तौलिहवामा अबैधानिक रुपमा संचालित रेकर्डिङ स्टुडियोमा अश्लिल गित रिकर्ड गराउनेको होडबाजी i

0
Wada Collection

पंकज ओझा , कपिलवस्तु

जिल्ला सदरमुकाम तौलिहवामा बिगत केही महिना देखी अबैध रेकर्डिङ स्टुडियो र अश्लील गीतहरुको अखाडा बन्दै गएको छ ।

बिगत एक दशक देखी संगीतको क्षेत्रमा बिकृति र अश्लीलता बढदै गएको सबैलाइ थाहा भएकै कुरा हो । बिशेष गरि भारतको बिहार र युपिमा भोजपुरी भाषामा गाइने गितले अश्लीलताको सिमा नाघेको छ भने यस्ले समाजमा ठुलो नकारात्मक प्रभाव पारेको छ । त्यसैको प्रत्यक्ष असर नेपालको मधेसमा परेको छ । मधेसका विभिन्न जिल्लामा भोजपुरी भाषा बोल्ने गरिन्छ भने अन्य भाषीले समेत सहजै यो भाषा बुझेने गर्छन् । त्यसैले भारतमा निर्माण भएका भोजपुरी फिल्म र गितहरुले नेपाली बजारमा पनि राम्रै स्थान पाएका छन् । यसैकारण भारतको युपि र बिहारका अश्लील भोजपुरी गितहरु सजिलै नेपाली समाजमा प्रवेश गरि बिकृति फैलाएका छन् ।

Sm

तर अब भने नेपालमै भोजपुरी अश्लील गित निर्माण गर्न शुरु भएको छ । नेपालको मधेसका विभिन्न जिल्लाहरुमा अबैध रुपमा संचालित रेकर्डिङ स्टुडियोहरुमा अचेल अश्लील गित गाउने होडबाजी नै चलेको छ । त्यसैक्रममा कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा समेत अबैध रेकर्डिङ स्टुडियो संचालन गरि अश्लील गितहरु निर्माण भैरहेको छ ।
अहिले डिजिटल युगमा Youtube, Tiktok, facebook र अन्य सामाजिक संजालको माध्यमबाट कम समयमै चर्चित भएका र राम्रो आम्दानी गरेका अनेकन उदाहरणहरु रहेका छन् । त्यसैअनुसार चर्चित हुनैका लागी युवा युवातिहरु जे सुकै गर्न तयार छन् । यसैक्रममा तौलिहवामा संचालित रेकर्डिङ स्टुडियोहरुमा समेत अश्लील गित रेकर्ड गरि भाइरल भै चर्चित हुने आशामा विभिन्न समाजिक संजालमा विभिन्न अडियो तथा भिडियोहरु अपलोड गरिएका छन् ।

कुनै कला नभएका र कला क्षेत्रमा कुनै ज्ञान नभएकाले पनि हजार पन्द्र सयमा अबैध संचालित इ स्टुडियोहरुम गित रेकर्ड गराउन सक्छन् र गरिरहेका छन् । यस्ता निर्माण गरिएका अधिकान्स गितहरु भोजपुरी भाषामा रहेको र प्राय घरपरिवारमा सुन्नै नसकिने खालका रहेका छन् । यि अबैध स्टुडियोहरुमा प्राय शब्दको दोहोर अर्थ लाग्ने हिसाबले गितहरु लेकिएका र रेकर्ड गरिएका छन् । एक त गैरकानुनी रुपमा स्टुडियो खोलीएका छन् । त्यसमाथि तिनले समाजिक मुल्यमान्यता बिपरित समाजमा बिकृति र अश्लीलता फैलाउने खालका गित र भिडियोहरु निर्माण गरिरहेका छन् । तर अफसोस यि सबै गैरकानुनी काम प्रति सम्बन्धित निकाय र प्रशासनलाइ कुनै जानकारी छैन ।

स्रोतबाट जानकारी पाए अनुसार गाउँघरका सोझा गरिब घरका चेलीबेटीलाइ मोडेल वा हिरोईन बनाइ दिने लोभ देखाइ विभिन्न भिडियोहरुमा काम गराइरहेका छन् । कतिलाई गायक बन्ने सपना देखाइ गितहरु रेकर्ड गराइएको पनि सुनिएको छ । यि अबैध स्टुडियोहरु अधिकान्स युवतीहरु देखिने गरेका छन् । यस्तै ठाँउहरुमा चेलीबेटी लोभलालचमा परी गरिबीबाट उन्मुक्ति पाइ राम्रो जिवन जिउने आशामा मानवबेचबिखन गर्ने गिरोहको जालमा फस्ने ठुलो संभावना रहेको छ । त्यसैले प्रशासन र सम्बन्धित निकायको यस विषयमा ध्यान जान जरुरी देखिन्छ ।यसैगरी कपिलवस्तुको तौलिहवामा अबैध रूपमा संचालनमा रहेका केहि रेकर्डिङ स्टुडियोहरुमा sdm film production (SDM Music) , तुलसी म्युजिक वल्ड (TMW) , (lcm) लगायतका रहेका छन् ।

  
  
  
Bijay nagar
Leave A Reply

Your email address will not be published.