अधिकान्स हिन्दुबादीको दोहोरो चरित्र !

0
Quantam abroad studies

अजय सहानी , कपिलवस्तु
नेपालमा गणतन्त्र आएर देश धर्म निरपेक्ष भैसकेको छ । देश धर्म निरपेक्ष हुने बित्तिकै हिन्दुराष्ट्रको माग गर्दै धर्म निरपेक्षको चौतर्फी बिरोध भएकै हो । हाल धर्म निरपेक्ष खारेज गरि नेपाललाइ पुन हिन्दुराष्ट्र कायम गर्न देशमा विभिन्न संघसंगठन सक्रिय भएका छन् ।

हिन्दुराष्ट्रको माग राख्दै देशमा ५०० बढी हिन्दुबादी संघसंगठन सक्रिय रहेका छन् । हजारौं ब्यक्ति आफुलाइ सच्चा हिन्दुबादी साबित गर्न होडबाजीमा लागेका छन् । हिन्दुराष्ट्र चाहने आम जनता पनि तिनको बिश्वास गर्दै तिन्कै पछि लागेका छन् । तर वास्तविकता भने फरक छ । हाल हिन्दुबादी नेता बन्दै जनतालाइ ठग्ने अनि हिन्दुराष्ट्रको विरुद्ध नै भोट दिने हिन्दुबादीको संख्या पनि बढदै गएको छ ।

नेपालका अधिकान्स हिन्दुबादी संघसंगठनका पदाधिकारीहरु प्रत्यक्ष अप्रत्यक्ष रूपमा राजनीतिक पार्टी वा पार्टीका नेता संग आबद्ध छन् । एक तिर हिन्दुराष्ट्रको माग गर्दै आन्दोलन गर्ने अधिकान्स हिन्दुबादीहरु आफ्नो अमुल्य मत भने धर्म निरपेक्ष पक्षधर पार्टी र नेतालाइ दिने गरेका छन् । भोट दिइ धर्म निरेपेक्ष पक्षधरलाइ बलियो बनाइ सत्तामा पुर्याउने दोहोरा चरित्रका हिन्दुबादीहरु विभिन्न हिन्दुबादी संघसंगठन खोली हिन्दुराष्ट्र चाहने अधिकान्स नेपाली जनतालाइ आन्दोलन लगायत कार्यक्रममा सहभागी गराइ बेकुफ बनाइ रहेका छन् ।

काठमाडौंमा बस्ने अधिकान्स केन्द्रिय तहका हिन्दुबादी नेताहरुको पारिवारिक पृष्ठभुमि कम्युनिस्ट रहेको छ । अधिकान्स हिन्दुबादीहरु सिधै कम्युनिस्ट पार्टीका सदस्य भइ खुल्ला रुपमा राजनीति समेत गरिरहेका छन् । यता कम्युनिस्ट पार्टीहरु हिन्दु धर्मलाइ पाखा लाउदै इसाई र इस्लामको सम्मान गर्दै धार्मिक स्वतन्त्रतको कुरा गर्दै तुस्टिकरणको राजनीतिमा लागेका छन् । जबकि कम्युनिस्ट पार्टीहरु हिन्दु भोट कै बलमा सत्तामा पुग्ने गरेका छन् ।

भोट धर्म निरपेक्षलाइ दिने अनि माग हिन्दुराष्ट्रको गर्ने कत्तिको जायज हो ? के अहिले पनि यस्ता दोहोरा चरीत्र भएका ब्यक्तिको आम नेपालीले समर्थन गर्ने नै हो ? अहिले स्थानीय निर्वाचन आइसकेको बेला त्यहीँ अधिकान्स हिन्दुराष्ट्रको वकालत गर्ने हिन्दुबादीहरु धर्म निरपेक्षको एजेन्डा बोकेको पार्टीको वकालत गर्दै खुल्ला रूपमा राजनीति गरिरहेका छन् । यस्ता दोहोरो चरित्रका ब्यक्ति बैचारिक रुपले न त कम्युनिस्ट हुन सक्छन् न त हिन्दुबादी नै इनिहरु अवसरबादी भन्दा बढी केहि होइन्न ।

गणतन्त्रमा सबैले आफ्नो बिचार राख्न पाउछ । तर एक ब्यक्ति जिवहत्या गर्नु हुन्न साकाहारि बनौं भन्दै आफैं मासुखान मरिहत्ते गर्ने ब्यक्ति समाजको दुश्मन भए जस्तै दोहोरो चरित्रको हिन्दुबादी पनि समाजका दुश्मन नै हुन । यदी धर्म निरपेक्षको एजेन्डा भएका पार्टीलाइ भोट दिनै छ भने धर्म निरपेक्ष सुइकारि धर्म संस्कृतिको संरक्षणको वकालत गर्दै खुल्ला रुपमा पार्टीमा समेत काम गर्दा पनि हुन्छ । या हिन्दुबादि हुन हिन्दुराष्ट्रको एजेन्डा बोक्नै पर्ने ?

धर्म निरपेक्षलाइ सुइकार्दै हिन्दुराष्ट्रको एजेन्डा छोडी हिन्दु धर्म संस्कृतिको संरक्षण गर्न हिन्दु आयोगको एजेन्डा बोकेर पनि हिन्दुबादी बन्न सकिन्छ नै । अनि किन दोहोरो चरीत्रको फोहोरी राजनीति गर्दै हिन्दुराष्ट्रको माग गर्दै धर्म निरपेक्षलाइ भोट दिने?

यसैगरी अहिले पनि अधिकान्स हिन्दुबादी संघसंगठनका मुख्य पदाधिकारीहरु उच्च जातिकै रहेका छन् । अझै दलितलाइ मान्छे नठान्ने धर्मगुरुहरुकै बोलबाला छ । हाल स्थानीय निर्वाचन आउनै लाग्दा प्रतेक जिल्लामा हिन्दुराष्ट्रको वकालत गर्दै हिन्दु संघसंगठनमा बस्ने ब्यक्तिहरु नै एमाले , माओवादी लगायत धर्म निरपेक्ष पक्षधर पार्टीको कार्यकर्ता बनि खुल्ला रुपमा दोहोरो चरित्रको राजनीति गर्दै धर्म निरपेक्ष पार्टीको लागी भोट माग्दै हिडिरहेका छन् ।

हिन्दुराष्ट्रको माग गर्ने ब्यक्ति हिन्दुराष्ट्रको एजेन्डा भएको राप्रपा जस्तो पार्टीमा लागे कसैले तिनको चरित्र माथी प्रश्न चिन्ह खडा गर्ने छैन । या त धर्म निरपेक्ष पक्षधर भएका पार्टीमा राजनीति गर्ने इच्छा भए हिन्दुराष्ट्रको एजेन्डा बोकेका हिन्दुबादी संघसंगठनबाट राजीनामा दिइ धर्म निरपेक्षतालाइ सुइकार्न पर्ने होइन र ? यस्तै दोहोरो चरित्रका अवसरबादी नेताकार्यकर्ता , समाजिक अभियन्ताले गर्दा नेपाली राजनीतिमा बिकृति बढ्दै गएको छ ।

अहिले हिन्दुबादी संघसंगठनका नेता कार्यकर्ताको राजनीतिक पृष्ठभुमि छानबिन गर्ने हो भने अधिकान्स धर्म निरपेक्ष पक्षधर पार्टीका सदस्य रहेका छन् ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.