कृष्णानगर नगरपालिकामा कर्मचारी प्रति विभेद कायमै

0
Quantam abroad studies

कपिलवस्तु , कृष्णनगर
कृष्णानगर नगरपालिकामा कर्मचारीहरु प्रति विभेद कायमै रहेको छ ।

नगरप्रमुख रजत प्रताप शाहको पछिल्लो पाँच वर्षको कार्यकालमा पनि कर्मचारी र जनप्रतिनिधि प्रति विभेद र अहिलेको दोस्रो कार्यकालमा पनि वितेको कार्यकाल जस्तै विभेद कायम रहेकोले नगरपालिकाको काम काजमा ढिला सुस्ती र कर्मचारीहरु असन्तुष्ट देखा परिरहेका छन् ।

नगरपालिकामा कर्मचारीहरुको तह अनुसार कामकाजमा नखटाइ आसेपासेलाई बढ़ी प्राथमिकता दिएको गुनासो कर्मचारीहरुले गर्ने गरेका छन् ।

कृष्णानगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल विदामा रहेका छन् । नगरपालिकाको कामकाजलाई निरन्तरता दिनको लागि नगरपालिकाको कार्यलय भित्र रहेका सातौं तहका कर्मचारीहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा नदिइ रामचन्द्र ढकालले आफ्नो नजिकका पाचौं तहका राजेश कुमार मिश्रालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यभार दिएका छन् । कर्मचारीहरुको अपमान तथा भेदभाव गर्दै ढकालले मनमानी गरेको आरोप जनप्रतिनिधि तथा कर्मचारीहरुले लगाएका छन्।

sahani furniture udyog

जनप्रतिनिधि अनुसार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा आफ्नो इच्छा अनुसार आफ्नै आसेपासे कर्मचारीहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिलाइ आफ्नो इच्छा अनुसार अनियमित कामकाज गराउने गरेको शंका समेत गर्ने गरिएको छ । कार्यलय भित्र सातौं तहका कर्मचारी हुँदाहुदै पनि पाचौं तहका कर्मचारिलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा लगाइएको छ।

कृष्णानगर नगरपालिकाको कार्यलयमा आफ्नो करिबी कर्मचारीहरुलाई कैयौं शाखा प्रमुख समेत बनाएका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.