जीप दुर्घटनामा परि नेपाली कांग्रेस बझाङ जिल्ला सभापतिका छाेराकाे मुत्यु

0
Quantam abroad studies

दोरेन्द्र खड्का , बझाङ
बझाङ नेपाली कांग्रेस सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिएका छन् । जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने ३ जना घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार जीप गएराति १२:४० बजे दुर्घटना भएको हो ।

जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । नेटवर्क समस्याका कारण घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.