निरंतर कम हुँदै रैथाने बैर संरक्षणको खाचो

0
Wada Collection

अजय सहनी , कपिलवस्तु
जिल्लाको तौलिहवा गोरुसिङे बिचको जङ्गलमा पाइने बैर लोप हुँदै गएका छन् । यस जङ्गल क्षेत्रमा विभिन्न प्रजातिका जंगली बैर पाइने गर्छन। तर बिस्तारै ति बैरहरु लोप हुने अवस्थामा पुगेका छन् ।

एक दशक अघि सम्म बाणगङा खोलाको छेउछाउमा समेत पाइने गरेको बैर हाल खोला क्षेत्रबाट पुर्ण रुपमा लोप भएका छन् । अहिले ति बैरहरु जङ्गलमा समेत भेटिन गाह्रो छ । विभिन्न कारणले गर्दा जङ्गलमा यि बैरको संख्यामा निरंतर कमी आउदै छ ।

जङ्गलमा अत्यधिक मानिसको चाप , पर्यावरणमा बदलाव , अत्यधिक बन फडानी , फारलाइन निर्माण लगायत विभिन्न कारणले उक्त जंगली बैर लोप हुँदै गएको छ । छाडा चौपायाबाट खेतीपाती बचाउन खेतमा बार लगाउनका लागि बैरको बिरुवाको अत्यधिक कटान बैर लोप हुनुको मुख्य कारण देखिन्छ । बैरको बिरुवामा काडा हुने हुँदा त्यसलाई खेतमा बार लागाउन किसानहरुले अत्यधिक रुचाउने गरेका छन् । कुनै समय यि बैर बालबालिकाका लागि प्राकृतिक क्यान्डी नै हुने गरेको थियो।

बैरका विभिन्न प्रकार हुने गर्छन् भने यो फल निकै पोस्टिक हुने गरेको छ । पहिले टाढा टाढाका गाउँका मान्छे समेत तौलिहवा गोरुसिङे बिचको जङ्गलमा बैर टिप्न आउने गरेका थिए । बैरबाट विभिन्न प्रकारका अचार , चटनी, मुरब्बा , ब्रान्डि , जाम , जुस लगायतका परिकार बनाउने चलन थियो । तर बिस्तारै बैरका परिकार बनाउने र बैर टिपने चलन गाउँघरमा हराउँदै गएको छ ।

Sm

हाल जङ्गलका केहि भागमा बिरलै पाइने जंगली बैरहरु बाख्रा , भैसि , गाइगोरु र भेडा चराउने गोठालाहरुको दिउँसोको खाजामा चर्चित नै रहेको छ । गोठाला र स्थानीय गाउँका बालबालिकाले बैरलाइ टिपि खाने गरेका छन् । अलिक कम पाकेको बैर अमिलो र पुरै पाकेको बैर प्राय गुलियो हुने गरेको हुन्छ । तर बैरको प्रजाति अनुसार त्यसको स्वाद , रुप , रङ्ग र आकार फरक हुने गर्छन् । कुनै बैर पाके पछि प्यालो त कुनै रातो देखिन्छन् ।

यस फलको औसधिय महत्त्व समेत रहेको छ । बैरको फलमा भिटामिन के , सि , ए , क्याल्सियम , म्यागनिसियम , पोटासियम प्रचुर मात्रमा पाइने हुँदा यसको सेवनले मधुमेह , बच्चाहरु काम्ने रोग , कुपोषण सम्बन्धि रोग , अपच लगायतका रोगहरुमा फाइदा गर्ने गरेको विभिन्न अनुसंधान रिपोर्टले देखाएका छन् । बैर कैन्सरलाइ रोकन मद्दत गर्नुका साथै यो राम्रो एन्टि – अक्सिडेन्टस समेत हो ।

  
  
  
Bijay nagar
Leave A Reply

Your email address will not be published.