आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीहरुलाई मार्गदर्शन अभिमखीकरण

0
Quantam abroad studies

शत्रुघन खरविन्द
कपिलवस्तु , बैशाख ६
आत्महत्या रोकथाम सम्बन्धी कपिलवस्तुका संचारकर्मीहरुलाई मार्गदर्शन अभिमखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । “विभेद रहित समतामूलक समाज” भन्ने नारा सहित आत्महत्या रोकथाम सम्बन्धी कपिलवस्तुका संचारकर्मीहरुलाई नेपाल सरकारद्वारा जारी मार्गदर्शन २०८० अभिमखीकरण कार्यक्रम होटेल गोल्डेन बुद्ध वसपर्क तौलिहवामा सम्पन्न भएको हो ।

दलित सामाजिक विकास केन्द्र द्वारा संचालित मानसिक स्वास्थ्य परियोजनाको लक्ष्य, उद्देश्य तथा परियोजना बारे मानसिक स्वास्थ्य परियोजना कार्यक्रम संयोजक निर्मला सिंहले जनकारी दिनु भएको थियो । परियोजनाले मनोसामाजिक समस्या भएका व्यक्ति, मनोसामाजिक बौद्धिक अपाङ्गता भएको व्यक्ति र तिनका परिवार ,यौन तथा लैंगिक हिंसाबाट प्रभावित र तिनका परिवारहरु (PWMI,PWPID ,SGBV Survivors and their families) सँग काम गर्दै आईरहेको र सेवाप्रदायकमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमसेवीका ,स्वास्थ्य संस्था व्यवस्थापन समिति ,परम्परागत उपचारकर्मी ,धार्मिक अगुवा ,शिक्षक ,सुरक्षा आवास ,पुनःस्र्थापना केन्द्र लगायत रहेको कार्यक्रम संयोजक सिंहले बताउनु भएको थियो । परियोजना बाट जनशक्तिको क्षमता बिकास , जनचेतना अभिबृद्धि , आधारभूत सेवा प्रवाह सुनिश्चित , स्वास्थ्य सुचना व्यवस्थापन प्रणालीमा सुधार र सामाग्री औषधि सहयोग लगायत कार्यहरु मायादेवी र यशोधार गाउँपालिकाको स्वास्थ्य संस्थामामा गर्दै आइरहेको र परियोजना सन २०२२ देखि शुरु भएको उहाँ बताउनु भयो ।

स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम , स्वास्थ्य सुचना व्यवस्थापन प्रणाली सुदृढिकरणमा सहयोग , विद्यालयमा मानसिक स्वास्थ्य कार्यक्रम संचालन ,मनोचिकित्सकद्वारा मानसिक स्वास्थ्य सिविर , स्वास्थ्य संस्थामा भिजिट गरी सेवा प्रवाहमा सहयोग र जनचेतना सम्बन्धि कार्यक्रम लगायत रहेको बारेमा यू.एम.एनका स्वास्थ्य परियोजना व्यवस्थापक ललिता चौधरीले सहजिकरण गर्नु भएको थियो । आत्महत्या सम्बन्धी जिम्मेवार रिपोटिङ्ग गर्नको लागि सहयोग पाउन सकिने ठाउँ बारे सही सूचना दिन , आत्महत्या र आत्महत्या रोकथामको बारेमा गलत धारणा नबढाइ जनचेतना जगाउन , जीवनका तनावहरू वा आत्महत्याका सोचाइसँग कसरी सामना गर्ने र सहयोग कसरी लिन सकिन््छ भन्नेजस्ता कथाहरू सम्प्रेषण गर्ने , प्रख्यात व्यक्तित्वहरूको आत्महत्या बारे समाचार समप्रेषण गर्दा सावधानी अपनाउन ,शोकाकुल परिवारजन तथा साथीसँग अन्तरवार्तालिदाँ सावधानी अपनाउने , आत्महत्या सम्बन्धी समाचार सामाग्रीबाट सञ्चारकर्मी आफैलाई पनि असर प्रानसक्ने बारे सञ्चारगृह र सञ्चारकर्मी सचेत रहने , आत्महत्या सम्बन्धी समाचारलाई केन्द्रबिनदु नबाउने र अनावश्यक रुपमा नदोहोराउने , आत्महत्यालाई सनसनीपूर््ण वा सामान्यीकरण गर्ने भाषाको प्रयोग नगर्ने र त्यसलाई एक मात्र सही सामाधानको रुपमा चित्रण नगर्ने , आत्महत्याको साधन र तरिकालाई व्याख्या नगर्ने , आत्महत्या भएको स्थान बारे विस्तृत जानकारी नदिन , सनसनीपूर््णशीर््षक प्रयोग नगर्न फोटो, भिडियो वा डिजिटल लिंकको प्रयोग नगर्न लगायतको बारे जनकारी दिनु भयो ।

आत्महत्याका बारेमा सामाजिक संजालमा पोष्ट गर्दा आत्महत्याको विस्तृत विवरण नराख्ने , त्यस्ता व्यक्तिको, घटनाको फोटो, भिडियो वा त्यस्ता अन्य सामग्री नराख्ने, घटनाको बारेमा सनसनीपूर््णशर््िषक वा भाषा राखेर पोस्ट गर्ने कार््य नगर्ने,आत्महत्याबाट मृत्यु भएका व्यक्तिको शोक सन्तप्त परिवारको गोपनियता र आत्मसम्मानको विशेष ख्याल राख्ने, “सफल आत्महत्या” वा “असफल आत्महत्याको प्रयास” जस्ता शब्दावली प्रयोग नगर्ने , आत्महत्याबाट मृत्यु भएका व्यक्तिकाबारे “कातर”, “लाछी”, “गलत नर््िणय गर्यो” वा “ठिकै गर्यो” जस्ता टिक्काटिप्पणी गर्न वा लान््छनाजन्य भाषाको प्रयोग नगर्ने , आत्महत्याको रोकथामका निम््तती त्यस्ता सोचाइ भएका व्यक्तिले परामर््श लिनको लागी २४ सै घण्टा राष्ट्रिय हेल्पलाईन ११६६ उपलब्ध छ, त्यसै गरी मनोसामाजिक सहयोगको लागि १६६००१०२००५मा नम्बरको बारे सबैलाई जानकारी दिने लगायतको बारे चौधरीले सहजिकरण गर्नु भएको थियो ।

आत्महत्याका घटनाबारे समाचार संप्रेषण गर्दा भाषाको प्रयोगमा रिपोटिङ गर्दा भाषाको प्रयोगमा विशेष सावधानी अपनाउने, “आत्महत्या गरेको” वा “आफै ले आफ््ननो ज्यान लिएको” जस्ता शब्दावली प्रयोग नगर्ने ,त्यस्को सट्टा “आत्महत्याको प्रयास” “आत्महत्या” वा “आत्महत्याबाट मृत्यु जस्ता शब्दावली प्रयोग गर्ने, अपराध गरेको जस्तो सनदेश प्रवाह गर्ने शब्दावली प्रयोग नगर्ने, “आत्महत्याको महामारी” शब्दको सट्टा “आत्महत्याको बढ्दो संख्या” जस्ता शब्द प्रयोग गर्ने , “सफल आत्महत्या“ वा “असफल आत्महत्याको प्रयास “ जस्ता शब्दावली प्रयोग नगर्ने, आत्महत्याको सूचना सम्प्रेषण गर्दा भावनात्मक कठिनाई हुनसक्ने कुरा पहिले नै सुसुचित गर्ने र यदी कठीनाई भएमा सहयोग पाउन सकिने ठाऊँ को बारेमा जानकारी दिने, आत्महत्याको सूचना सम्प्रेषण गर्दा प्रेममा असफल भएर आत्महत्या गरेको जस्तो सन्देश प्रवाह गर्ने शब्दावली प्रयोग नगर्ने । नेपाल सरकारद्वारा जारी मार्गदर्शन २०८० तथा राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ जानकारी दिदै र दिगो विकास लक्ष्य अन्र्तगत सन २०३० सम्म आत्महत्यको दर एक तिहाईले घटाउने नेपाल विश्वव्यापी प्रतिबद्धता रहेको परियोजना व्यवस्थपक उहाँले उल्लेख गर्नु भएको थियो ।

कार्यक्रम अहिलेको परिवेशमा देशमा आत्महत्या प्रमुख चुनौती बन्दै गइरहेको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान ब्रजाचार्यले बताउनुभएको थियो । बहिरबाट मनिसहरु राम्रो देखिन्छन् तर भित्र बाट मानसिक समस्यले जुझिरहेको हुन्छ त्यसैले मनोसामाजिक सहयोग अत्यन्तै जरुरी रहेको ब्रजाचार्य बताउनु भयो । कपिलवस्तु जिल्ला भित्र बर्षिक लगभाग डेढ सय भन्दा बढी नै आत्महत्या गर्ने गरेको उहाँ जिकिर गर्दै यसमा गम्भीर भएर सोच्नु पर्ने बताउनु भयो । आत्महत्यालाई बढावा दिने खालको सामाग्रीहरु तथा समाचारहरु जिल्ला भित्रका पत्रकारहरुलाई नलेख्न निर्देश गरिएको बताउनु भयो ।
अहिलेको परिवेशमा सोसाल मिडियाले गर्दा आत्महत्यालाई बढावा दिइएको दलित समाजिक विकास केन्द्रका कार्य समिति सदस्य रोहितलाल कोरीले बताउनु भएको थियो । सोसल मिडियामा आत्महत्याको सामाग्रीहरु राख्दा वा समाचारहरु लेख्दा संचारकार्मीहरु एक्दमै चनाखो हुनु पर्ने कोरीले जोडदिनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान ब्रजाचार्य , सचिव जानू पण्डेय , सदस्य दिलीप कुमार यादव, मनिष कार्की , न्यूज २४ का मनोज श्रीवास्तव , बुटवल टुडे कर्मी खगप्रसाद चापागाई , गुलाम अलि खान लगायत विभिन्न मिडियाका पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन निर्मला सिंहले गर्नु भएको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.