छठ पर्वको दिन कपिलवस्तुका घाटहरुमा श्रद्धालुको घुइँचो

0

प्रभुनाथ गुप्ता
२४ कार्तिक , कपिलवस्तु । छठ पर्वको दिन कपिलवस्तुमा विभिन्न नदिका घाटहरुमा बिशेष पुजा गरि पर्व मनाइदैछ ।

तौलिहवा नजिकैको जमुवार पुलको घाट , रामघाट , चपरतल्ला लगायत जिल्लाका अन्य ठाउँमा छठी माताको श्रद्धालु महिलाहरुले पूजा अर्चना गरि धुमधामका साथ बिधि पुर्वक पर्व मनाउदै छन्। जिल्लाका केहि चर्चित घाटहरुमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।

सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरेर पर्व मनाइन्छ।

यस पर्वमा चाहिने भाँडाकुडा र वस्तुको श्रद्धालुहरुले एक महिना अगाडिदेखि नै बन्दोबस्त गर्न थाल्छन् । पहिला नेपालको पुर्बी तराईमा मात्र मनाइने गरिएको यो पर्ब पछिल्ला बर्षहरुम देशैभरि भब्यताका साथ मनाइने गरेको छ ।

  
  
  
Leave A Reply

Your email address will not be published.