भारतीय स्वतन्त्रतामा नेपालको भुमिका

0
Quantam abroad studies

काठमाडौं , 

अंग्रेज़ी उपनिवेशको गुलाम रहेको भारतको स्वतन्त्रतामा नेपालको ठुलो योगदान रहेको छ। तर आज नयाँ पिढिलाइ यो कुरा थाहा नहुन सक्छ । आज भारतले आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाइ रहदा हाम्रो पुर्खाले छिमेकीको स्वतन्त्रतामा दिइएको योगदान सम्झनु पर्ने देखिन्छ । 


नेपालको आफैमा बिश्वमा कसैको कहिले गुलाम नभएको देश भनेर बेग्लै पहिचान र गौरवपुर्ण इतिहास रहेको छ । जति बेला बिश्वको अधिकान्स सानाठुला देश अग्रेजि उपनिवेशको शिकार भै आफ्नो स्वतन्त्रताका लागी संघर्षमा थिए । त्यतिबेला पनि नेपाल स्वतन्त्र थियो । यस्तै नेपालको छिमेकी देश भारत पनि अंग्रेज़ी उपनिवेशबाट मुक्त हुन आफ्नो स्वतन्त्रता आन्दोलन जारी नै राखेको थियो । त्यसबेला प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भारतको स्वतन्त्रतामा नेपालको पनि ठुलो योगदान रहेको छ । हुन त नेपाल र भारत बिच परापुर्बकाल देखी प्राकृतिक , धार्मिक , समाजिक सम्बन्ध रहेको छ । सायद त्यसैले नेपाल भारत बिच ” रोटी र बेटिको सम्बन्ध ” आजपनि कायम छ । इ सबै कारणले पनि भारतको स्वतन्त्रता आन्दोलनमा नेपालले कुनै न कुनै रुपमा सकारात्मक भुमिका निर्बाह गरेको थियो ।

 नेपाल र भारतको इतिहास खोताल्दै जादा धेरै पटक भारतीय स्वतन्त्रता सेनानी नेपालमा शरण लिन आएको कुरा भेटिन्छ । यसैक्रममा सन् १८५७ मा अंग्रेज़हरुले भारतीय स्वतन्त्रता आन्दोलनलाइ दबाउदै जित हासिल गर्दै दिल्ली समेत जितेका थिए। दिल्ली जिति सकेपछि अग्रेजहरुले भारतको अवध राज्यमा हमला गरेका थिए । 


अवधमा हमलापछि अंग्रेज़ले अवधका नवाब वजिद अलि शाहलाई अफ्नो हिरासतमा लिइ कलकत्ता पुर्याएका थिए । नवाब अंग्रेज़को फन्दामा परेपछि अवध क्षेत्र  र लखनउको सुरक्षाको लागि नवाबको कान्छी स्वास्नी बेगम हजरत महल अगाडी सरेकि थिइन । उनले निकै संघर्ष गरिन तर पनि अंग्रेज़बाट लखनउलाइ बचाउन नसक्ने अवस्थामा पुगिन । त्यसपछि बेगम हजरत महल र अन्य स्वतन्त्रता सेनानीले अंग्रेज़बाट  बचन शरण लिने ठाँउको खोजि गर्न थाले। त्यसबेला भारतीय स्वतन्त्रता सेनानीको लागी सबैभन्दा उपयुक्त ठाँउको विकल्पमा नेपाल नै थियो । त्यसैले बेगम हजरत महल नेपाल आइन र शरणको माग गरिन । तर उनलाई राणाको प्रथम प्रधानमन्त्री जङ्ग बहादुर राणाले शरण दिन अस्वीकार गरेका थिए तर पछि उनलाई नेपालमा शरण मिलेको थियो । सन् १८७९ मा उनको मृत्यु नेपालको राजधानी काठमाण्डौमा भएको थियो र उनलाई जामे मस्जिदको मैदानमा एक अज्ञात चिहानमा गाडिएको थियो। अन्ततः भारतको एक स्वतन्त्रता सेनानी नेपाल आएर काठमाडौंमा अस्ताइन । 


यो त एक उदाहरण मात्र हो । यस्ता अनेक उदाहारण छन् जस्ले भारतीय स्वतन्त्रतामा नेपालले गरेको योगदान दर्साउछ । 

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.