वंगलादेशमा दुर्गा पूजामा हिन्दूमाथि हमलाः हिन्दु मन्दिरमा तोडफोड

0
Quantam abroad studies

एजेन्सी , ढाका, असोज ३०
वंगलादेशमा हिन्दू मन्दिरमा दुर्गा पुजाको क्रममा भएका आक्रमणका दोषीलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ ।

मुस्लिमहरुको बाहुल्यता रहेको वंगलदेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेको थिचोमिचोबारे सरकार मौन बसेको आरोप लागिरहेका बेला सरकारले हिन्दूको आस्थामाथि भएका हमला संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

सरकारले सबै देशबासी र धर्मालम्बीलाई संयमित हुन आग्रह गरेको छ ।

यसै साता दुर्गा पुजाका क्रममा मुस्लिमहरुले हिन्दू मन्दिरमा तोडफोड गरेपछि भएको हिंसामा चार जनाको मृत्यु भएको थियो । हिंसा भड्किन नदिन प्रधानमन्त्री शेख हसिना वाजेदले तत्कालै २२ जिल्लामा अर्धसैन्य बल तैनाथ गर्न निर्देशन दिएकी थिइन् ।

धार्मिक र साम्प्रादायिक दंगा फैलिन सक्ने आशंकमा सरकारले देशभरको सुरक्षा अवस्था कडा बनाएको छ । ‘कोमिलामा भएको घटनाको बृहत रुपमा अनुसन्धान भइरहेको छ । जुनसुकै धर्ममा आस्था राख्ने भए पनि घटनाका दोषी उम्कन पाउने छैनन् । दोषीलाई कडा कारबाही हुनेछ, ’, ढाकस्थित दक्षेश्वरी हिन्दू मन्दिरमा हिन्दूहरुलाई शुभकामना दिने क्रममा प्रधानमन्त्री हसिनाले भनिन् ।

यसैबीच, दुर्गा पुजा मनाउने क्रममा हिन्दूुमाथि भएको आक्रमणको भारतले निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न वंगलादेश सरकारसँग माग गरेको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.