अव्यवस्थित बिकास निर्माणले निमत्याएको जोखिम

0
Quantam abroad studies

अजय सहानी , कपिलवस्तु , मंसिर १३
तौलिहवा नेपाल कै पुरानो नगरपालिकाको मुख्य नगर भए संगै कपिलवस्तु जिल्लाको सदरमुकाम समेत हो । तर अचेेल अव्यवस्थित बिकास र सम्बन्धित निकायको कमि कमजोरीका कारण बिशेष गरि तौलिहवा बजार क्षेत्र जोखिमपुर्ण भएको छ ।

भवानी भिक्षुदेखि गौढि चोक सम्म असारे बिकास अंतरगत नाली निर्माण गर्ने ठेकेदारले ठाउँ ठाउँमा बाटो नै जाम गरि नाली निर्माण गरि रहेका छन् । बाटोमा जथाभावी ढुङ्गा , बालुवा , गिट्टी र नाली खन्दा निस्केको माटो थुपारिएको छ । महिता देखि प्रशासन सम्मको बाटो जिर्ण भै पटकपटक गाडीहरु बाटोमै फसि रहेको छ ।

छोटकि तौलिहवा देखी जमुवार टोल सम्मको सडकखण्ड समेत पुरै तोडी नयाँ बाटो बनाउने काम चलिरहेको छ । तर विभिन्न बहानामा सुस्त गतिमा भैरहेको निर्माण कार्याले गर्दा आम जनमानस कहिले धुलो त कहिले हिलो ले सास्ती बेहोर्न बाध्य भएका छन् ।

अव्यवस्थित बिकास र ढिला सुस्तिका कारण तौलिहवा बजार क्षेत्रको बाटोमा यात्रा जोखिमपुर्ण भएको गौढि चोक निवासी कलाम खान बताउँछन् । यस्तै भिक्षुचोक निवासी गोमा परियार प्रतेक दिन आफु गौढि चोक स्थित आफ्नो अफिस पैदल जाने गरेको र अव्यवस्थित बिकास निर्माणका कारण आवतजावत गर्न निकै गाह्रो भएसंगै जोखिम बढेको बताउनु हुन्छ ।

असोज १० गतेका दिन प्रमुख जिल्ला अधिकारी चक्रपणी पाण्डेको प्रमुख आतिथ्यतामा नेपाल बिधुत प्रधिकरण तौलिहवा शाखा , नेपाल खानेपानी सस्थान , नेपाल टेलिकम , क.व.न.पा. १,२,३ , निर्माण ब्यवसायी संघ लगायतका प्रमुख , अध्यक्ष र प्रतिनिधि , सडक बिभागका प्रतिनिधि , हुलाकी मार्ग निर्माण परियोजनाका इन्जिनियर लगायतको उपस्थितिमा अंतरक्रिया सम्पन्न गरि चाडै तौलिहवामा निर्माणधिन सडकको काम सकने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

सबै सरोकारवाला निकायका प्रमुख र प्रतिनिधिले अ आफ्नो काम चाडै सकि सडक निर्माण कार्यलाइ गति दिने प्रतिबद्धता गरेका थिए । हुलाकी मार्ग निर्माण परियोजनाका इन्जिनियर शरद आचार्यले सबै कुराको ब्यवस्थापन भए २ महिनामै सडक निर्माण गरि सकिने बताएका थिए । तर २ महिना बितनै लाग्दा पनि तौलिहवाका सबै मुख्य सडकको अवस्था जोखिम पुर्ण रहेको छ । अझै पनि सडक निर्माण प्रक्रिया कछुवा गतिमै छ ।

मुस्किलले पुरै तौलिहवामा एक लेन हिंड्न् सक्ने बाटो बचेको छ । त्यसैमा पनि पैदल यात्री , साइकल यात्री , बाइक , साना चारपाङ्रे , टिपर र ठुल ठुला माल गाडी समेत हिडिरहेका छन् । बाटो को अवस्था खराब भएको र अव्यवस्थित बिकास निर्माणले निम्त्याएको संभावित हुन सक्ने दुर्घटनाको संभावनालाइ छाडा चौपायाले झनै बढाएका छन् ।

यसैगरी कवनपा ३ औरहिआ निवासी महाबिर बेल्दार ले आफ्नो ३ बच्च तौलिहवा स्थित शान्ति निकेतनमा पढ्ने गरेको र उहाँको बच्चा संगै गाउँका दर्जनौं बच्चा तौलिहवाका विभिन्न स्कुलहरुमा पैदल र साइकलमा जाने गरेको बताउनु भयो । यति भनि रहदा गम्भीर मुद्रा उहाँले तौलिहवा बजार क्षेत्रको अस्तब्यस्त अवस्था देख्दा बच्चाहरु साझा घर नपुगुनजेल दुर्घटनाको चिन्ता सताइ रहेको बताउनु हुन्छ । बेल्दारले आफुहरु किसान भएको ले एका बिहानै खेतमा जानपर्दा आफ्ना बच्चालाइ सुरक्षित रुपमा आफै बिधालय सम्म पुर्याउन असमर्थ रहेको प्रति दुख समेत व्यक्त गरेका छन् ।

सम्बन्धित निकायको मौनता र तौलिहवा बासीको सहन शिलताको शिकार स – साना बालबालिका बन्ने गरेका छन् । तौलिहवाका करिब एक दर्जन स्कुलमा पढने अधिकान्स बालबालिका पैदल र साइकलमा बिधालयको जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् । धुलो , धुवा र हिलोले स साना बालबालिकालाइ दुर्घटना हुने संभावना बढाएको छ भने स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्ने चिकित्सकले बताउँछन् ।

जिल्ला प्रमुख , अधिकान्स कर्मचारी , जनप्रतिनिधि , नेताकार्यकर्ता त्यहीँ बाटो हिडिरहेका छन् । बाटोको दुर्दशा हेरिरहेका छन् । तर पनि ब्यवस्तित बिकास निर्माणका काम कसरी गर्ने र आम जनमानसलाइ सहज रुपमा आवतजावत गर्ने बाताबरण कसरी बनाउने विषयमा सबै सम्बन्धि निकाय मौन छन् ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.