राष्ट्रीय दलित मुक्ति जागरण अभियानले दलित मुद्दालाइ सम्बोधन गर्ने उम्मेदवारलाइ सहयोग गर्ने
काठमांडू, बैशाख २५
राष्ट्रीय दलित मुक्ति जागरणले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा दलित मुद्दालाइ सम्बोधन गर्ने उम्मेदवारलाइ साथ दिने निर्णय गरेको छ । अभियानको तर्फबाट एक प्रेस विज्ञप्ति जारी उक्त कुराको जानकारी गराइएको छ ।

जारी गरिएको प्रेस विज्ञप्तिमा देशभरको स्थानीय निकायमा उम्मेदवारि दिएका उम्मेदवार मध्ये दलित मुद्दामा सकारात्मक भएका उम्मेदवारको नामावली जारी गरेको छ ।
अभियानले निर्वाचित जनप्रतिनिधि जातीय विभेद गरे , स्वतः उनको पद खारेज हुने गरि कानून निर्माण हुनु पर्ने धारणा राखेको छ । जातीय बिभेद गर्नेलाइ तत्काल कारबाही र दलित हितमा काम गर्ने उम्मेदवारलाइ अभियान सहयोग गर्ने दाबी समेत प्रेस बिज्ञप्तिमा गरिएको छ ।


अभियानले सहयोग गर्ने उम्मेदवारको नामावली आफ्नो संगठनका सम्पुर्ण समितीमा पठाइ नेतृत्वलाइ सहयोग गर्न आव्हान समेत गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

शिवराज बन ब्यवस्थापन समिती


शुद्धोधन गाउँपालिका
