प्राकृतिक नेपाली जेलिबलको सिजन चल्दै आधुनिक युगका बालबालिका यसलाई भुल्दै

0
Quantam abroad studies

प्राकृति समाचार ;
प्रकृतिक जेलिबल अथार्थ बुलबुलको सिजन चल्दै छ । यो एक प्रकारको प्रकृतिक जंगली फल हो । बुलबुलको फल केराउको दाना जत्रै हुने गर्छ । यो फल तराईको खेतहरुमा आफै उम्रिने गर्छ ।

यो फलको बिरुवा १-३ फिट सम्म अग्लो , खुर्सानीको पत जस्तै पात , सेतो फुल हुने गर्छ । यसको फल काचोमा हरियो पाके पछि निलो , कालो , रातो , सुन्तला रङ्गको हुने गर्छ । यसको स्वाद अमिलो , गुलियो , टर्‍ओ हुने रहेको हुन्छ। यो नेपालको तराईका भुभागको खेत , खेतको आलि , झारपात भएको घासे मैदान , बगैंचाहरु उम्रिने गर्छ ।

यस फलको भित्री बनावट गोलभेडा जस्तै रस र स साना बिउले भरिएको हुन्छ । तराईका गाउँघरका बालबालिकाले यस फललाइ निकै रुचाउने गर्छन् । यस फलका ३-४ प्रजाति तराईका गाउँ खेतमा सजिलै देख्न सकिन्छ ।

यस फलको स्वाद गाउँ घरमा सबैले मन पराउने हुँदा यसलाई खुव खाने गरिन्छ । गहुँ छरिसकेपछि लगभग गहुँ संगै तयार हुने यो फल गहुँ काटने सिजनमा फाकेर खान योग्य भैसकेको हुन्छ । हाल बिश्वमा विभिन्न किसिमका नयाँ फलहरुको खोज अनुसंधान र हाइब्रेड तयार गरिदै छ ।

त्यसैगरी हामिले पनि गाउँघरमा सजिलै पाइने यस रैथाने फलको अध्यन अनुसंधान गरि ब्यवसायिक रुपमै खेती गरे किसानले राम्रो लाभ लिन सक्ने देखिन्छ । यस फलको रुप रङ्गको सुन्दरता र स्वादले गर्दा यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाउने संभावना रहेको छ ।

यस फललाइ कुनै किसिमको रासायनिक मल , धेरै स्याहार नचाहने र यस फलको उत्पादन पनि बढी हुने गर्छ । यसको सम्पूर्ण सकारात्मक पक्ष हेर्दा यो फल किसानको जिवन स्तर सुधार्न राम्रो भुमिका खेल्न सक्छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.