कपिलवस्तु , असोज ३०
जंगली जनावारबाट अन्न बाली बचाउनको लागि थपेको पासोमा फस्यो चितुवाको वन कार्यालय कपिलवस्तुबाट उद्धार गएिको छ ।
कपिलवस्तु नगरपालिकाको तिलौरी गाउँ नजिकै बाणगागा नदी किनारमा २९ गते गए राती एक चितुवा पासोमा फसेको थियो । बिहानको समयमा स्थानिय मान्छेहरुले जंगली जनावारको अवाज सुनेर जाँदा चितुवा पासोमा फसेको देखेर जिल्ला बन कार्यालय कपिलवस्तु , ईलाका बन कार्यालय चेतरादेई र तिलौराकोट साझेदारी वनका कर्मचारीहरुलाई खबर गरी स्थानियहरुको पनि सहयोगमा चितुवालाई उद्धार गरिएको हो ।
लम्बाई ७८ इन्च र उचाई ३१ ईन्च भएको उक्त चितुवालाई उद्धार गरि तिलौराकोट साझेदारी बन छोडिएको कुरा सहायक वन अधिकृत मदन मोहन स्याण्डियलले बताउनु भएको छ । उक्त चितुवा संगै ४ वटा बच्चा सहित आर्को पनि चितुवा चेतरादेई देखी उत्तरको जंगलमा रहेको कुरा साझेदारी बनका हेरालुहरुको भनाई रहेको छ ।
जंगलको हैसियत राम्रो, घना हुँदै जाँदा जंगल भित्र जैबिक बिबिधता बढेको कुरा तिलौराकोट साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जय प्रकाश पाण्डेयले बताउनु भएको छ । उहाँको अनुसार सबैको सहकार्य र प्रयासले जंगलमा आगलागी हुन न पाउँदा जंगल घना भयो र जंगल भित्र जंगली जनावरहरुलाई पानी खानाको लागी ठाउँ ठाउँमा पोखरीको ब्यवस्था भएको हुनाले जनावरको संख्यामा बृद्धि भएको हो । जंगलमा अहिले बँदेल , निलगाई , बाँदर , हरिण , मयूर र बिभिन्न प्रजातीका बाघहरु को संख्या बृद्धि भएको हो ।
बिगत ५ बर्ष देखी यस्ता जंगली जनावरहरुको संख्यामा बृद्धि भएको र जंगल नजिकका किसानहरुलाई सास्ती भएको कुरा किसानहरुले बताएका छन् । बर्ष दिन खानाको लागी तयार भएको धान बाली जंगली जनावरहरुले हानी पुर्याउँदा रात भरी खेतमै सुत्नु पर्ने एक किसान कबलाश भरले बताए । उहाँको अनुसार किसान र जंगली जनावर दुबैको सुरक्षाको लागी बन कार्यालय तथा साझेदारी बनले किसानको बाली हुने क्षेत्रमा जालीदार तारबारको ब्यवस्था गर्नु पर्ने बताए ।
त्यसै गरी चेतरादेई , गोरुसिंगे सड्क खण्डमा जंगली जनावरले सड्क वारपार गर्दा दुर्घटनामा परि कैयौको ज्यान समेत गएको छ । त्यस्ता दुर्घटना न्यूनिकरणको लागी सड्कको दुबै तिर जाली तार लगाउनु पर्ने र जंगली जनावरहरु वारपार गर्न केही निश्चित ठाउँ खाली राखी सन्देश मुलक होडिंग बोर्ड राख्नु पर्ने बन कार्यालय तथा साझेदारी बन ब्यवस्थापन समिती लाई स्थानियहरुको सुझाव रहेको छ ।