महासंघका वरिष्ठ उपाध्यक्ष नेतृत्वको टोलि र भारतीया रक्षा मन्त्री राजनाथ सिंह बिच भेटघाट

0

काठमाडौं , बैशाख १९
नेपाल बिश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष बिजय प्रकाश निषाद नेतृत्वको टोलि र भारतीय रक्षा मन्त्री राजनाथ सिंह बीच भेटघाट भएको छ ।

महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष निषाद संगै महासंघका महासचिव अभिषक तिवारी , बिश्व हिन्दु महासंघ अमेरिकका अध्यक्ष देवी प्रसाद पाण्डे , बिश्व हिन्दु महासंघ भारतका उपाध्यक्ष नवल बिहारी शरणले दिल्ली स्थित रक्षा मन्त्रीको सरकारी अवासमा भेटघाट गरेका छन् ।

उक्त भेटघाटमा दुबै पक्ष बिच १५ मिनेट जति छलफल भएको बताइएको छ । उक्त छलफलमा दुबै देशको सम्बन्ध थप बलियो पार्ने , दुबै देशका धार्मिक स्थलमा बिश्वका हिन्दुको पहुच बढाउने , खुल्ला सिमाना , हिन्दु राष्ट्र लगायत विषयमा कुराकानी भएको महासंघका वरिष्ठ उपाध्यक्ष निषादले बताउनु भएको छ ।

निषादले बताए अनुसार भारतीया रक्षा मन्त्री राजनाथ सिंहले नेपाल भारतको सम्बन्ध प्राकृतिक रहेको र दुबै देशका नागरिक बिच रगतको नात समेत रहेको बताउनु भयो । सिंहले दुबै देशको सम्बन्ध बिगाडना कसैले जति नै प्रयास गरे पनि दुबै देशको सम्बन्धमा कुनै तिक्तता नआउने बताउनु भएको थियो ।

  
  
  
Leave A Reply

Your email address will not be published.