
लअभिव । इजरायलमा हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक विपिन जोशी अब जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा पुष्टि गरेको छ।
इजरायली रक्षा बल (आईडीएफ) का एक वरिष्ठ अधिकारीले स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिनको मृत्युबारे औपचारिक जानकारी दिएका हुन्। उक्त जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायल प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरूलाई भिडियो कन्फरेन्समार्फत दिइएको राजदूत पण्डितले बताए।
राजदूत पण्डितका अनुसार, भिडियो कन्फरेन्सका क्रममा आईडीएफका अधिकारीले भनेका थिए, “विपिन इज नो मोर।”

विपिन जोशी गत दुइ वर्ष अगाडी अक्टोबर ७ मा हमासको आक्रमणपछि हराइरहेका थिए। कृषि अध्ययनका क्रममा इजरायल पुगेका उनी आक्रमण भएको समयमा दक्षिण इजरायलस्थित एक फार्ममा कार्यरत रहेका थिए। परराष्ट्र मन्त्रालयले भने इसरायलको आइडिएफले पनि आकलन मात्र गरेको हुन सक्ने बताएको छ।ुआइडिएफको पनि आकलन मात्र हो। अझै यो मान्छे, त्यो मान्छे भन्ने अवस्था छैन, विगतमा आइडिएफले भनेका मानिसहरुबारे पनि फरक विवरण आएको थियोु, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ुअन्तिम घडीसम्म हामी उहाँ सकुशल रिहा हुनुहुन्छ भन्नेमा उत्साही र आशावादी छौं।
