टहरुको अर्को लक्ष्य–उद्देश्य हुँदैन । इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता भित्र पर्ने तथ्यलाई समेटेको छ । त्यसकारण मेरो लेख/आर्टिकलका अनुसार दिगो विकास परिवर्तनको मेसिन कम्युनिस्ट हो ।

जसले कष्ट र कठिनाइसँग जुटेर आफ्नो देश र जनताका लागि क्रान्ति गर्दै विचारको स्तर र क्षमता उठाउने गर्दछन । साम्यवाद एकताबद्ध समाज निर्माणका लागि निरन्तर क्रान्तिको धारणा प्रस्तुत गरेको हुन्छ । माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पथप्रर्दशक सिद्धान्त स्वीकार गर्नेहरू मात्र सच्चा क्रान्तिकारी कम्युनिस्ट हुन सकिन्छ ।

नाम:- तनविर रेजा राइन
अनेरास्ववियू नेकपा सदस्य
सामाजिक कर्मी एवं अधिकार कर्मी
योग्यता:- अध्ययनरत +2
विद्यालय:- त्रिभुवन आदर्श मा. वि. – जनकपुरधाम

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.