महाराजगन्ज ४ ननमहरामा नाली र पिसीसी सडक निर्माण , नाली काे अवस्था विजाेग

0 88
Sm

धनी राम काेरी , कपिलवस्तु
जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नं. ४ ननमहरा गाउँ सम्म सडक पुगेको छ ।

गाउँमा पुग्न अगाडी सम्म निर्माण भएको सडक ठिक छ । तर नाली कसरी बनेको छ भन्ने अवस्था हेर्नु भयो भने अचम्म लाग्न सक्छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले पुर्वाधार विकास कार्यक्रम अर्न्तगत निर्माण गरिएको नालीकै कारण बालबालिका दुर्घटनामा पर्ने गरेको स्थानीयहरु बताउछन् । त्यहाँ सडक भन्दा केहि पर नाली निर्माण गरिएको छ ।

योजना संचालन गर्दा स्थानीय विच बिबादका कारण निर्माणमा समस्या भएको स्थानीयहरु बताएका छन् । नगरप्रमुख अव्दुल कलाम र तत्कालिन प्रदेश सभा सदस्य ( हाल राष्ट्रिय सभा सदस्य) दृघनारायण पाण्डेय समर्थित विचको विबादले समस्या आएको स्थानीयले स्विकार गर्छन । तर क्यामराको अगाडी भने उनीहरु बोल्न डराउने गरेका छन् । पालिकाले १७ लाख ५९ हजार ७ सय ८६ को लागतमा प्रिन्स निर्माण सेवा लुम्बिनी सास्कृतीक नगरपालिका १० लाई ठेक्का दिएर योजना सम्पन्न भएको थियो । तर नाली बनाउने ठेकेदारले भने श्रमिकलाई हाल सम्म पनी काम गरेको ज्याला नदीएको बताएका छन् ।

बस्ती क्षेत्रमा सडक अधुरो भएको कारणले समुदायले फराकिलो बाटो नदिएको कारण समस्या भएको बताए । बिवादका कारण बस्ती भित्र नाली निर्माण समेत भएको छैन । पिसीसी सडक पनि जम्मा ३ देखी ४ मिटर चौडाइका बनेका छन् । ठेकेदारलाई स्थानीयले अवरोध गरे पछी कोटेशन लिएर नाली निर्माण गरेको वडा ४ का वडा अध्यक्ष शुशिल कुमार चौधरी बताउँछन् ।

ग्रामिण वस्तीमा विकास हुनु आफैमा ठुलो उपलब्धि हो । तर जथाभावी योजना बनाउदा आउने समस्या पालिकाले अध्ययन गरी लगानी गर्नु उपयुक्त हुन्छ । नाली र सडक विच रहेको खाली ठाउका कारण बालबालिका दुर्घटनाको जोखिममा परेका छन । खाली ठाउ तत्काल पुरेर भए पनी मर्मत गर्नु पर्ने जरुरी देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Sm news2
Leave A Reply

Your email address will not be published.