कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा पालिकालाई सुरक्षा सामग्री सहयोग।

कपिलबस्तु, जेठ २८
यू एस एडको आर्थिक सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा सुआहारा कार्यक्रम अन्तर्गत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन र दोस्रो लहरको प्रतिकार्यका लागी केन्द्रले जिल्लाको १० वटै स्थानिय तह अन्तर्गत ७७ स्वास्थ्यचौकी, १ अस्पताल, १८ बटा आधारभुत स्वास्थ्य केन्द्र, ५ शहरी स्वास्थ्य केन्द्र, ३ सामुदायिक स्वाइकाई र १ हजार १ सय ५ जना महिला स्वास्थ्य स्वयंसेविकालाइ स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजनालाइ सुद्धिकरण गदै आमा र बच्चाको पोषण अवस्थामा सुधार गर्ने उद्देश्यले संचालित सुआहारा कार्यक्रमले जिल्ला भरीका ९७ हजार ७ सय ५०.थान मास्क, ( १०० मि.लि. र ५००मि.लि) १ हजार १ सय ७८ वटा हाण्ड स्यानीटाइजर, ६० थान पिपिइ सेट र ९८ थान किशोर किसोरीको लागी पोषण कार्याक्रम संचालन निर्देशिका २०७६ प्रदान गरिएको सुआहारा कार्यक्रमका स्वास्थ्य तथा पोषण अधिकृत विजेन्द्र बन्जाडेले बताए । सो स्वास्थ्य सामाग्री ३ दिन वितरण गरिएको हो ।
विश्वव्यापीमहामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्ध अग्रपक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाइ संक्रमणको जोखिम कम होस भन्ने उद्देश्यले वितरण गरिएको केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा मगरले बताए ।
यसै संगै जिल्ला स्वास्थ्य कार्यालयद्धारा कोभिड १९ प्रभावित सुनौला १००० दिनका आमाहरुलाई पोषण प्याकेज जिल्लाका १० बटै स्थानीयतहमा रहेका अति विपन्न आर्थिक रुपले कमजोर पोषण स्थीती कमजोर भएका १ सय जना आमाहरुलाइ वितरण गर्नका लागी तयार गरिएको प्याकेज स्थानिय तहको समन्वय र सहकार्यद्धारा सुआहारा कार्यक्रमका फिल्ड तहका कर्मचारीहरुले पहिचान गरि वितरण गर्न लागीएको वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए । यस महामारीमा सबै भन्दा प्रभावित आमा र बच्चा हुने गरेकोले सो प्याकेज प्रभावित आमाहरुको चुलो समक्ष पुगोस भन्ने उद्देश्यले पोषण प्याकेज वितरण गर्न लागीएको समेत उनले बताए ।
साथै बन्दाबन्दीको अवस्थामा पनि सुनौला हजार दिनका आमाहरुलाई फोन मार्फत पोषण सम्वन्धि परामर्श गर्नुका साथै नयाँ गर्भवती महिला पहिचान जोखिमको समयमा संस्थागत सुत्केरी परिवार नियोजन, हरेकबार खाना चार र काभिड १९ बाट बच्ने स्वास्थ्य सरसफाइका विषमा निरन्तर परामर्श गरि कडा कुपोषित बच्चाका लागी तयारी खाना उपचार पद्धतीका लागी ओटिसि सेन्टरमा प्रेषण गर्ने काम फोन परामर्श मार्फत परामर्श गरेको सुआहारा कार्यक्रमकी फिल्ड संयोजक कमला सापकोटाले बताइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.