एचके नाइट २०२१ को तयारी पूरा, नेपाली गीतले बेलायत गुञ्जिने

0
Wada Collection

लन्डन, असोज २८
कोभिड महामारीका कारण बेलायतमा लामो समयदेखि हुन नसकेको नेपाली कलाकारको सांगीतिक कार्यक्रम आगामी महिनादेखि शुरु हुने भएको छ ।

नेपालका चर्चित गायकको प्रस्तुतिमा आगामी १२ नोभेम्बरको साँझ अल्डरसटमा एचके नाइट २०२१ को तयारी गरिएको छ । एचके युथ नेप्लिज एशोसिएसनको आयोजना रहने उक्त इभेन्टमा लोकप्रिय गायक राजु लामा, सञ्जिव प्रधान र आइएम गोलेको विशेष प्रस्तुति रहने छ । त्यस अवसरमा बेलायतस्थित दाजुभाई ब्याण्ड र सिक्का ब्याण्डले पनि प्रस्तुति दिनेछन् । एम्पायर हलमा हुने कार्यक्रम सकिएपछि अल्डरसटकै प्यालेसमा तय आफ्टर पार्टीमा डिजे एसकाजीले नचाउने छन् ।

कार्यक्रमको सञ्चालन बेलायतका दुई नेपाली सुन्दरीले गर्नेछन् । मिस इंग्ल्याण्डकी सेकेण्ड रनर अप प्रतिष्ठा राउत र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ कार्यक्रमका होस्ट रहने छन् । कार्यक्रमको आयोजक एचके युथ नेप्लिज एशोसिएसनका सुबास गुरुङकाअनुसार बेलुका सात बजेबाट मध्यरातसम्म कन्सर्ट चल्नेछ । त्यसपछि शुरु हुने आफ्टर पार्टी विहान तीन बजे सकिने छ ।

Sm

कार्यक्रम हेर्न अग्रीम टिकट लिँदा २५ र कार्यक्रमकै दिन गेटमा लिँदा ३० पाउण्ड लिइनेछ । कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेज छ । हरेक टिकटमा वाटरमेलन मोर्गेजेजको सेवामा २५ प्रतिशत छुट समावेश रहने बताइएको छ । त्यस्तै, टिकट प्रायोजक मम स्टेसनमा पनि १० प्रतिशत छुट उपलब्ध हुनेछ ।

कार्यक्रमलाई बेलायतस्थित दर्जनौं व्यवसाय, व्यवसायी तथा एनआरएनए अभियन्ताले प्रायोजन तथा सहप्रायोजन गरेका छन् ।

  
  
  
Bijay nagar
Leave A Reply

Your email address will not be published.