कृष्णनगरका किसानहरुको सिंचाई समस्या समाधान गर्दै रजौरिया

0

कृष्णनगर, कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका क्षेत्रका किसानहरुको बीचमा राप्रपा लुम्बिनी प्रदेश सदस्य तथा कृष्णनगर नगरपालिका मेयर पदका प्रत्याशी दिपक रजौरियाले सामाजिक कार्यमा सक्रिय देखिएका छन् । उनले किसानहरुको बीचमा लोकप्रिय बन्दै गएका छन् । रजौरियाले किसानका समस्यामा सरिक भएको र शुभ चिन्तक बनेको स्थानीय किसानहरुले बताउँछन् ।

Quantam studie,

कृष्णनगर क्षेत्रका किसान सदैव अकाशे पानीमा निर्भर रही खेती गर्दै आएका किसानका लागि १६ वटा गाउँमा डिप बोरिङ्ग जडान गरिएको रजौरियाले बताए । दिपक रजौरियाले आफै किसान भएको बताउँदै किसानहरुको सिंचाई समस्या समाधान गर्नका लागि वर्षोदेखि सम्बन्धित निकायमा पुगी आफ्नो क्षेत्रका किसानहरुको समस्यालाई समाधानको लागि पहल गरेको उनले बताए ।

दिपक रजौरियाले कृष्णनगर क्षेत्रका किसानहरुको लागि डिप बोरिंग जडान भएको भन्दै खुसी भएको बब्बन चौधरीले बताए । बुधबार कृष्णनगर नगरपालिका वड़ा नम्बर १ बढयामा रजौरियाको उपस्थितिमा डिप बोरिंग जडान कार्यलार्ई राम प्रसाद चौधरीले पुजापाठ गरी सुरु गरिएको बताइएको छ ।

मायादेवी गापा
शिवराज बन ब्यवस्थापन समिती

शिवराज बन ब्यवस्थापन समिती

गौतम बुद्ध बन ब्यवस्थापन समिती

डिप बोरिङ्ग जडानको लागि आवश्यक पर्ने जग्गा रामजी पाठकले जग्गादान दान गरेको जनाइएको छ । कृष्णनगर नगरपालिका भित्र ८४ गाउँ रहेका छन् र एक गाउँमा एक डिप बोरिंग जडान गरि किसानहरुको सिंचाई समस्या समाधान गर्ने संकल्प लिएको रजौरियाले बताए ।

शुद्धोधन गाउँपालिका

शुद्धोधन गाउँपालिका

कृष्णनगर नगरपालिकाको मेयर पद प्रत्याशी दाबी गरेका रजौरियाले कृष्णनगरमा जनताको माग अनुसार अंगाड़ी जाने र कृष्णनगरको उत्थानका लागि निःस्वार्थ जनता साथ रही मिहिनेत गरि कृष्णनगरको जनता, किसान, गरिब, असहाय पिछड़ा वर्ग, अल्पसंख्यक समुदाय, वेरोजगार युवा तथा व्यापारीहरुको चाहना अनुसार कार्य गर्ने प्रतिबद्धता जनाए ।

आउने वैशाख ३० गतेको चुनावमा आफ्नो बहुमुल्य मतदान गरि विजयी बनाउनका लागि आग्रहसमेत गरेका छन् ।

  
  
  
महराजगजं नगरपालिका
यशोधरा गाउँपालिका
Leave A Reply

Your email address will not be published.