अश्लील र दोहोर अर्थका गितका गायक विरुद्ध अवाज उठाउने पत्रकार यादवलाइ धम्की , चरीत्रहत्या गर्ने प्रयास

सप्तरी , जेठ ३०
अश्लील र दोहोरो अर्थको गीतको विरुद्ध समाचार लेख्ने पत्रकारलाइ धम्की दिइएको छ । अश्लील गित मार्फत चर्चामा आएका सप्तरीका गायक सन्नु कुमारको बारेमा समाचार लेखेको कारण पत्रकारलाइ गाली गलौज सहित धम्की आइरहेको छ ।

सन्नु कुमारले अश्लिल गीत, दोहोरो अर्थ लाग्ने शब्द सहित गीतको भिडियोमा समेत अश्लिलता प्रदर्शन गरेको भन्दै पत्रकार नबिन यादवले समाचार लेखेका थिए । उनलाई समाजिक सँजाल सहित फोन, व्हटसएप मार्फत गाली गलौज र धम्की दिएको हो । उक्त धम्कीपछि पत्रकार यादवले सुरक्षाको माग सहित दोषीलाइ कारबाही गराउन जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दर्ता गराएका छन् । पत्रकार यादवले आईतबार साईबर क्राईम अन्तर्गत गालीगलौज र धम्की दिने तथा फेसबुक ह्याक गरी अन्य व्यक्तिहरुलाई अनावश्यक मेसेज गरि चरित्रहत्या गर्ने प्रयास गरेको आरोप सहित निवेदन दर्ता गराएको पत्रकार नबिन यादवले बताएका छन् ।

पत्रकार यादवलाई आफू सन्नु कुमारको समर्थक रहेको बताउदै मोबाईल नम्बर ९८१८८४७७७३ र ९८११७०५१११ बाट निरन्तर गाली गलौज सहित धम्की दिएको आरोप छ । जानकारी अनुसार, पहिलो नम्बर धमेन्द्र कुरवा नामक व्यक्तिको नाममा रहेको छ भने अर्का घनश्याम यादव नामक व्यक्तिको नाममा रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.