जिल्ला अस्पताललाइ सांसद अतहर कमाल अध्यक्ष रहेको संस्था लिडोको आर्थिक सहयोग

0
Quantam abroad studies

कपिलवस्तु , जेठ ४
कपिलवस्तु जिल्ला अस्पतालमा कोरोना संक्रमितको संख्या बढदै गएपछि उपचारमा समस्या आएको सर्बबिदितै छ । अधिकान्स बिरामीको फोक्सोमा समस्या आइ श्वासप्रश्वासमा समस्या देख परेको छ । यस्तो अवस्थामा अक्सिजनको आवस्यकता र माग बढेको छ । तर अफसोस जिल्ला अस्पतालमा एकाएक कोरोना संक्रमितको चाप बढेको हुँदा अक्सिजन सिलिन्डरको अभाव भएको छ । अक्सिजन सिलिन्डर अभाव भएपछि अस्पताल प्रशासनले सहयोगको गुहार लगाएको थियो ।

यसैक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुले विभिन्न संघ संस्था , उधोगि ब्यापारी लगायतलाइ ध्यानाकर्षण गराएको थियो । महासंघको पहलपछि लिडो नामक संस्थाले कपिलवस्तु अस्पताललाई अक्सिजन सिलिन्डर खरिद गर्न ५ लाख रुपैया प्रदान गरेको छ । संकटमा परको अस्पताललाई सहयोग गर्दै कोरोना संक्रमितको जिवन रक्षाको लागि संस्थाका अध्यक्ष , सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अतहर कमाल र संस्थाकी ब्यवस्थापक सुनिता बेल्बासे स्वयंम उपस्थित भै अस्पताल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेलाइ ५ लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।

यसैगरी सांसद कमालले कपिलवस्तु नगरपालिको अगुवाईमा निर्माण हुन लागको अक्सिजन प्लान्टको निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नू भएको छ । लिडोले समय समयमा अस्पताललाइ सहयोग गर्दै आइरहेको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.