देशमा माओवादी केन्द्रले ठुलो परिवर्तन ल्याएको छ तर विजयनगरका जनतासंग चुक भयो : खडका

0 336
Sm

शहबाज खान / कपिलवस्तु
कपिलवस्तुको विजयनगर गाउँपलिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वडा कमिटी विस्तार गरेको छ।

विजयनगर गाउँपलिका अध्यक्ष तेज प्रसाद पौडेलको‌ अध्क्षतामा वडा कमिटी विस्तार कार्यक्रम झुलनिया चौकमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा शिवराज नपा ९ का वडाध्यक्ष अध्क्षय चुरा बहादुर खड़का (जीवन) विशिष्ट अतिथी माओवादी केन्द्रका जिल्ला सदस्य अर्जुन प्रसाद सापकोटा , जिल्ला सदस्य तथा कृष्णनगर नगर अध्यक्ष जावेद आलम खां अतिथीमा नारायण कलवार , नन्द किशोर कुर्मी , रहिस प्रधान लगायत रहेका थिए।

विशिष्ट अतिथि नगर अध्यक्ष जावेद आलम खांले उपस्थित सबैको स्वागत गर्दै आआफ्नो पदमा वसी पार्टीको हकहितमा काम गर्ना तथा आउने निर्वाचनमा पुर्ण बहुमत हासिल गर्नाको आजै देखि लाग्ने आग्रह गरेका छन। कार्यक्रमका प्रमुख अतिथी चुरबहादुर खडका अनुसार बिगतमा उनलाई खाना खुवाएर पालेका तथा उनको ज्यानको रक्षा समेत गरेका र आजको कार्यक्रमलाई सफल बनाउनको लागि उपस्थित सबै कमरेडहरुलाई हृदय देखि धन्यवाद व्यक्त गरेका थिए ।

आजको वडा कमिटी विस्तार कार्यक्रमबाट नवनियुक्त १५ सदस्यीय कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जनयुद्धमा शहादत प्राप्त भएका शहिदहरुलाई सम्झदै खडकाले २०५१ साल देखि २०६०-०६१ सम्मा चलेको युद्ध नेपालको राज्यसत्ताको छिना झपटीको लड़ाई थियो। एक तिर नेपाली नागरिकले नेपाल सरकारलाई हामीले चलाउन पाउ भन्ने अर्को तिर राजतंत्रका हिमाइतेहरु राजतंत्रलाई मान्दै जाने बिच छिना झपटी चली रहेको बेला देखि नै माओवादी केन्द्रले नेपालमा चल्दै आएको राजतंन्त्र तथा जातिय विभेदलाई खत्म गर्नाको लागि ठुलो संघर्ष गरेको छ। देशमा माओवादी केन्द्रले ठुलो परिवर्तन ल्याएको छ भने बिच बिचमा केही असमाजिक तत्वहरुको कारणले पार्टीले धोका पनि खाएको खडकाले बताए । तर पनि माओवादी केन्द्रले देशको हकहितको लागि काम गर्नाको लागि उचित निर्णयगरि सुखी शान्ति समृद्धि नेपाल बाउने प्रयासमा लागेको छ।

तर तपाईहरुले आफ्नो वर्गका व्यक्ति आफु मिल्ने सहयोगी हकहितको लागि लड़ने व्यक्तिहरुलाई चुनावमा विजयी बनाएंर पठाउन नसकेको कारणले यहाका दलित आदिवासी जनजाती पिछडा गरिब वर्गका व्यक्तिहरुको समस्याको समाधान भएको छैन । एनजीओ चलाएर खाने व्यक्ति विजयी भएर गएपछि यहाँका जनतालाई पनि चलाएर खाइदियो तपाईहरुको दुख पिडा र समस्यालाई सम्बन्धित निकायमा नपुगेपछि तपाईहरुलाई समस्याको समाधान भएन। तपाईहरुको बिचमा रही तपाईहरुको हितको लागि आवाज उठाउनको लागि हामीले तपाइहरुको बिचको व्यक्तिहरुलाई टिकट दिएर उम्मेदवार बनाएका थिए । तर तपाईहरुलाई गर्नु पर्ने कार्यमा ठुलो चुक गर्नु भएको खडकाले बताएका छन् ।

वडा कमिटी बिस्तार गर्नेक्रममा विजयनगर वडा नं.७ को अध्यक्षमा जलील मुसलमान उपाध्यक्षमा अब्दुल करीम शाह सचिवमा विनोद कुमार कोरी रहने गरि १५ सदस्यीय कमिटी गठन गरिएको छ।

नवनियुक्त पदाधिकारीहरुलाई प्रमुख अतिथीले अबिर लगाइ स्वागत समेत गरि कार्यक्रमको अध्यक्षले कार्यक्रम समापनको घोषणा गरेका थिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Sm news2
Leave A Reply

Your email address will not be published.