बझाङमा कोठा भाडामा बस्ने पत्रकारका लागि खाद्यान्न बितरण

किशोर खड्का , बझाङ कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन फैलिरहेका बेला अग्रपंतीमा रहेर काम गर्ने बझाङका पत्रकारहरुलाई खाद्यान्न वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ बझाङ शाखाले समन्वय गरेर साईपाल गाउँपालिका धुली घर भएका राम बहादुर बोहोराको सहयोगमा जिल्ला सदरमुकाम चैनपुरमा कोठा भाडामा लिएर बसिरहेका पत्रकारहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

महासंघले निषेधाज्ञाका कारण समस्यामा परेका १४ जना पत्रकारहरुलाई प्रति व्यक्ति १२ किलोग्राम चामल बितरण गरेको छ । महासंघका अध्यक्ष शेलेन्द्र रोकाया र सचिब ललित सिंह लगायतले विभिन्न निकाय ब्यक्तिहरु संग समन्वय गर्दै राहतका कार्यक्रमका गर्दै आएको रोकायाले बताए । पहिलो चरणमा साईपालका स्थानीय समाजसेबी रामबहादुर बोहराले सहयोग गरेको चामल सबैभन्दा बढी समस्या भएका पत्रकारहरुलाई बितरण गरेको सचिब ललित सिंहले जानकारी दिए ।

अन्य निकाय संग समन्वय गरेर यस कार्यलाई निरन्तरता दिने समेत उनले बताए । गत हप्ता महासंघले सबै रेडियोमा गएर स्वास्थ्य सामाग्री बितरण गर्नुका साथै पत्रकारहरुका समस्याका बारेमा समेत छलफल गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.