तिहारकाे पहिलाे दिन सुनचाँदीको मूल्य फेरि उकालो

0
Sm

काठमाडौं, १६कात्तिक
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।

आज छापावाल सुन प्रति १० ग्राम ७८ हजार आठ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५० रुपैयाँ कायम भएको छ । हिजो सोमबार एक हजार २४४ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

 
 
 
Devendra Shulka
Leave A Reply

Your email address will not be published.