शिवराज साझेदारी बनले डेढ़ लाख बिरुवा बितरण गर्ने तयारी

0
Quantam abroad studies

कमलेश चन्द गुप्ता , कपिलवस्तु , जेठ ३०
जिल्लाकाे शिवराज साझेदारी बन व्यवस्थापन समितिले यस बर्ष डेढ लाख बिरुवा वितरण गर्ने तयारी गरेको छ ।

शिवराज साझेदारी बन व्यवस्थापन समितिले आर्थिक बर्ष ०७७/०७८ मा लगभग एक लाख बीस हजार टिक (सागवन) र तीस हजार मसलाका प्रजातिको बिरुवा उपभाेक्तालाई बितरण गर्ने लक्ष्य रहेको साझेदारीका अध्यक्ष जगदम्बा प्रसाद चाैधरीले बताएका छन् । चौधरीले बन कर्मचारी र संचारकर्मीसंग अन्तर्क्रियामा साझेदारीमार्फत बन पैदावार बढाउने र जंगलकाे दायरा फराकिलाे बनाउदै बन संरक्षण गर्दै उपभोक्ताको पहुँचलाइ ब्यवस्थित बनाउने उद्देश्य रहेको बताए ।

यसैगरी शिवराज साझेदारी बन व्यवस्थापन समिति जिल्लाकै नयाँ समिति रहेपनि हामीले बन क्षेत्रफल बढाउन र निजि बन व्यवस्थापनमा सफल भएको सहायक वनअधिकृत प्रेमशंकर गुप्ताले जानकारी बताएका छन् । उन्ले कम समयमा करिब १२ हजार क्विब फिट काठ समेत संकलन गरेको जानकारी गराएका छन् ।

शिवराज साझेदारीले प्रतेक बर्ष निशुल्क बिरुवा उपलब्ध गराउदै आएकाे छ भने यसबर्ष पनि असार ७ गतेदेखि बिरुवा वितरण शुरु गरिने जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.