किन चाहियो मदरसा शिक्षा ?

0
Quantam abroad studies

शाहिदा बानों/बांके

हालको सामाजिक परिवेश

हेर्ने हो भने समाजमा बच्चाहरुलाई आत्मनिर्भर र आधुनिक बनाउने होडबाजी बढेछ । बच्चाहरु जति धेरै मोर्डन हुन्छन् त्यति नै अभिभावकहरु मख्ख हुन्छन् । आफ्ना साथीभाईको सरोफेरोमा आफ्ना बच्चाहरुको आधुनिकताको बखान गर्छन् कि मेरो बच्चा त यति धेरै आधुनिक छ यतिको मोर्डन भएछ । यसका साथै बडो गर्वले बताउछन् कि मेरो बच्चा त फलाना बोर्डिंग स्कुलमा पढिरहेछ। आफ्नो बच्चालाई फलाना मोडेल को मोबाइल लेपटॉप र टैप आदि दिलाएकोछु भनी साथीभाई र छरछिमेकका बीचमा प्रचारबाजी गर्छन् । आजभोलि बच्चाहरुलाई आत्मनिर्भर बनाउन आमाबुवाले बच्चालाई पाल्ने हुर्काउने जिम्मेवारी घरको मेड (नोकर) लाई दिएका हुन्छन् र शिक्षादिक्षा दिने काम टि.भी. माथि छाडेका हुन्छन् । अब नोकरले पाल्ने भएपछि बच्चाहरुले आमाबुवा र तिनका व्यवहार, संस्कार र संस्कृतिबाट टाढा हुदैंजान्छन् । जब आमाबुवा को व्यवहार संस्कार र संस्कृति बाट टाढा भएपछि कस्ता व्यवहार र संस्कार अंगालेका होलान् भन्ने कुरा विचारणीय छ ।
टि.भी. बाट सिक्ने भएपछि के नि सिक्छन् जब हेर्ने नै कार्टून (मोटुपतलु , डोरेमुन स्पाईडरमेन र टोम एन जेरी) हुन् र पब्जी जस्ता आनलाईन गेम  खेल्दै हुर्किन्छन् यहांसम्म कि उनका साथी पनि यिनै भइसक्छन् । अब उनीहरु समाज बाट टाढा भइ टि.भी. र पब्जी जस्ता गेमसंग नजिक भइसकेका हुन्छन् जहां उनले मारपिट गर्न अरुलाई दुख दिन र झुठ बोल्न सिक्छन् ।

जब सानै देखि बच्चाहरु आमाबुवा बाट टाढा , समाजबाट टाढा भएर बस्छन् भने आमाबुवाको जीवनको उतारचढाव गाह्रासारा थाहा हुदैंन् । समाजको हिस्सा नै नभइ जीवन बिताएपछि कसरी समाजमा बस्ने व्यक्तिहरु दुखपीडा बुझेका हुदैंन्न् । उनीहरुलाई टि.भी.मा देखाइएका कार्टूनका पात्रहरुको कथा यथार्थ र महत्त्वपूर्ण लाग्न थाल्छ र समाज, संस्कार, संस्कृति र परिवारका घटना सामान्य । समाजको कुरा त परै जाओस् घर परिवारमा हजुरबुवा हजुर आमा , मामा माईजु , काकीकाका, दिदी बहिनी आमाबुवा र साथीभाई मध्ये कसैको मृत्यु भयो भने त्यसलाई प्रकृतिको नियम भन्छन् र आंखाबाट एक थोपा आंसु झर्दैन् किन भने तिनका ती कार्टुनमा भएका साथीहरुले रुन हुदैन् भनी सिकाइसकेका हुन्छन् । यसरी दुखद घटनाहरु दोहोरिरहदां पनि उनीहरुलाई कुनै फरक पर्दैन् उनीहरु आफ्नो जीवनमा मस्त हुन्छन् ।

अनि जब बुढेसकालमा बच्चाहरुले बुढा असहाय आमाबुवालाई बुढो हुनु प्रकृतिको नियम हो भनी हेरचाह गर्दैन्न् त्यतिन्जेल ती आमाबुवा पछुतो मान्छन् । कि बच्चाहरुले हेरचाह गरिरहेकाछैन्न् तर बच्चाहरुले जे भोगे त्यति भोग्न बाध्य बनाए किन भने जब उनी हरु साना थिए । जब उनीहरुलाई अभिभावकको हेरचाह माया ममताको खांचो थियो तब जवान आमाबुवालाई फुर्सद थिएन्।तब तिनीहरुलाई रुदां चुप गराउनअभिभावक ले टि.भी. र मोबाइलमा कार्टून हेराए  मेडका भरमा छिडेर अबेर रातिसम्म साथीभाईको पार्टी र बढी भन्दा बढी आम्दानी गरी छिमेकी भन्दा ठुलो र धनीमानी बन्ने प्रतिस्पर्धामा मग्न रहे । बच्चाहरुलाई के चाहियो , बच्चा बिरामी छ , एक्लै सुत्दा डराउंछ, उसलाई कुरा गर्न साथीको आवश्यकता छ कि भन्ने होश रहेन् । त्यसपछि त्यसरी नोकर टि.भी. मोबाईल र कार्टुनका भरमा हुर्केका बच्चाहरु त लापरवाह र निर्दयी हुने नै भए ।

एक पटक टीपु सुल्तान सानै छदां कसैले टीपु सुल्तानकी आमालाई आएर भनेछ कि टीपु सुल्तानले यति सानो उमेरमा बाघलाई टुक्रा पारिदिएछन् । उनकी आमाले बिना आश्चर्य भनिन् ” यसमा के ठूलो कुरा भयो र मैले संधै नै मेरो छोरालाई बावजू भएर (वजू गरी) बिस्मिल्लाह पढेर स्तनपान गराएकी छु,  त्यसकारण उनी यति साहसी भए ।शरीयते इस्लामका अनुसार त्यति बेला महिलाहरुले आफ्ना सन्तानलाई बिस्मिल्लाह पढेर स्तनपान गराउन्थिन् ताकि ” उनका सन्तानहरु भविष्यमा साहसी,  न्यायका रक्षक , मानवताका पहरेदार , महान विद्वान बनेर आफ्नो र आफ्नो कुलको नाम विश्वभरी प्रख्यात गरुन् ।” र उनीहरुले नाम कमाउन्थे पनि । तर आजभोलि युगमा महिलाहरु बच्चालाई केवल रुदां चुप लागोस् वा छिटै बच्चा सुतोस् भन्ने आशयले स्तनपान गराउंछिन् । अनि कति नै आमाहरु त यस्ती छिन् जो आफ्नो शरीर अर्थात फिगर मेन्टेन गर्न बच्चाहरु आफ्नो दूध नखुवाएर नोकर मार्फत बट्टाको दूधका भरमा हुर्काउने गर्छिन् । जसको फलस्वरूप आज बच्चाहरु पनि बिना भावनाका बट्टा सरह बन्दैछन् । यस कारण हामी बेलैमा विचार पुर्याउन आवश्यक छ ।

हेरौं किन चाहियो मदरसा शिक्षा

हुन त शिक्षा हासिल गर्न रोक कुनै समुदायले लगाएको छैन् तथापि शिक्षालाई इस्लाम धर्ममा शिक्षाको धेरै महत्व छ । जसलाई हामी यसरी बुझ्न सक्छौं की इस्लाम धर्मको पवित्र आकाशीय पुस्तक अल्लाहले अवतरित गर्नुभएको पवित्र कुरानको पहिलो आयात नै इकरा अर्थात “पढ” आदेश फरमाउनु भएछ ।
इस्लामका पांच आधार स्तंभहरु छन् इमान, नमाज, रोजा, जकात र हज जसको पालना गरे मात्र मुसलमान भनिन्छ । इस्लाम धर्ममा केही कुराहरु फर्ज अर्थात अनिवार्य भनी गर्नै पर्ने हुन्छ जस्तै एक अल्लाह माथि इमान कायम रहने , दिनको पांच पटक नमाज पढ्नु पर्ने, रमजान करीमको एक महिना रोजा बस्नु पर्ने , हज गर्नुपर्ने , जकात दिनु पर्ने , बच्चाहरु नैतिकवान बनाउन तिनको राम्रो पालनपोषण गर्नु पर्ने , बच्चाहरु बालिग भएपछि राम्रो परिवारमा विवाह गर्नु पर्ने त्यस्तै आफ्ना बच्चाहरुलाई शिक्षा दिनु पर्ने भनी पनि फर्ज अर्थात अनिवार्य भनिएछ ।

तर आज हामी समुदायमा हेर्छौं भने अवस्था फरक छ हामी नमाज पढ्छन्, रोजा बस्छन् जकात दिन्छन् हज गर्छन् तर बच्चाहरुलाई लिएर उनीको पालनपोषण र शिक्षादिक्षा लाई लिएर खासै संवेदनशील छैन्न् । बच्चाहरुलाई आधुनिक बनाउन होडबाजी  तल्लीन छन् जहां छिमेकीलाई यो दर्शाउन आतुर देखिन्छन् मेरो छोरा फलानो बोर्डिंग स्कुलमा पढ्दैछ । त्यही छोरीहरुलाई सानै उमेरमा विवाह गरी पठाइ दिनुमा पुण्य ठान्छौं । यदि हामी छोरी पठाए भने पनि मदरसामा एक दुई कक्षा सम्म मात्र पठाउछौं । किनभने हाम्रो मानसिकता यति मै सीमित छ कि छोरालाई उच्च शिक्षा दिलाउनुपर्छ त्यसै क्रममा उसलाई मदरसा शिक्षाबाट बंचित गराइरहेका हुन्छौं । छोरीलाई पनि धेरै पढाएर खर्च गर्नुको सट्टा उसको विवाहका दाईजो जुटाउन तिर बढी केन्द्रित हुन्छौं । जबकि अल्लाहले कुरान अवतरित गर्दा पढ भन्नु भएको छ । यहां शिक्षाको कुरा गर्दा मदरसा शिक्षाको कुरा गर्नु आवश्यक छ । आज समुदायले मदरसा शिक्षालाई त्यति महत्व नदिएको अवस्था छ । किनभने मदरसा शिक्षाको बारेमा समुदायमा बुझाइ नै फरक भइदियो । उनीहरुले मदरसा शिक्षा भनेको कुरान पढ्न सक्नु भनेर बुझेकाछन् । जबकी मदरसा शिक्षाले पुर्णतः न्यायिक, व्यवहारिकता मानवता र नैतिकतामा आधारित छ । जसले मानवलाई मानवताको पाठ सिकाउंछ । ठुलाको आदर, सानासंग माया गर्ने पाठका साथै छिमेकीको अधिकार , साथीभाईसंगको व्यवहार, आफन्तसंगको नाता , पत्नीको हक र दायित्व, पतिको हक र दायित्व, छोराछोरीका कर्तव्य, राष्ट्र प्रतिको वफादारी, आमाबाबुका उत्तरदायित्व, गर्भ देखि लिएर मृत्यु सम्म र मृत्यु पश्चातका सम्पूर्ण ज्ञान दिन्छ। जसलाई सिकेर एउटा व्यक्ति एक सभ्य समाज निर्माण गर्न मद्दत गर्छ र आफु त्यस सभ्य समाजको हिस्सा बन्छ ।

साधारणतया मदरसा शिक्षा सामान्य शिक्षा हो भनी बुझाइ छ यद्यपि मदरसा शिक्षामा पनि पीएचडी सम्मको पढाइ र डिग्री हुन्छ ।
हुन् त अहिले सम्म नेपाल सरकारको पाठ्यक्रम र शिक्षा नीति अनुसार मदरसा शिक्षाले उच्च स्तरीय शिक्षाको मान्यता प्राप्त गर्न सकेको छैन् । तर विश्वको अन्य देश जस्तै टर्की ,बहराइन, इरान , इराक, पाकिस्तान, इजिप्ट र भारतमा समेत मदरसा शिक्षालाई राष्ट्रीय शिक्षा नीति अनुसार मान्यता दिइएको छ । जसरी बोर्डिंग र नेपाल सरकारको पाठ्यक्रम र शिक्षा नीति अनुसार तह हुन्छ त्यसरी नै मदरसा शिक्षामा पनि तह र डिग्री रहेको हुन्छ । यहां उदाहरणका लागि दुई देश इजिप्ट र भारतका मदरसा शिक्षाका तहहरु क्रमवद्ध रुपमा साझा गरिएका छन् । यसै अनुरुपमा नेपालमा पनि उप्युक्त मदरसा शिक्षा तहगत रुपमा लागु गर्न सकिन्छ ।

जस्तैः (الأزہر یونیورسٹی )अल अज्हर यूनिवर्सिटी(इजिप्ट)
(SLC) = اعدادي (इदादीया)
(I.A.) = ثانوي ( सानवीया)
(B.A.)   = بكالوريوس ( बकालोरियोस्)
(M.A.)  =ماجستير (माजिस्तिर)
(PHD) = دكتوراه ( दुकतुराह  )

यस्तैः (یوپی، لکھنؤ  بورڈ آف مدرسہ ایجوکیشن) लखनऊ  बोर्ड अफ मदरसा एजुकेशन यूपी (भारत)
(SLC) =مولوي(मोल्वी)
(I.A.) =عالم(आलिम)
(B.A.)   =كامل  (कामिल)
(M.A.)  =فاضل(फाजिल)
(PHD) =دکتوراہ(दुकतुराह)

यस्तैः( بہار اسٹیٹ مدرسہ ایجوکیشن بورڈ پٹنہ ) बिहार स्टेट मदरसा एजुकेशन बोर्ड पटना (भारत)
(SLC) = فوقانیہ ( फौकानिया)
(I.A.) =مولوی (मोल्वी)
(B.A.)   =عالم ( आलिम)
(M.A.)  =فاضل (फाजिल)
(PHD) = دکتوراہ(दुकतुराह)

यसरी माथि उल्लेखित शैक्षिक तह अनुसार विभाजन गरी मदरसा शिक्षा लागु गर्न सकिनेछ ।जबकि मुस्लिम समुदायका लागि अति नै महत्वपूर्ण रहेको मदरसा शिक्षालाई अहिले सम्म उच्च स्तरीय सरकार शिक्षा नीति सरह मान्यता दिलाउन नसकिएकोमा समुदाय साह्रै चिन्तित रहेको छ । अवस्था यो छ कि मदरसा शिक्षा नि.मा.वि. र प्रा.वि. सम्म मात्र सीमित छ जसले गर्दा मुस्लिम बालकहरु मात्र नभइ मुस्लिम बालिकाहरु समेत उच्च स्तरीय मदरसा शिक्षाबाट बंचित भइरहेकीछिन् । नेपाल भरी नै कुनै पनि सरकारी मान्यता प्राप्त मदरसा छैन् जहां बालिकाहरुले उच्च स्तरीय शिक्षा ग्रहण गर्न सकून् । त्यसकारण मुस्लिम बालक र बालिकाहरुका लागि छुट्टा छुट्टै उच्च स्तरीय मदरसा शिक्षा लिन मान्यता प्राप्त मदरसाको आवश्यकता छ । उच्च स्तरीय मदरसा शिक्षा नहुंदा सम्पूर्ण मुस्लिम समुदायका लागि चिन्ताको विषय बनेको छ र मुस्लिम समुदायमा यस बारे चिन्ता हुनु स्वाभाविक हो किन भने यदि मदरसा शिक्षालाई उच्च स्तरीय मान्यता दिइएन् भने त्यो समय आउन बेर छैन् जब मस्जिदमा खुत्बा दिने कोही भेट्दैन्, नमाज पढाउने इमाम हुदैन्न्, निकाह पढाउने काजी भेटिदैन्न् समाजलाई सही बाटो दर्शाउन र इस्लामको विशेषता बताउने मुकर्रीर (बयान गर्ने व्यक्ति ) भेटिदैन्न् । यो समय विचार पुर्याउने समय हो र मदरसा शिक्षालाई उच्च स्तरीय शिक्षामा समावेश गराई सरकारी मान्यता दिलाउन आवश्यक पहल गर्ने समय हो । यदि अहिले हामी यस विषयमा गम्भीर भएनौं भने यसको ठुलो क्षति समुदायले व्योहोर्न बाध्य हुनेछ । त्यसकारण उच्च स्तरीय मदरसा शिक्षा आज अति आवश्यक छ । यस कारण सम्बंधित निकाय व्यक्ति आदि मार्फत केन्द्र देखि समुदाय स्तरबाट पनि यसका लागि पहल गरिनु आवश्यक छ ।

वर्तमान परिस्थिति

आज समुदायभित्र मदरसा शिक्षा नहुदांको परिणाम हो कि बच्चाहरु आधुनिक शिक्षाका आनलाईन कक्षाका नाममा अश्लीलता तर्फ लोलुप्त भएर नैतिकताबाट टाढिदैछन् । किनभने एक सामाजिक संजालमा अश्लीलता प्रदर्शन हुन्छ भने अर्को बिडम्बना अहिलेको पाठ्यक्रमबाट नैतिक शिक्षा हटाइएको छ । जसको परिणामस्वरूप समाजमा हिंसा, बलात्कार र भ्रष्टाचार जस्ता अपराध बढ्दैछन् । मानिसहरु बीचबाट मानवता हराउदैं छ ।

चुनौती

एक त नेपालमा उच्च स्तरीय मदरसा शिक्षा व्यवस्था छैन् जसले गर्दा अधिकांशले इच्छा हुदांहुदैं उच्च स्तरीय मदरसा शिक्षा हासिल गर्नबाट वंचित छन् । भने कसै कसैले आंट गरी आफ्ना छोराछोरीलाई बाहिरी मुलुकमा उच्च स्तरीय मदरसा शिक्षा हासिल गर्न पठाए पनि उनीहरु पढेर आइसकेपछि उनको शिक्षालाई यहां सरकारले मान्यता दिएकोछैन् । जसको फलस्वरूप बाहिरबाट मदरसाको उच्च हासिल गरेर आएकाहरु बेरोजगारीका छन् भने कतै समुदायकै सहयोगमा संचालित मदरसाहरुमा समुदायले दिने निकै कम तलबमा गुजारा गर्न बाध्य छन् । मदरसा दर्ता प्रकृया रोकिएकोले धेरै जसो मदरसा दर्ता हुन सकेका छैन्न् । दर्ता भएका मदरसाहरुमा प्रयाप्त शैक्षिक संसाधनहरु छैन् , मदरसा शिक्षाको पाठ्यक्रम तयार गरिएको छैन् , शिक्षाको तह निर्धारण गरिएको छैन्, दक्ष शिक्षकहरुको कमी छ र मदरसामा प्रयाप्त शिक्षकहरुको दरबन्दी छैन् ।

सिकाइ

समाजलाई सही बाटोमा डोर्याउनका लागि अब बच्चाहरुलाई आधुनिक शिक्षाका साथै मदरसा शिक्षा समेत उच्च स्तर को दिनुपर्छ ताकि एक शिक्षित व्यक्ति जब डाक्टर बनोस् तब ऊ एउटा आलिम डाक्टर बनोस् । यसको फाईदा यो हुन्छ कि जब एक आलिम डाक्टर बन्छ तब उसले दुबै ज्ञान प्राप्त गरेको हुन्छ मदरसा शिक्षाले उसभित्र नराम्रो कार्य गर्दाको अजाब अनि राम्रो र भलाईको काम गर्दा सवाबका कुरा शरीयतबाट सिकेको हुन्छ । अनि परिणाम यो हुन्छ कि ऊ आफुलाई धनको मोहबाट टाढा राख्ने प्रयास गर्छ । यसकारण एक सभ्य र सृष्टाचारी समाजको निर्माण गर्न मदरसाको उच्च स्तरीय शिक्षा आवश्यक रहेको छ । यसका साथै मदरसा शिक्षाको पाठ्यक्रम तयार गर्नु आवश्यक छ र मदरसा शिक्षाका तहहरु निर्धारण गर्नुपर्ने छ ।

हाल सम्म गरिएका पहल

नेपाल सरकारले केही समय अघि  नि.मा.वि. सम्म मदरसाहरु दर्ता गरी जिल्ला शिक्षा कार्यालय मार्फत केही मात्रा शैक्षिक सामग्री र आर्थिक सहयोग पनि गर्दै आएको छ । अनि हाल शैक्षिक सत्र २०७७ बाट त्रिभुवन विश्वविद्यालयद्वारा उर्दू र अरबी विषयमा डिप्लोमा कोर्स शुरू गरिदैंछ ।

गरिनुपर्ने पहल

नेपालको हकमा सामुदायिक तवरले मुस्लिम समुदायका बालबालिकाहरूको शिक्षामा समान पहुच ,सहभागिता र गुणस्तरीय प्राप्त गर्न पाउने भनी संवैधानिक व्यवस्था अनुसार मौलिक हक अन्तर्गत संविधानले मौलिक हक अनुसार सबैका लागि अनिवार्य र नि:शुल्क आधारभूत शिक्षा पाउने अधिकारको कानूनी व्यवस्था छ । यस कारण हाल नेपालमा दर्ता नभएकालाई दर्ता गराउन र दर्ता भइ सकेर संचालनमा रहेका मदरसाहरुको तथ्यांक संकलन गरी मदरसा शिक्षाको अध्ययन अनुसन्धान, शिक्षाको मूलप्रवाहीकरण र व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरी राष्ट्रीय स्तरीय मदरसा बोर्ड गठन गरी समुदाय स्तरमा समुदायको माग र आवश्यकता अनुसार राज्यमार्फत समान समावेशी शिक्षामा सामाजिक न्याय लागि संविधान ऐन तथा नियमावलीमा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्न गराउन आवश्यक कार्य योजनाहरु बनाएर सम्बन्धित निकायलाई बुझाउनुपर्ने । जस अन्तर्गत मदरसा शिक्षाको लागि अनुमति, भौतिक तथा शैक्षिक संसाधन, आवश्यक आर्थिक सहयोग, शिक्षक दरबन्दी, नियमित अनुगमन तथा मुल्यांकन , पाठ्यक्रम तयार गर्नुका साथै तह निर्धारण गर्ने र शैक्षिक प्रमाणको मान्यता आदिका लागि पहल  गर्नुपर्नेछ ।

परिकल्पना

उच्च स्तरीय मदरसा शिक्षा नेपालमा कायम भयो भने यहांका विद्यार्थीहरुलाई बाहिर पढ्न जानुपर्दैन् । उनीहरु नेपालभित्रै सहजता साथ पढ्न पाउदां शिक्षामा लगानी गर्ने रकम आफ्नै देशभित्र रहन्छ बाहिर जानेछैन्न् । अरु देशबाट उच्च स्तरीय मदरसा शिक्षा हासिल गर्न विद्यार्थीहरु नेपाल आउदां नेपालको आयश्रोत बढ्नेछ । मदरसा शिक्षाले मान्यता पाएपछि उनीहरुले आफुले सेवा प्रदान गर्दा आएको आयश्रोतबाट राज्यलाई आयकर तिर्दा राज्यको आयश्रोतमा वृद्धि हुनेछ । देश र समुदायलाई विकासको मुलधारमा ल्याउन योगदान पुग्नेछ । घर घरमा आलिमे दीन हुदां निकाह, तलाक , धर्मकर्मका काम गर्न गराउन सहज हुनेछ ।
बच्चाहरु आमाबाबुप्रति उत्तरदायी बन्नेछन् , गर्भ देखि लिएर मृत्यु सम्म र मृत्यु पश्चातका सम्पूर्ण ज्ञान प्राप्त हुनेछ । जसलाई सिकेर एउटा व्यक्ति एक सभ्य समाज निर्माण गर्न मद्दत गरी आफु पनि त्यस सभ्य समाजको हिस्सा बन्नेछ । मदरसा शिक्षा न्याय , व्यवहारिकता , मानवता र नैतिकतामा आधारित छ । जसले मानिसहरुलाई मानवताको पाठ सिकाउनेछ । मदरसा शिक्षा हासिल गरी ठुलाको आदर गर्न सिक्ने, सानासंग माया गर्ने पाठका साथै छिमेकीको अधिकार , साथीभाईसंगको व्यवहार, आफन्तसंगको नाता , पत्नीको हक र दायित्व, पतिको हक र दायित्व, छोराछोरीका कर्तव्य आदि बारे जानकार कर्तव्यनिष्ठ र राष्ट्रप्रति वफादार नागरिक बन्ने छन् ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.