कपिलवस्तुमा स्थानीय तहको निर्वाचनमा गठबन्धनका लागि संयन्त्र निर्माण

0
Quantam abroad studies

कपिलवस्तु, १९ चैत्र ।
आउने बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा सत्तारुढ दल बिच गठबन्धनका लागि ५ दलीय संयन्त्र निर्माण गरिएको छ ।

कपिलवस्तुको तौलिहवामा नेपाली कांग्रेसको पार्टी कार्यालयमा पाँच दलका नेताहरुको बैठकले कांग्रेस जिल्ला सभापति अब्दुल कलामको अध्यक्षतामा ५ सदस्यीय संयन्त्र गठन गरिएको हो ।

सो संयन्त्रमा नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष रामचन्द्र शाह, नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला अध्यक्ष लंक बहादुर हमाल, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधीराम आचार्य सदस्य छन ।

संयन्त्रले चुनावी तालमेल बारे आवश्यक छलफल गर्ने छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.