सञ्चारकर्मी दम्पतिले राहत बितरण गरि मनाए वैवाहिक वर्ष गाँठ

0
Quantam abroad studies

राजविराज, जेठ १८ गते
पछिल्लो समय निकै तामझमका साथ बैवाहिक वर्षगाँठ मनाउने चलन देखिएको छ । केक काटेर भव्य भोज भतेर गरेर खुशीयालीसाथ वर्षगाँठ मनाउने गरेको सर्वत्र देखिन्छ । तर, सप्तरीका एक वरिष्ठ सञ्चारकर्मीले त्यो भन्दा फरक शैलीमा आफ्नो वैवाहिक वर्षगाँठ मनाइएर उदाहरण प्रस्तुत गरेको छ ।

आफ्नो विवाहको १९ वर्षगाँठको अवसरमा एक छाक राहत सामग्री लिएर राजविराज नगरपालिका वार्ड नम्बर ६ स्थित एक बस्तिमा पुगे । कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि जारी निषेधाज्ञाबाट अति प्रभावित सो वार्डका उक्त वस्तिका गरिब , विपन्न , दैनिक ज्यालादारी मजदुर एकल महिला गरी ५० परिवारलाई एक छाक राहत वितरण गरेर नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष तथा गोरखापत्र दैनिकका सम्वाददाता धीरेन्द्रप्रसाद साह र उहाँकी पत्नी शिक्षिका सुनिताकुमारी साहले वैवाहिक वर्ष मनाइएका हुन ।

निषेधाज्ञा जारी भएयतादेखि सामाजिक अभियन्ता तथा राष्ट्रिय एकता अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साह र अभियानका सप्तरी प्रमुख रमिलादेवी साहले अभियानकै रुपमा वितरण गर्दै आएको एक छाक राहत कार्यक्रम मार्फत नै साह दम्पतिले भोतभतेरको खर्च काटेर राहत वितरण गरेको बताइएको छ । दम्पति साहले १०० किलो चामल, सोही अनुपातमा आलु, दाल, नून सहयोग गर्नु भएको अभियानी रमिलाले बताइन ।

एक छाक राहत सामग्री अन्तर्गत दुई किलो चामल, दाल, आलु र नून दिने गरेको उनले बताइन । यस राहतले एक परिवारमा औषत पाँच जनाको दरले दुई सय पचास जना लाभान्वित भएको उनको कथन छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.