सर्लाहीमा नेपाल कम्युनिष्ट पार्टीको तदर्थ समिति गठन

0
Quantam abroad studies

सर्लाही/मंसिर ७
सर्लाहीका बिभन्न बामपन्थी घटकका यूबाहरुकाे एक भेलाले नेपाल कम्युनिष्ट पार्टीको सर्लाही जिल्ला तदर्थ समिति गठन गरेकाे छ ।क.हेमन्त साहकाे अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष क.रामदयाल ठाकुर, सचिब क.सञ्जय भूजेल र सदस्यहरुमा कमरेडहरु अकेला पासमान,लिलत लामा, रमाेद साह,परबेज अालम अन्सारी, सुश्री मनिषा चाैधरी र नजाम सेख रहेका छन् ।

भेलामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सह-संयाेजक तथा प्रदेश नं. २ का इञ्चार्ज क.लाेकनारायण सुबेदी र पार्टीका केन्द्रिय सचिबालय सदस्य तथा प्रदेश नं.का अध्यक्ष क.रामदुलार महताे तथा पार्टीका जिल्ला सल्लाहाकार प्रकाश कार्कीकाे पनि उपस्थिति रहेकाे थियाे । त्यस अबसरमा सह-संयाेजक सुबेदीले भेलालाई सम्बाेधन गर्दै कमरेड पुष्पलनलले देश र जनताका लागि कम्युनिष्ट अान्दाेलन मार्फत उठाएका ३ मूख्य समस्या र तिनकाे उचित निराकरण बिना देश र जनताकाे मुक्ति र सम्बृध्दी नहुने कुरा प्रष्ट पारेका र जनता सचेत, एकताबध्द र संघर्षशील हुनुपर्ने अाजकाे राष्ट्रिय अाबश्यकता हाे भनेका थिए ।

त्यस अबसरमा नेता रामदुलार महताेले कम्युनिष्ट अान्दाेलनमा अाएका बिकृति र बिसंगतिका बारेमा प्रष्ट पार्दै सहीबाटाे राेज्न र एमसिसीका बिरुध्द खडा हुन यूवाहरुलाई अाह्वान गरेका थिए । भेलामा उपस्थित यूवा श्राेताहरुले बिभिन्न सामयिक र महत्वपूर्ण प्रश्न र जिज्ञाषाहरु राखेर अझ प्रष्ट हुन चाहृका थिए ।

Leave A Reply

Your email address will not be published.