पेलेस्टीनले कहिलेसम्म अन्यायमा परेर पिल्सिन पर्ने

0
Quantam abroad studies

—लोकनारायण सुबेदी
यतिबेला सम्पूर्ण बिश्व कोरोना महामारी ब्याधीसँग संघर्षा गरिरहेको छ । तर यति नै बेला बितेको ७३ बर्षदेखि चल्दै आएको इजरायल–पेलेस्टीन बीचको बिबाद सुल्झिएको छैन ।

पश्चिम एशियाको यो क्षेत्र एउटा तातो युध्द क्षेत्रकोरूपमा रहँदै आएको छ। यद्यपि यताका केही बर्षहरूमा इजरायल र त्यस क्षेत्रका अरब देशहरूका बीच कुनै युध्द भएको छैन । तर त्यो क्षेत्रमा आन्तिरकरूपमा पेलेस्टीनी र यहूदीका बीचमा साना ठूला संघर्ष प्रयः निरन्तर जारी रहँदै आएको छन् । इजरायलले आफ्ना सैनिक तथा राजनैतिक दृष्टिले त्यस क्षेत्रमा आफ्नो बर्चश्व कायम राख्दै त आयो । तर पूरै पेलिस्टीनीहरुको प्रतिरोधलाई दबाउन सकेन । असफल रह्यो । १९४८ मा यहूदीको देशकोरुपमा इजरायल अस्तित्वमा आएको थियो र त्यसलाई बिश्वले यहूदीहरुका बिरुद्ध अतितमा भएको अन्याय र अत्याचारको क्षतिपूर्तिको रुपमा स्वीकारेको देखिन्थ्यो । तर एउटा जातीय समुदायलाई न्याय दिलाउने प्रयासमा अन्तर्राष्ट्रिय समुदायले एउटा अर्को जातीय समुदाय – पेलेस्टीनकासाथ ठूलो अन्याय गरेको छ ।

उनीहरुलाई आफ्नो घरबार त्यागेर पलायन हुन बिवश तुल्याइयो । कालान्तरमा इजरायलले पेलेस्टीनीहरुका लागि निर्धारित भूभागमाथि पनि निरन्तर अतिक्रमण र नियन्त्रण गर्ने बिस्तारबादी प्रयास जारी राख्यो । जसले गर्दा पेलेस्टीहरुले आफ्नो भूमिमा नै निरन्तर शरणार्थीको जस्तो स्थिति भोग्न बाध्य हुनु परेको छ र परिरहेको छ। अहिले मुस्लिम समुदायको पबित्र रमजानको महिनामा भएको घटनाक्रमको पनि यही पृष्ठभूमि हो। जेरुसलेमलाई अन्तर्राष्ट्रिय समुदायले इजरायली कब्जाको क्षेत्र मान्दछ । तर अमेरिकाको आडधापमा इजरायली प्रधानमन्त्री नेतान्याहूले तेल अभिबको साटो जेरुसलेमलाई नयाँ राजधानी घोषणा गरेको छ । यसको साथै इजरायली सरकारले पूर्बी जेरुसलेममा नयाँ यहूदी बस्तीहरुको निर्माणको काम पनि तीब्र पारेको छ । पेलेस्टीनी परिबारहरुलाई बेदखल तुल्याइएको या बेदखल हुने स्थितिमा धकेलिदिएको छ ।

यसको बिरुद्ध बर्षौदेखि बढ्दै गएको पेलेस्टीनी असन्तोष ज्वालमुखीकोरुपमा बिस्फोट हुनु कुनै आश्चर्य र अस्वाभाबिक कुरा भएन । पेलेस्टीनको पश्चिमी किनारा तथा गाजा पट्टीको नेतृत्व क्रमशः त्यहाँको नरमपन्थी र उग्रपन्थी मानिने शक्तिहरुले गरिरहेका छन् । पश्चिम किनारमा यदि पेलेस्टीहरुले ढुंगा हानेर इजरायली सेनालाई चूनौति दिइरहेका देखिन्छ भने गाजा पट्टीबाट पेलेस्टीनहरुको हमास समूहले इजरायली शहरहरुमा मिसाइल रकेटहरुले हमला गरिरहेको पनि देखिन्छ । हमासको हमलामा इजरायली पक्षका मारिनेहरुको संख्या दुइ अंक पनि पुगेको छैन भने मारिने पेलेस्टीनीहरुको संख्या सयकडौं पुगिसकेको छ । पछिल्लो समयमा हताहत हुनेमा बाल बालिका र मिहला सहीत १३९ पुगेको बताइएको छ । आश्चर्यको कुरा त अझ के छ भने इजरायलको यो आपराधिक बल प्रयोग त्यतिबेला भइरहेका छ जतिबेला प्रमुख अरब र मुस्लिम देशहरुले इजरायलसँग कूटनीतिक सम्वन्ध कायम राखेका छन् । बिश्वका ठूला देशहरुको सरोकार यस बिश्व घटामा न पनि कति मात्र उनीहरुको हितमा कुनै चोट नपुगोस । उनीहरुले अन्याय गर्ने इजरायलसँग पनि राजनैति, सैनिक तथा कूटनैतिक सम्वन्ध कायम राखेका छन् त्यसलाई नयाँ उच्चाईमा पुराएको पनि भनिरहेका छन् । अनि त्यस्ता देशहरुमध्ये कतिपयले पेलेस्टीनी क्षेत्रमा मानबीय सहयोग पनि गरिरहेका छन् । तर स्थिति हेर्दा ‘जसको लाठी उसैको भैंसी’ जस्तै स्थिति दोहोरिइरहेको छ । न्याय समानताको लडिरहेका समुदाय र देशहरुको सहयोग र समर्थनका लागि पनि आफ्नो लागि प्रतिफलको खोजी गर्ने प्रबृत्ति शक्ति राष्ट्रहरुको रहेको छ ।

बर्तमान संघर्षमा यस पटक एउटा नयाँ घटना क्रम पनि सामुमा आएको छ । इजरायलका प्रमुख शहरहरुमा जातीय र साम्प्रदायिक दंगाफसादहरु पनि भएका छन् । इजरायलमा पेलेस्टीन मूलको जनसंख्या बीस–पच्चिस प्रतिशत जति रहेको छ । यद्यपि तीमध्ये धेरैले आफुलाई इजरायली नै मान्ने गरेका छन् । पेलेस्टीनी क्षेत्रमा रहने गरेका आफ्ना भाइबन्धुहरुसँग भलै उनीहरुको भावनात्मक सम्वन्ध रहेको छ र उनीहरुले अबश्यक सहानुभूति राख्ने गर्दछन् तथापि उनीहरुले प्रत्यक्षरुपमा त्यसलाई ब्यक्त गर्दैनन् । तर यस पटक अति भएपछि भने उनीहरु पनि पेलेस्टीनी बन्धुहरुमाथि भइरहेको अत्याचारका बिरुद्ध सडकमा उत्रिएर बिरोध जनाएको देखिएको छ । राजनैतिक बिश्लेषकहरुका अनुसार गाजा पट्टीमा हिंसाको जस्तो क्रूर ताडण्ड मच्चिरहेको थियो त्यसभन्दा कम इजरायली शहरहरुमा पनि घटना घटिरहेको थिएन । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूले पेलेस्टिनी असन्तोषलाई आतंकबादको संख्या दिए पनि बास्तवमा यथार्थ के हो भने ठूलो जनसंख्या भएको अल्पसंख्यक समुदायलाई कही पनि जबर्जस्ती शक्तिको भरमा दबाएर राख्न सकिन्न । कथित लोकतान्त्रिक प्रणालीमा चलेको देश भने डिङ्ग हाँक्ने इजरायलमा पनि त यो कुरा मान्नु पर्ने होला ।

त्यसैले पनि आज बिश्वभरी पेलेस्टिनीमाथिको अत्याचारका बारेमा इजरायली दमनको बिरुद्ध बिश्वभरी प्रदर्शन भइरहेका छन् । हुन पनि न्यायपूर्ण संघर्षको जहिले पनि जहाँ पनि समर्थन हुने गरेको बिश्वको इतिहास छ ।
महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.