यशोधरा गाउँपालिकामा नेपाल पत्रकार महासंघबाट सार्बजनिक सुनुवाइ कार्यक्रमको आयोजना

0

कपिलवस्तु , असार १३
यशोधरा गाउँपालिकामा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । यशोधरा गाउँपालिका वडा नं. ५ बैदौलिमा रहेको अनिरुध स्कुलमा सो कार्यक्रमको आयोजना भएको थियो ।

पालिका अध्यक्ष शिवदयाल तिवारीको प्रमुख आतिथ्यता , उपाध्यक्ष गुन्जा देवी मौर्यको बिशिस्ट आतिथ्यता , विभिन्न वडाका अध्यक्षहरुको अतिथ्यतामा सो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनप्रतिनिधि , पालिकाका विभिन्न शाखा प्रमुख लगायत कर्मचारी , समाजसेवी , पत्रकार , आमजनता , शिक्षक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पालिकाका सेवाग्राही आम जनताले समाजिक सुरक्षा भत्तामा ढिलासुस्ति , कर्मचारीद्वारा जनताको विभिन्न काममा भएका ढिलासुस्ति , शिक्षा क्षेत्रमा कम बजेट बिनियोजन हुनु लगायत विषयमा गुनासो पोखेका छन् ।

सार्बजनिक सुनुवाइ कार्यक्रममा विभिन्न ब्यक्तिद्वरा पालिका बासीलाइ वडा र पालिकाबाट के कति सेवा सुबिधा पाइने र कुन सेवा सुबिधाका लागी कसलाई सम्पर्क गर्ने विषयमा जागरुक गर्नु पर्ने आवाज उठेको छ । पालिका भित्रका सरकारी स्कुल बजेटको अभाव भइ स्कुल संचालन गर्न कठिनाइ भएको कुरा उठे संगै सरकारी स्कुलले बिद्यार्थीको शुल्कमा छुट गर्नु पर्ने माग समेत उठेको छ ।

कार्यक्रममा उपस्थित मध्ये केहिले पालिका भित्र कर्मचारी र जनप्रतिनिधि बिच समन्वयको कमिले सेवाग्राही छिटोछरितो तरिकले सेवा नपाएको समेत आरोप लगाएका छन् ।

यस्तै कार्यक्रममा उठेका प्रश्न र गुनासो सुने पछी सम्बन्धित फाटका कर्मचारी , जनप्रतिनिधिले जवाफ दिएका थिए भने अगामि दिनमा सबैको समन्वयमा सेवाग्राहीलाइ छिटोछरितो तरिकाले सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा जनताको गुनासो सुन्दै पालिका अध्यक्ष तिवारीले सार्वजनिक सुनुवाइ बाहेक जतिबेला पनि पालिका बासी अफ्नो गुनासो र पालिकाको कमि कमजोरी बारे पालिकामा आएर कुरा राख्न सक्ने बताएका थिए । तिवारीले पालिका बासीले समय समयमा पालिकालाइ सुझाव , सल्लाह दिदै गए आफुहरुलाइ समेत काम गर्न सहज हुने बताएका थिए । पालिकाको बिकासका लागी सम्पुर्ण जनप्रतिनिधि , कर्मचारी , समाजसेवी , पालिका बासी मिलेर लाग्नु पर्नेमा अध्यक्ष तिवारीले जोड दिएका थिए ।

सो सार्बजनिक सुनुवाइ कार्यक्रम यशोधरा गाउँपाकिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कपिलवस्तुले आयोजना गरेको थियो। कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अध्यक्ष किरणमान बज्राचार्यले गरेका थिए ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अध्यक्ष बज्राचार्यले निकट भबिस्यमा पनि थप सार्बजनिक सुनुवाइ कार्यक्रमको आयोजना गर्ने बताउदै कार्यक्रमको समापन गरेका थिए

  
  
  
Leave A Reply

Your email address will not be published.