नेपाल कम्युनिष्ट पार्टीको बक्तब्य

आज नेपाल कम्युनिस्ट पार्टीले जारी गरेको बक्तब्य बुदा गत रुपमा

१.नेपाल कम्युनिष्ट पार्टी देशमा बढ्दो कोभिड–१९ को महामारीको चपेटामा परेर देहाबसान भएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ र शोकाकुल परिबारप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
२.यसरी नै यो महामारीका कारण बिमारी परेका सबैको जिम्मा लिएर आवश्यक उपचारका सबै उपाय अपनाउन र जनताको ज्यानको रक्षा गर्न राज्यसँग नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्नुकासाथै सीमाना बाहिर र बिदेशबाट देश भित्रिने सबै यात्रीहरुलाई अनिबार्य क्वारेण्टाइनमा राख्न र निगरानी गर्न र रोग फैलिन नदिने नेकपा बिशेष जोड दिन चाहन्छ ।

३.यतिबेला महामारीको बिरुद्ध उपचारमा रातदिन नभनी अग्र मोर्चामा उच्च मनोबलकासाथ खटेका चिकित्साकर्मीहरु – चिकित्सक, नर्स र सम्वन्धित अन्य कर्मचारीहरु, सेना तथा शसस्त्र र जनपथ प्रहरीका अधिकारी तथा जवाहरुको उच्च सम्मान र सराहना प्रकट गर्दै उनीहरुो सुरक्षाका सबै उपायहरु गर्न र उनीहरुलाई दिने भनेको प्रोत्साहनभत्ता कुनै बिलम्ब नगरी प्रदान गर्न पनि पार्टी जोडदार माग गर्दछ ।

४.माहामारीको बेलामा समेत औषधी लागायतका सामान तथा दैनिक उपभोगमा अन्य अत्याबश्यक बस्तुहरुको चर्को मूल्य बृद्धि गर्ने, कमिशनको लोभमा अनुदान र सहयोगमा प्रदान गरिएका औषधी र खोपहरु प्नि समयमै ल्याउन आलेटाले गर्ने महामारीलाई जनताको शोषण र दोहन गर्ने माध्यम बनउने प्रबृत्तिको घोर बिरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी यस्ता हर्कत गर्ने जो कसैलाई बिना मुलाहिजा तत्काल कडा कारबाही गर्न जोडदा र माग गर्दछ ।

५.कोरोना माहामारीका कारणले आर्थिक गतिबधि ठप्प हुँदा प्राय बेरोगार रहन पुगेका श्रमिकहरु त्था किसानहरुका लागि आगामी ६ महिनाका लागि आबश्यक खाद्यान्न लगायत दैनिक उपभोगका आबश्यक सामाग्रीको जगेडा गर्न र रोग र भोकबाट जनतालाई जोगाउन सरकार ठोस योजना र कार्यक्रमको घोषणाकासाथ स्वास्थ्य संकटकाल घोषणा गरी सम्पूर्ण ध्यान जन उद्धारमा लगाउन र केन्द्रित गर्न पनि नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ ।

७.नेपाल कम्युनिष्ट पाटी कोरोना महामारी सबैको साझा समस्या भएकोले यसका बिरुद्ध लड्न कुनै आग्रह र पूर्बाग्रह नराखी सबै क्रियाशील राजनीतिक दल, नागरिक समाज र संघ सस्थाहरुलाई एकताबद्ध गर्न सरकारले पहल गरोस भन्ने पनि जोडदार आग्रह गर्दछ ।

८.नेपाल कम्युनिष्ट पार्टी स्वास्थ्य प्रोटोकलको सीमा भित्र रही आफु पनि यस महामारीबाट जोगिदै यसबाट जनतालाई जोगाउन जन चेनता जगाउन अन्य आवश्यक सहयोग पुर्याउन पार्टी पंक्तिमा जोडदार अपिल गर्दछ ।

९.पेलेस्टेनी जतनामाथि भइरहेको इजरायली बर्बर आक्रमणको घोर निन्दा र भत्र्सना गर्दै नेपाल कम्युनिष्ट पार्टी यो आक्रमण तुरुन्त रोक्न, पेलेस्टीन राज्यको सम्मान गर्न र अतिक्रमित क्षेत्रबाट इजरायल आक्रमणकारीहरुलाई फिर्ता पठाउन तथा सदाका लागि यो समस्या हल गर्न अन्तर्राष्ट्रिय समुदाय खाशगरी शक्ति राष्ट्रहरुसमक्ष पार्टी जोडदार अपिल गर्दछ ।

लाेकनारायणा सुेबदी
सह-संयाेजक
नेपाल कम्युनिष्ट पार्टी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.