अमेरिकी युद्धपोत भारतीय जलक्षेत्रमा चल्दाको अबस्था

0
Quantam abroad studies

—लोकनारायण सुबेदी
भारतीय सामुद्रिक क्षेत्रमा अमेरिकी नौसैनिक अभ्यास हुनु आज ठूलो चिन्ताको बिषय बनेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरिरहेका छन् । उनीहरु त्यो मामिलालाई सोझै र प्रत्यक्ष भारतको सम्प्रभूता र सजगतासँग पनि जोडिएको औंल्याइरहेका छन् ।

यस सम्वन्धमा स्वयं अमेरिकी नौसैनिक बेडाले पनि के मानेको छ भने अमेरिकाले भारतको ‘एक्सक्लुसिभ इकोनोमिक जोन’ अर्थात् ‘बिशेष आर्थिक क्षेत्र’मा त्यो नौसैनिक अभ्यास गरेको कुरा स्वीकारेको छ ।अमेरिकी जहाजी बेडाको तर्फबाट जारी गरिएको एक बिज्ञप्तिमा के संकेत गरेको स्वीकारिएको छ भने अमेरिकीहरु यसरी पहिला पनि भारतीय सीमामा आउने जाने गरेका हुन् । अर्थात् यो दोहोरिदो क्रममा नै घट्ने गरेको घटना हो !

अमेरिका भारतको मित्र देश हो र यदाकदा यसरी भारतीय सीमा क्षेत्रमा आउने जाने बिशेष कुरालाई शायद त्यति गम्भीररुपमा नलिइदो पनिहो । तर बिना सूचना अन्य देशको सीमा भित्र घुस्ने र सैन्य अभ्यास गर्ने कुरा हो भने यस्तो गलत परम्परालाई सच्याउनै र रोेक्नैपर्ने हुन्छ । भारतीयहरु भन्छन् कि भारतको स्वीकृति लिएर आए त केही थिएन । तर भारतीय सीमा क्षेत्र भित्र कुनै अरु देशको सैन्य अभ्यासको सूचनालुकिछिपी रहेको हुनु हुदैन । अमेरिकाले यस्ता सैन्य अभ्यासहरु लुकाउने छिपाउने कार्य गरेको हो भने त्यसले ‘दालमा केही कालो ’ रहेको दर्शाउँदछ नै । यतिबेला भारतीय बिशेषज्ञहरुलाई चिन्ता के लागेको देखिदैछ भने भारतीय जलक्षेत्रमा अमेरिकीय युद्ध पोत हटाइनु पर्ने माग हुनु अस्वभाबिक होइन र हुनु हुदैन ।

त्यो काम भारतीय बिदेश मन्त्रालय तथा रक्षा मन्त्रालयको महत्वपूर्ण र जरुरी काम नै होला शायद ! बास्तव मा अमेरिकाको सातौ नौ–सैनिक जहाजी बेडाको टिप्पणीले बिशेषरुपले प्रश्न खडा गरिहेको स्थिति छ यतिबेला । भारतीय सञ्चार माध्यमहरु प्रश्न गरिरहेका छन् कि के अमेरिकी सैन्य बलले भारत–प्रशान्त क्षेत्रमा हरेक दिन ‘अपरेशन’ गर्ने गर्दछन् ? के यस्ता कुनै ‘अपरेशनहरु’ कुनै अन्तर्राष्ट्रिय कानुनहरुलाई ध्यानमा राखेर गर्ने गरिएको छ ? अन्तर्राष्ट्रिय कानुनले यस सम्वन्धमा के भन्छ ? के अमेरिकी सुरक्षा बलले कहि पनि उड्न, तैरिन र अभ्यास गर्न सक्तछ ? त्यहाँ यस्ता गम्भीरतम प्रश्नहरु आज उठिरहेका छन् ।

भारतीय सञ्चार माध्यमले अझ थप के पनि प्रश्न खडा गरेका छन् भने यदि अमेरिकी बेडाको जबाफमा भारतको पर्बाह सामेल छैन भने आधिकारिक स्तरमा भारतले आफ्नो कुरा राख्नु पर्दछ । भारतीयहरु के पनि भनिरहेका छन् भने यस्तै खतरा जब चीनको तर्फबाट ‘अण्डमान निकोबार’ टापूको नजिक उत्पन्न भएको भारतले आरोप लगाएको थियो त्यतिबेला भारतले चीनमाथि त कडा आपत्ति जनाएको पनि थियो । ठीक त्यसै प्रकारको आपत्ति अमेरिकासँग प्रकट गर्न भलै भारतले सक्तैन पनि होला शायद ।

तर अमेरिकी सैन्य बलले आफ्नो जबाफमा कम्तिमा शालीनता र मित्रताका शब्दहरु अबश्य राखुन्। भारतले जसरी अरु देशहरुको सम्प्रभूतको कदर गर्दछ (?) ठीक त्यस्तै अरुबाट पनि त्यस्तै अपेक्षा गर्नु भारतको हक पनि बन्दछ । यसमा सञ्चार माध्यहरुको बिशेष जोड के देखिन्छ भने यस्तो नहोस् कि कुनै देशले मित्रताको सहारा लिएर भारतकै अपहेलना गरोस् । यो कुरा होइन कि अमेरिकासँगको सम्वन्धलाई लिएर भारतले कतै कुनै बिबाद खडा गरोस् ।यस सम्वन्धमा अन्तर्राष्ट्रिय अभ्यास के कस्तो रहेको छ भने कुनै पनि तटीय देशको ‘एक्सक्लुसिभ इकोनोमि जोन’ को सीमा समुद्र किनाराबाट २०० नटिकल माइल अर्थात् ३७०किलोमिटरको दूरीसम्म मात्र हुने गर्दछ । त्यस क्षेत्रमा रहेका सामुद्कि संसाधनहरुमाथि सम्वन्धित देशहरुकै अधिकार हुन्छ भन्ने प्रष्ट मान्यता छ ।

अतःयस सन्दर्भमा कुनै सन्देह छैन र रहनु पनि हुँदैन कि अमेरिकाले भारतसँग सोधेर  नै अभ्यास गर्न पर्ने थियो। यदि अमेरिकाले त्यसो गरेको छैन भने त्यसको दुइटा अर्थ हुनजान्छ । पहिलो कुरा त भारतसँगको मित्रताबाट उसले लाभ लिन चाहन्छ । अनि अमेरिकालाई यस सम्वन्धमा लाग्दो पनि होाल कि चीनसँग उल्झिरहेको भारतले अमेरिकाले मिचेको या उल्लंघन गरेको कुराको कुनै त्यस्तो बिरोध या आपत्ति पनि गर्ने छैन । 

यसको दोश्रो अर्थ भने बिगत दिनहरुमा अमेरिकाका मन्त्रिहरु र बिशेष अमेरिकी दूतहरुले भारतको भ्रमण गरेका छन्, के कुनै यस्तो कुरा छ जुन भारतले मानेको छैन र या अमेरिकालाई नराम्रो लागेको छ र त्यसका लागि अमेरिका भारतलाई त्यसको दबाबामा ल्याउन चाहन्छ ? आज बिश्व जुन कालखण्डबाट गुज्रिरहेको छ त्यसमा कुनै पनि आशंकको खोजीगर्न नसकिएला तर पनि अधिकतम पारदर्शी भएर त अबश्य हिड्न सकिन्छ । ज्ञाता बिश्लेषकहरु भनिरहेका छन् कि आफ्नो स्वभाव अनुरुप नै सम्भावनाहरुको खोजी भारतले जारी राख्नु पर्दछ र के पनि कुरामा ध्यान दिनु पर्दछ भने उदारता कुनै पनि मोर्चामा भारतको लागि बोझ बन्न नजाओस् ।

भारतको यो जायज गुनासो र चित्त दुःखाई अस्वाभाविक छ्रैन । तर आफ्ना वरिपरीका छिमेकी देशहरु र खाशगरी हाम्रो देश नेपालसँगको भारतको सम्वन्ध के कस्तो रहँदै आएको छ सबैमा जगजाहेर नै छ । अरुबाट जे जस्तो ब्यवहार तिमी चाहन्छौ त्यस्तै ब्यवहार तिमीले पनि गर्न सिक्नु र सक्नु पर्दछ भन्ने पुरानो मान्यता पनि भारतले नबुझेको कुरा भने होइन ।

शक्तिशालीसँग झुक्ने र कमजोलाई पेल्ने जुन गलत परम्परा छ त्यसको पिण्डबाट छुट्न सकेमा मात्र न्याय, समानता र सार्बभौमिकताको पनि सम्मान हुन्छ । यद्यपि शक्तिशाली राष्ट्रहरुले यो यथार्थ कुरा बुझेर पनि बुझपचाउने गरेको नाङ्गो सत्य बिश्व सामु निरन्तर प्रस्तुत हुन छोडेको छैन ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.