

कपिलवस्तु-कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाली कांग्रेसका रजत प्रताप शाह मेयरमा निर्वाचित भएका छन् । शाहले राप्रपाका दिपक रजौरिया, माओवादी केन्द्रका जावेद आलम खाँ र एमालेका कुणाल प्रताप शाहलाई पराजित गरेका हुन् ।



नगरमा निर्वाचित शाह ०७४ सालमा कृष्णनगरको मेयरमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । ४ बर्ष स्वतन्त्र रुपमा नै काम गरेका शाह केहीँ महिना अगाडी कांग्रेस प्रवेश गरेका थिए ।

शिवराज बन ब्यवस्थापन समिती
कांग्रेस प्रवेश गरे पछि मेयरको टिकट पाएका शाह दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् ।नगरको उपमेयरमा कांग्रेसकै आरतीदेवी चौधरी निर्वाचित भएकी छिन् । उनले जसपाकी आरतीदेवी यादव र एमालेकी विमलेश मौर्यालाई पराजित गरेकी हुन् ।

शुद्धोधन गाउँपालिका
