बंगलादेशमा हिन्दूमाथिको ज्यादती तत्काल रोकः राष्ट्रसंघ

0
Quantam abroad studies

एजेन्सी , ढाका, २ कात्तिक
बंगलादेशमाअल्पसंख्यक हिन्दू समुदायमाथि भएका ऋंखलाबद्ध हमलाप्रति राष्ट्रसंघले चासो देखाएको छ । पछिल्लो समयमा हिन्दू समुदायको घरमा भएका आगजनी र मन्दिर तोडफोडप्रति राष्ट्रसंघले गहिरो चासो देखाएको हो ।

हिन्दूमाथिको हमला संविधानमा उल्लेखित मुल्य र मान्यताबिरुद्ध भएको भन्दै राष्ट्रसंघले घटनाबारे निस्पक्ष छानबिन गर्न आह्वान गरेको छ । रंगपुर जिल्लाको उत्तरी क्षेत्रमा विगत एक सातादेखि फैलिएको जातीय हिंसा अझै रोकिएको छैन् । ‘समाजिक सञ्जालमा कथित अनादर फैलाउने पोस्टपछि बंगलादेशमा हिन्दूमाथि भएका हमला त्यहाँको संविधानको मर्म विपरित छ । सरकारले यस्ता कार्य तत्काल रोक्नुपर्छ । अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न र निस्पक्ष छानबिनका लागि सरकारसँग राष्ट्रसंघले आह्वान गर्छ । समावेशी वंगलादेशलाई सशक्त बनाउन सबैले हातेमालो गर्न आह्वान गर्छौ,’ बंगलादेशस्थित राष्ट्रसंघका आवासीय संयोजक मिअ सेपोले भने ।

बंगलादेशमा हिन्दूमाथिको आक्रमण रोकिएको छैन् । एक हिन्दूले फेसबुकमा मुसलमानप्रति अनादर जनाउने टिप्पणी गरेको कथित हल्लापछि राजधानी ढाकाबाट २२५ किलोमिटर टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दूको घरमा आगजनी सुरु गरेका थिए ।

प्रहरीले ती व्यक्तिको घरलाई सुरक्षा दिइरहेका बेला आक्रमणकारीले उनको छिमेकीको घरहरुमा आगो लगाइदिएका थिए । माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुई ओट किचेन, तथा २० ओटा झुपडीमा आगजनी गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.