अजिगरा गोलीकाण्ड किसान आन्दोलनको इतिहास हो : अध्यक्ष त्रिपाठी

0

कमलेश चन्द्र गुप्ता – अषाढ १२

अजिगरा गोलीकाण्ड किसान आन्दोलनको इतिहास रहेको जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदेश त्रिपाठीले बताउनुभएको छ। कपिलवस्तु जिल्लामा जनता प्रगतिशील पार्टी कपिलवस्तु द्वारा आयोजित बृहत कार्यकर्ता भेला एवम स्थानीय तहमा निर्बचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रममा अध्यक्ष त्रिपाठीले यस्तो बताउनुभएको हो। तत्कालीन राजा महेन्द्र तथा प्रधानमन्त्री सुर्य बहादुर थापाको पालामा जबर्जस्ती अनिवार्य बचतको नाममा धनही असुली विरुद्ध कपिलवस्तुका किसानहरु आन्दोलित भएको जिकिर गरे। किसानहरु अजिगरा बगैचामा शान्तिपूर्ण भेला हुँदा शाही सेनाद्वारा अन्धाधुन्ध गोली चलाउदा सैकडो किसानले ज्यान गुमाएको उहाले बताउनु भयो।


त्रिपाठीले भने “किसानले आफ्नो उत्पादनको समर्थन मूल्य आफै तोक्ने संयन्त्र को व्यवस्थापन हुनुपर्छ। किसानहरू मतदाता, करदाता मात्र न भएर अन्नदाता हुन भन्ने कुरा स्मृतिमा राख्नुपर्छ। “कृषिमा होइन किसानमा लगानी गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो l

कार्यक्रममा बोल्दै जप्रपा नेपालका राष्ट्रीय उपाध्यक्ष फरहान अकबाल खानले किसानमा बढी लगानी गर्नु पर्ने बताउनुभयो। देशलाई समृद्ध बनाउन किसानको योगदान अविस्मरणीय रहने उहाँको भनाइ थियोl

किसानको समस्याका लागि आफू र आफ्नो पार्टी सधै लडिरहने महासचिव इश्वर दयाल मिश्रले बताए। किसानको आवस्यकता तथा समस्या सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउदै किसानको समृद्धि बाट नै देशको समृद्धि हुने बताउनुभयो।

  
  
  
Leave A Reply

Your email address will not be published.