रुपन्देहीमा बिगत चौबीस घन्टामा ४९७ आरटीपीसीआर टेस्ट ४९ संक्रमित

दिपक जैसवाल , रुपन्देही , जेठ २६
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४९ जना कोरोना संक्रमित भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चार सय ९७ जनामा आरटीपीसीआर गर्दा ४८ जनामा मात्रै कोरोना संक्रमण देखिएको हो ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएयता कै सबैभन्दा थोरै संक्रमित फेला परेका हुन् । पछिल्लो हप्तादेखि जिल्लामा नयाँ संक्रमितको संख्या ओरालो लागिरहेको छ ।

योसँगै जिल्लामा एक हजार ७६ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ज्यान गुमाउने एक जना सहित जिल्लामा चार सय ५७ जना संक्रमितले हालसम्म ज्यान गुमाइसकेका छन् ।

हालसम्म जिल्लामा कुल कोरोना संक्रमितको संख्या २७ हजार चार सय ९१ पुगेको छ । यीमध्ये २५ हजार ९ सय ५८ जना निको भइसकेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.