हिन्दु स्वयंसेवक संघ कपिलवस्तु द्वारा राहत बितरण

कपिलवस्तु , जेठ २७
कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा हिन्दु स्वयंसेवक संघले राहत बितरण गरेको छ । कोरोना महामारीका कारण भएको निषेधआज्ञाले गर्दा काम धन्दा ठप्प हुँदा गरिब बिपन्न , मजदुरहरु बर्ग निकै पिडामा परेका छन् ।

त्यसै पिडालाइ केहि हद सम्म कम गर्ने उदेश्यका साथा हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनल नेपालको सयुक्त प्रयास बाट बिहिवार राहत स्वरुप खाद्यान्न बितरण गरिएको हो । महाराजगन्ज नगरपालिकामा रहेको दुर्गा भवानी कन्या बिधालयमा जिल्ला संघ चालक बसुदेव चौधरीको अध्यक्षता , हिन्दु स्वयंसेवक संघ जिल्ला कार्यबाहक दिप प्रकाश कुर्मी ( दिलिप कुर्मि ) , स्थानीय चौकीका जनपद प्रहरी र ससस्त्र प्रहरी लगायतको उपस्थितिमा खाद्यान्न बितरण गरिएको छ ।

खाद्यान्न बितरणमा १० केजि चामल , १ केजि दाल ,१ प्याकेट , नुन , आधा केजि तेल , १ पाउ सोयानिन सहितको पोक सय परिवारलाई बितरण गरिएको हो । खाद्यान्न सङसङै उक्त सय परिवारलाई मास्क र हात धुन साबुन समेत बितरण गरिएको हिन्दु स्वयंसेवक संघ नगर कर्यबाहक भानु चतुर्बेदीले बताएका छन् ।

खाद्यान्न बितरण कार्यक्रममा स्वयंसेवक संघका नगरकार्यबाहक महेशराज कुर्मी , खण्ड कार्यबाहक नन्दराज चौधरी लागायत स्वयंसेवकहरुले सहजीकरण गरेको समेत चतुर्बेदीले बताएका छन् । लगातारको निषेधआज्ञा बाट पीडित बनेका गरिब बिपन्न बर्गलाइ यस खाद्यान्न बितरण केहि दिन भएनि राहत पुग्ने स्वयंसेवकहरुले बिश्वास व्यक्त गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.